जेएस मुरारका क्याम्पसलाई नमूना बनाउने प्रतिवद्धता

  • बैशाख २८, २०८१
  • समृद्धिपथ
alt

 

 

जीवछ उदासी 

लहान,बैशाख २८ गते । 

लहान स्थित जेएस मुरारका बहुमुखी क्याम्पसको शैक्षिक र भौतिक विकासलाई आगाडि बढाउनुपर्नेमा जोड दिएको छ । 

क्याम्पसको सञ्चालक समितिको सचिवालयमा आज शुक्रबार वसेको बैठकमा यस्तो छलफल भइ निष्कर्षमा पुगेको हो । बैठक सञ्चालक समितिका अध्यक्ष तथा लहान नगर प्रमुखको अध्यक्षतामा बसेको बैठकमा दाता परिवारका मन्नार्थ अध्यक्ष मुरारीलाल मुरारको उपस्थिति रहेको थियो । 

 बैठकमा थप नयाँ शैक्षिक कार्यक्रम र डिजिटलाइशन कनेक्टिभिटी प्रविधि सम्बन्धी दुई प्रस्ताव सर्वसम्मतिबाट पास गरिएको थियो । 

बैठकमा दाता परिवारका मुरारकाले समयको माग अनुसारको विषय पढाइको लागि थप पहल थाल्न आग्रह गर्नुभयो । उहाँले थप्नुभयो,' भौतिक विकासको लागि दाता परिवारले कहिलेपनि ढोका बन्द गर्ने छैन । शैक्षिक विकासको लागि गुणस्तरीय शिक्षा दिन क्यामपस प्रमुख सहायक क्यामपस प्रमुख र विभिन्न विभागीय प्रमुखहरु थप जिम्मेबार भएर अघि बढौ । यस क्याम्पसलाई मधेशकै नमूना क्याम्पस बनाउने हाम्रो ध्येय पुरा गर्न लागौ । 

समितिका पदेन सदस्य प्रदेशसभा माननीय राजेन्द्र प्रसाद चौधरीले शैक्षिक प्रणालीमा सुधार गर्न शिक्षण विधि र परीक्षा प्रणालीमा व्यापक सुधार हुन जरुरी रहेको तर्क गर्नुभयो । 

सबैको धारणा सुनेर क्याम्पसका अध्यक्ष समेत रहनु भएको नगरप्रमुख महेश प्रसाद चौधरीले ' शैक्षिक अवस्था सुधार गर्न गठित अनुगमन समितिले आफ्नो कार्य अघि बढाएर दिएको प्रतिवेदन लागु गरिने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,'प्रध्यापक कर्मचारीहरुको सबै माग पुरा गरि सकेको अवस्थामा शिक्षण कार्यमा हुने कुनैपनि लापरवाही सह्य हुनेछैन ।'

बैठक सकेपछि व्यवस्थापन समितिका सदस्य जीबछ उदासी हेमन्त कुमार यादव र सुदिप कुशवाहाले विज्ञान प्रयोगशालाको निरिक्षण गरी सुधार गर्नुपर्ने पक्षमा निर्देशन सहितको सुझाव दिनु भएको थियो । अनुगमन समितिले एक चाँडै कार्य थालेर समितिमा प्रतिवेदन बुझाउने प्रतिवद्धता व्यक्त गरेकोछ । 

सामुदायिक विद्यालयमा ...

   जीवछ उदासी सामुदायिक विद्यालययमा अंग्रेज ...

बम पड्काएर लहानमा लु ...

  २०८१ जेठ ०१, मङ्गलबार लहान । सिराहाको लहानमा स ...

पाठ्यपुस्तक पुनः प्र ...

३० बैशाख, २०८१काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन् ...

मधेश प्रज्ञा प्रतिष् ...

फिरोज सिद्दिकी लहान । मधेश प्रदेश अन्तर्गतका भाषा, कला ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A