युथ मुस्लिम वेल फेवर सोसाइटीले लहानमा आयोजना गर्‍याे इफ्तार भोज कार्यक्रम

  • चैत्र २८, २०८०
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी 

लहान। युथ मुस्लिम वेल्फेयर सोसाइटी लहानले इफ्तार भोज कार्यक्रमको आयोजना गरेको छ ।

एकता, सद्भाव तथा भाइचाराको सम्बन्ध स्थापना बनाउन सोसाइटीले आज मङ्गलबार इस्लाम धर्मावलम्बीहरुको पबित्र महिना रमजानको अवसरमा इफ्तार भोज कार्यक्रम गर्दै आएको हो ।

सोसाइटीका अध्यक्ष इस्रायल सिद्दिकीले यस्ता पर्वहरूले समाजिक, जातीय, धार्मिक, सांस्कृतिक सद्भाव कायम गर्ने बताएका छन्। 

FB_IMG_1712711425968

कार्यक्रममा लाहानका पूर्व मेयर मुनि शाह, नेकपा एमाले प्रदेश कमिटी सदस्यद्वय रामनारायण मेहता र इस्लाम अली, नगर कमिटी सदस्य राजकुमार शाह, नेपाल मुस्लिम इतिहाद संगठनका केन्द्रीय सदस्य रियासत लिमी, नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्ताहरू, धर्मगुरु (मौलाना) हरु, मुस्लिम समुदायका अगुवाहरूलगायत सर्वसाधारणहरूको उपस्थिति रहेको थियो ।

सोसाइटीले धेरै वर्ष पहिलेदेखि यस्तो कार्यक्रमलाई निरन्तरता दिदै आएको जनाइएको छ ।

अज्ञात समूहद्वारा लु ...

फिरोज सिद्दिकी लहान, बैशाख २० गते । लहान सुनचाँदी व्यव ...

पुस्तकालयको विकास सर ...

जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजान ...

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A