समाज

    Showing १-१० of ५९५ items.
  • सामुदायिक विद्यालयमा अंग्रेजी मोह

       जीवछ उदासी सामुदायिक विद्यालययमा अंग्रेजी माध्यमबाट पढाई सुरु गरेपछि विधार्थीहरुको संख्या हवातै बढेको छ । अभिभावकहरुको चाहना अनुसार लहान नगरपालिका शिक्षा शाखाले लहान–३ स्थित श्री लक्ष्मण ललिता कुशवाहा माध्यमिक विद्यालयमा अंग्रेजी माध्यममा सुरु गरेको छ । गत वर्षदेखि लहान –३ स्थित लक्ष्मण ललित कुशवाहा माध्यमिक विद्यालमा गत वर्षदेखि नमूना विद्यालय बनाउने उद्येश्यले अंग्रेजी माध्यममा पढमई सुरुगरेपछि गत वर्ष २३९ विधार्थी भर्ना भएको थियो भने यस वर्ष ५५० जना विधार्थीहरु भर्ना भएका छन् । लहान नगरपालिकामा रहेको ५९ वटै सामुदायिक विद्यालयहरुमा विधार्थी संख्या सन्तोषजनक भर्ना

    • प्रकाशित मितिः जेठ २, २०८१
    • ४२२ पटक पढिएको
    • समृद्धिपथ
  • बम पड्काएर लहानमा लुटपाट

      २०८१ जेठ ०१, मङ्गलबार लहान । सिराहाको लहानमा सुतली बम पड्काएर चार वटा घरमा लुटपाट भएको छ । सोमबार राति १२ बजे अपरिचित समूहले लहान १७ हरिपुरमा सुतली बम पड्काएर चार घरमा लुटपाट गरेको सिराहा प्रहरीले जानकारी दिएको छ । लहान नगरपालिका –१७ हरिपुरमा हतियारधारी समूहले हरिचोकमा तर्साउनको लागि बम पड्काएर चार घरमा लुटपाट गरेको सिराहा एसपी रमेश पण्डितले बताए । उनका अनुसार अनुसार चार घरबाट करिब ४ लाख रुपैयाँ लुटपाट गरिएको छ । प्रहरीका अनुसार स्थानीय रामनारायण ठाकुर, रामप्रसाद यादव, महावीर साह र हरि यादवको घरबाट लुटपाट भएको हो । अपरिचित लुटेरा समूहले चार वटै घरबाट नगद र सुनचाँदीका गरगहना र

    • प्रकाशित मितिः जेठ २, २०८१
    • ८९ पटक पढिएको
    • समृद्धिपथ
  • मधेश प्रज्ञा प्रतिष्ठानको अन्तरसंवाद कार्यक्रम सम्पन्न

    फिरोज सिद्दिकी लहान । मधेश प्रदेश अन्तर्गतका भाषा, कला, साहित्य, संस्कृति आदिको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ । जागरण नेपाल सिरहाको सहकार्य तथा मधेश प्रज्ञा प्रतिष्ठानको आयोजामा शनिवार सिरहाको लहान स्थित होटल विशालको सभाहलमा उक्त अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडीले भाषा, साहित्य, कला, संस्कृति, गीत/सङ्गीत र नाट्यकला गरी छ विधाको संरक्षण, संवद्र्धन र प्रवद्र्धनका लागि प्रतिष्ठानले कार्य अगाडि बढाएको जानकारी दिदै यस कार्यमा सबैको साथ र सहयोग आवश्यकता रहेको धरणा राख्नु भयो

    • प्रकाशित मितिः बैशाख ३०, २०८१
    • ५३९ पटक पढिएको
    • समृद्धिपथ
  • जेएस मुरारका क्याम्पसलाई नमूना बनाउने प्रतिवद्धता

        जीवछ उदासी  लहान,बैशाख २८ गते ।  लहान स्थित जेएस मुरारका बहुमुखी क्याम्पसको शैक्षिक र भौतिक विकासलाई आगाडि बढाउनुपर्नेमा जोड दिएको छ ।  क्याम्पसको सञ्चालक समितिको सचिवालयमा आज शुक्रबार वसेको बैठकमा यस्तो छलफल भइ निष्कर्षमा पुगेको हो । बैठक सञ्चालक समितिका अध्यक्ष तथा लहान नगर प्रमुखको अध्यक्षतामा बसेको बैठकमा दाता परिवारका मन्नार्थ अध्यक्ष मुरारीलाल मुरारको उपस्थिति रहेको थियो ।   बैठकमा थप नयाँ शैक्षिक कार्यक्रम र डिजिटलाइशन कनेक्टिभिटी प्रविधि सम्बन्धी दुई प्रस्ताव सर्वसम्मतिबाट पास गरिएको थियो ।  बैठकमा दाता परिवारका मुरारकाले समयको माग अनु

    • प्रकाशित मितिः बैशाख २८, २०८१
    • २२४ पटक पढिएको
    • समृद्धिपथ
  • अज्ञात समूहद्वारा लुटपाट गरिएको प्रति लहान सुनचाँदी व्यवसाय संघको गम्भिर ध्यानाकणर्

    फिरोज सिद्दिकी लहान, बैशाख २० गते । लहान सुनचाँदी व्यवसाय संघका कार्य समिति सदस्य तथा रिंकू ज्वेलर्सका प्रोप्राईटर दिनेश कुमार साहको घरमा केही अज्ञात समुहको झुण्डले लुटपाट गरिएको घटनाप्रति लहान सुनचाँदी व्यवसाय संघले ध्यानाकर्षण भएको जनाएको छ । गत बैशाख ६ गते बिहीबार घरमा कोही नभएको बेला डाका सैलीमा घर भित्र रहेका गर गहना तथा सर समान लटपाट गरेको लहान सुनचाँदी व्यवसाय संघले बिहीवार प्रेस विज्ञप्ती जारी गर्दै सो कुरा जनाएको हो । लहान सुनचाँदी व्यवसाय संघका अध्यक्ष नन्दकिशोर गुप्ताद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा भनिएको छ- यस्ता निन्दनीय कार्यको घोर भर्तसना गर्दै दोसीलाई अविलम्ब कानूनको दा

    • प्रकाशित मितिः बैशाख २०, २०८१
    • ४४५ पटक पढिएको
    • समृद्धिपथ
  • पुस्तकालयको विकास सरकारको प्राथमिकतामा पर्नुपर्ने माग

    जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजानिक पुस्तकालयहरुको विकास तीनै तहको सरकारको प्राथमिकतामा पर्नुपर्ने आवाज सरोकारवालाहरुले उठाएका छन् ।लहान–११ स्थित सृजना सामुदायिक पुस्तकालयले आयोजना गरेको सामुदायिक तथा सार्वजानिक पुस्तकालयहरुको मधेश प्रदेश स्तरीय पहिलो सम्मेलनमा सरोकारवाला अगुवाहरुले यस्तो आवाज उठाएका हुन् । जेएस मुरारका बहुमुखी क्याप्सका प्रध्यापक जितेन्द्र कुमार चौधरीले पठन संस्कृतिको विकासको लागि सामुदायिक पुस्तकालयहरुको विकास आवश्यक रहेको बताउनुभयो । विकृतिको दलदलमा फस्दै गइरहेको युवाहरुलाई शिक्षा चेतना र स्वास्थ्यको लागि सामुदायिक विद्यालयप्रति चासो जगाउन व्यस्

    • प्रकाशित मितिः बैशाख १८, २०८१
    • २२१ पटक पढिएको
    • समृद्धिपथ
  • आन्दोलनमा जाने मिटरब्याज पीडितको चेतावनी

    जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटरब्याज पीडितहरूले फेरि आन्दोलनमा जाने चेतावनी दिएका छन् । शुक्रवार लहानमा पत्रकार सम्मेलन गर्दै मिटरब्याज पीडितहरूले आन्दोलनमा जाने चेतावनी दिएका हुन् । मिटरब्याज पीडितसँग सरकारले पटकपटक सहमति गरेपनि सरकार इमानदार नदेखिएको मिटरब्याज पीडित संघर्ष समितिका संयोजक मनोज कुमार पासवानले बताउनुभयो । उहाँले भन्नुभयो, 'मिटरब्याज पीडितलाई न्याय दिनुको साटो पछिल्लो समय प्रहरी प्रशासनले साहुकारसँग साठगाठ गरी पक्राउ गर्ने, यातना दिने काम गरिरहेको छ ।' प्रहरी प्रशासन मिटरब्याज आन्दोलनलाई असफल बनाउन र पीडितका समस्या दबाउन षड्यन्त्रपूर्वक लागिपरेको परेको

    • प्रकाशित मितिः बैशाख १४, २०८१
    • ३५६ पटक पढिएको
    • समृद्धिपथ
  • होटलमा महिला र पुरुष मृत फेला

    जनकपुर, ११ वैशाख : जनकपुरको एक होटलमा आज दुईजना झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । जनकपुरको रामानन्द चोकमा रहेको होटल होलिडे एण्ड गेष्टहाउसमा एक महिला र एक पुरुष मृतअवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । महोतरीको पिपरा गाउँपालिका-३ का ३१ वर्षीय हितेन्द्र पासवान तथा पिपरा नै माइती भएकी महोत्तरी लोहरपटी नगरपालिका-४ की २५ वर्षीया प्रियङ्का कापर झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । होटलको कोठा नं २०५ मा दुवैजनाले सलको पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएको जिल्लाका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रञ्जन आवाले जानकारी दिनुभयो । महिलाको अढाइ वर्षीया छोरी कोठा

    • प्रकाशित मितिः बैशाख ११, २०८१
    • १६२ पटक पढिएको
    • समृद्धिपथ
  • औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी

    मलेखु (धादिङ), ११ वैशाखः रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौँतर्फ जाँदै गरेको ना४ख ८६१७ नम्बरको ट्रकमा आज विहान आगलागी भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-६ बन्छेटारमा उक्त ट्रकमा एक्कासी आगो लागेको हो ।  केमिकलहरु एकापसमा ठोक्किए आगो सल्किएको हुनसक्ने चालक सुशील बिकले बताउनुभयो ।    गुड्दा गुड्दै एक्कासी सल्किएको आगो नियन्त्रणमा आउन सकेको छैन । राजमार्गमा दुवैतर्फको सवारी आवागमन रोकिएको छ । धुनिवेसी नगरपालिकाबाट दमकल आउन ढिला भएकाले पनि आगो नियन्त्रणमा लिन कठिन भएको घटनास्थलमै आइपुग्नुभएका गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले

    • प्रकाशित मितिः बैशाख ११, २०८१
    • १३७ पटक पढिएको
    • समृद्धिपथ
  • लहानमा बानो गाउँ थारु सामुदायिक होमस्टे संचालन

    फिरोज सिद्दिकी लहान । सिरहाको लहान- १५ स्थित बानो टोलमा ‘बानो गाउँ थारु सामुदायिक होमस्टे’ सञ्चालनमा आएको छ । थारु खानपान, कला-संस्कृति, वेशभूषाको संरक्षण एवं सम्वर्द्धन गर्न होमस्टे संचालनमा ल्याइएको जनाइएको हो । होमस्टेको शनिबार एक कार्यक्रमका बीच लहान नगरप्रमुख महेश प्रसाद चौधरीले उद्घाटन गरेका थिए । उहाँले होमस्टे मधेश प्रदेश कै पहिलो लहानमा राम्रो सम्भावना भएको क्षेत्रमा स्थापना भएको बताउनु भयो । उहाँले होमस्टेमा थारु कला संस्कृती संगै खानाका परिकारको पनि प्रचार प्रसार गरिनुपर्ने बताउनु भयो । लहान नगरपालिकाको आर्थिक सहयोगमा संचालनमा आएको होमस्टे उद्घाटन कार्यक्रमा लहान १५

    • प्रकाशित मितिः बैशाख १०, २०८१
    • २२० पटक पढिएको
    • समृद्धिपथ

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A