समाचार

    Showing १-१० of ८८६ items.
  • सामुदायिक विद्यालयमा अंग्रेजी मोह

       जीवछ उदासी सामुदायिक विद्यालययमा अंग्रेजी माध्यमबाट पढाई सुरु गरेपछि विधार्थीहरुको संख्या हवातै बढेको छ । अभिभावकहरुको चाहना अनुसार लहान नगरपालिका शिक्षा शाखाले लहान–३ स्थित श्री लक्ष्मण ललिता कुशवाहा माध्यमिक विद्यालयमा अंग्रेजी माध्यममा सुरु गरेको छ । गत वर्षदेखि लहान –३ स्थित लक्ष्मण ललित कुशवाहा माध्यमिक विद्यालमा गत वर्षदेखि नमूना विद्यालय बनाउने उद्येश्यले अंग्रेजी माध्यममा पढमई सुरुगरेपछि गत वर्ष २३९ विधार्थी भर्ना भएको थियो भने यस वर्ष ५५० जना विधार्थीहरु भर्ना भएका छन् । लहान नगरपालिकामा रहेको ५९ वटै सामुदायिक विद्यालयहरुमा विधार्थी संख्या सन्तोषजनक भर्ना

    • प्रकाशित मितिः जेठ २, २०८१
    • ४२२ पटक पढिएको
    • समृद्धिपथ
  • बम पड्काएर लहानमा लुटपाट

      २०८१ जेठ ०१, मङ्गलबार लहान । सिराहाको लहानमा सुतली बम पड्काएर चार वटा घरमा लुटपाट भएको छ । सोमबार राति १२ बजे अपरिचित समूहले लहान १७ हरिपुरमा सुतली बम पड्काएर चार घरमा लुटपाट गरेको सिराहा प्रहरीले जानकारी दिएको छ । लहान नगरपालिका –१७ हरिपुरमा हतियारधारी समूहले हरिचोकमा तर्साउनको लागि बम पड्काएर चार घरमा लुटपाट गरेको सिराहा एसपी रमेश पण्डितले बताए । उनका अनुसार अनुसार चार घरबाट करिब ४ लाख रुपैयाँ लुटपाट गरिएको छ । प्रहरीका अनुसार स्थानीय रामनारायण ठाकुर, रामप्रसाद यादव, महावीर साह र हरि यादवको घरबाट लुटपाट भएको हो । अपरिचित लुटेरा समूहले चार वटै घरबाट नगद र सुनचाँदीका गरगहना र

    • प्रकाशित मितिः जेठ २, २०८१
    • ८९ पटक पढिएको
    • समृद्धिपथ
  • पाठ्यपुस्तक पुनः प्रयोगमा ध्यान दिन शिक्षामन्त्रीको आग्रह

    ३० बैशाख, २०८१काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय तहका पाठ्यपुस्तक पुनः प्रयोगको सम्भावनालाई ध्यान दिन आग्रह गरेकी छन् । सरकारले हरेक वर्ष निःशुल्क पाठ्यपुस्तकका लागि रकम विनियोजन गर्दै आएकोमा परिवर्तन नभएका पुस्तक पुनः प्रयोग गर्न सकिए उत्पादन र वितरणमा लाग्ने रकम बचत भई छात्रवृत्तिमा लगाउन सकिने उनको भनाइ छ । मन्त्रीको सचिवालयका अनुसार कतिपय सामुदायिक विद्यालयको कक्षामै पुगेर पुस्तक पुनः प्रयोगबारे मन्त्रीले बुझाउने कार्यक्रम तय भएको जनाइएको छ । रासस

    • प्रकाशित मितिः बैशाख ३०, २०८१
    • ७२ पटक पढिएको
    • समृद्धिपथ
  • मधेश प्रज्ञा प्रतिष्ठानको अन्तरसंवाद कार्यक्रम सम्पन्न

    फिरोज सिद्दिकी लहान । मधेश प्रदेश अन्तर्गतका भाषा, कला, साहित्य, संस्कृति आदिको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ । जागरण नेपाल सिरहाको सहकार्य तथा मधेश प्रज्ञा प्रतिष्ठानको आयोजामा शनिवार सिरहाको लहान स्थित होटल विशालको सभाहलमा उक्त अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडीले भाषा, साहित्य, कला, संस्कृति, गीत/सङ्गीत र नाट्यकला गरी छ विधाको संरक्षण, संवद्र्धन र प्रवद्र्धनका लागि प्रतिष्ठानले कार्य अगाडि बढाएको जानकारी दिदै यस कार्यमा सबैको साथ र सहयोग आवश्यकता रहेको धरणा राख्नु भयो

    • प्रकाशित मितिः बैशाख ३०, २०८१
    • ५३३ पटक पढिएको
    • समृद्धिपथ
  • विभिन्न बहानामा मनपरी शुल्क असुल्दै लहानका सामुदायिक विद्यालय

    फिरोज सिद्दिकी लहान । संविधानमै माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क गरेको भए पनि लहानको नमुना मानिएको विद्यालयले भने संविधान विपरीत विभिन्न बहानामा विद्यार्थीसँग मनपरी शुल्क असुल्ने गरेको पाइएको छ । सिरहाको लहान नगरपालिका-३, रघुनाथपुर स्थित रहेको लक्ष्मण ललिता कुशवाहा माध्यमिक विद्यालयमा अंग्रेजी माध्यमको नाममा मनमपरी शुल्क असुलदै आएको खुलासा भएको हो । संविधानमै माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क गरेको भए पनि विभिन्न बहानामा शुल्क असुल्ने गरेका अभिभावकको गुनासो रहेको छ । विद्यालयले माध्यमिक शिक्षा परीक्षाको रजिष्ट्रेसन शुल्क, प्रमाणपत्र शुल्क र इन्टरार्स शुल्क बोर्डले तोकेभन्दा बढी अविभा

    • प्रकाशित मितिः बैशाख २९, २०८१
    • १८२ पटक पढिएको
    • समृद्धिपथ
  • जेएस मुरारका क्याम्पसलाई नमूना बनाउने प्रतिवद्धता

        जीवछ उदासी  लहान,बैशाख २८ गते ।  लहान स्थित जेएस मुरारका बहुमुखी क्याम्पसको शैक्षिक र भौतिक विकासलाई आगाडि बढाउनुपर्नेमा जोड दिएको छ ।  क्याम्पसको सञ्चालक समितिको सचिवालयमा आज शुक्रबार वसेको बैठकमा यस्तो छलफल भइ निष्कर्षमा पुगेको हो । बैठक सञ्चालक समितिका अध्यक्ष तथा लहान नगर प्रमुखको अध्यक्षतामा बसेको बैठकमा दाता परिवारका मन्नार्थ अध्यक्ष मुरारीलाल मुरारको उपस्थिति रहेको थियो ।   बैठकमा थप नयाँ शैक्षिक कार्यक्रम र डिजिटलाइशन कनेक्टिभिटी प्रविधि सम्बन्धी दुई प्रस्ताव सर्वसम्मतिबाट पास गरिएको थियो ।  बैठकमा दाता परिवारका मुरारकाले समयको माग अनु

    • प्रकाशित मितिः बैशाख २८, २०८१
    • २२४ पटक पढिएको
    • समृद्धिपथ
  • अज्ञात समूहद्वारा लुटपाट गरिएको प्रति लहान सुनचाँदी व्यवसाय संघको गम्भिर ध्यानाकणर्

    फिरोज सिद्दिकी लहान, बैशाख २० गते । लहान सुनचाँदी व्यवसाय संघका कार्य समिति सदस्य तथा रिंकू ज्वेलर्सका प्रोप्राईटर दिनेश कुमार साहको घरमा केही अज्ञात समुहको झुण्डले लुटपाट गरिएको घटनाप्रति लहान सुनचाँदी व्यवसाय संघले ध्यानाकर्षण भएको जनाएको छ । गत बैशाख ६ गते बिहीबार घरमा कोही नभएको बेला डाका सैलीमा घर भित्र रहेका गर गहना तथा सर समान लटपाट गरेको लहान सुनचाँदी व्यवसाय संघले बिहीवार प्रेस विज्ञप्ती जारी गर्दै सो कुरा जनाएको हो । लहान सुनचाँदी व्यवसाय संघका अध्यक्ष नन्दकिशोर गुप्ताद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा भनिएको छ- यस्ता निन्दनीय कार्यको घोर भर्तसना गर्दै दोसीलाई अविलम्ब कानूनको दा

    • प्रकाशित मितिः बैशाख २०, २०८१
    • ४४४ पटक पढिएको
    • समृद्धिपथ
  • पुस्तकालयको विकास सरकारको प्राथमिकतामा पर्नुपर्ने माग

    जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजानिक पुस्तकालयहरुको विकास तीनै तहको सरकारको प्राथमिकतामा पर्नुपर्ने आवाज सरोकारवालाहरुले उठाएका छन् ।लहान–११ स्थित सृजना सामुदायिक पुस्तकालयले आयोजना गरेको सामुदायिक तथा सार्वजानिक पुस्तकालयहरुको मधेश प्रदेश स्तरीय पहिलो सम्मेलनमा सरोकारवाला अगुवाहरुले यस्तो आवाज उठाएका हुन् । जेएस मुरारका बहुमुखी क्याप्सका प्रध्यापक जितेन्द्र कुमार चौधरीले पठन संस्कृतिको विकासको लागि सामुदायिक पुस्तकालयहरुको विकास आवश्यक रहेको बताउनुभयो । विकृतिको दलदलमा फस्दै गइरहेको युवाहरुलाई शिक्षा चेतना र स्वास्थ्यको लागि सामुदायिक विद्यालयप्रति चासो जगाउन व्यस्

    • प्रकाशित मितिः बैशाख १८, २०८१
    • २२० पटक पढिएको
    • समृद्धिपथ
  • वेस्ट इन्डिज ‘ए’ सँग नेपाल १० रनले पराजित

    १६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपाललाई पराजित गरेको छ । सिरिजको दोस्रो खेलमा वेस्ट इन्डिज ए ले नेपाललाई १० रनले पराजित गरेको हो । वेस्ट इन्डिज ए ले दिएको १६१ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ९ विकेट गुमाउदै १५० रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले अविजित रहदै ७१ रन बनाए पनि अन्य ब्याट्सम्यानले साथ नदिदा नेपालले हार बेहोरेको थियो । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ७ विकेट गुमाउदै १६० रन बनाएको थियो । वेस्ट इन्डिज ए का लागि आन्द्रे फ्लेचरले सर्बाधिक ४३ रन बनाएका थिए । त्यस्तै कप्तान रोस्टन चेजले २३ रन बनाए भने गुडाकेस मोतीले अव

    • प्रकाशित मितिः बैशाख १६, २०८१
    • १०७ पटक पढिएको
    • समृद्धिपथ
  • आन्दोलनमा जाने मिटरब्याज पीडितको चेतावनी

    जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटरब्याज पीडितहरूले फेरि आन्दोलनमा जाने चेतावनी दिएका छन् । शुक्रवार लहानमा पत्रकार सम्मेलन गर्दै मिटरब्याज पीडितहरूले आन्दोलनमा जाने चेतावनी दिएका हुन् । मिटरब्याज पीडितसँग सरकारले पटकपटक सहमति गरेपनि सरकार इमानदार नदेखिएको मिटरब्याज पीडित संघर्ष समितिका संयोजक मनोज कुमार पासवानले बताउनुभयो । उहाँले भन्नुभयो, 'मिटरब्याज पीडितलाई न्याय दिनुको साटो पछिल्लो समय प्रहरी प्रशासनले साहुकारसँग साठगाठ गरी पक्राउ गर्ने, यातना दिने काम गरिरहेको छ ।' प्रहरी प्रशासन मिटरब्याज आन्दोलनलाई असफल बनाउन र पीडितका समस्या दबाउन षड्यन्त्रपूर्वक लागिपरेको परेको

    • प्रकाशित मितिः बैशाख १४, २०८१
    • ३५५ पटक पढिएको
    • समृद्धिपथ

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A