शिक्षा

    Showing ५१-६० of १२२ items.
  • अत्यधिक गर्मी बढेपछि एक हप्ताका लागि लहानका सबै विद्यालय बन्द

    लहान । केही दिनदेखि अत्यधिक गर्मी बढेका कारण लहानका सबै सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालय एक हप्ताका लागि बन्द गरिएको छ । लहान नगरपालिकाले बिहीबार सूचना जारी गर्दै चर्को घामसँगै बढेको गर्मीले बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनगर गर्दै जेठ १९ गतेदेखि २६ जेठसम्म एक साताको लागि सवै विद्यालयहरु बन्द गर्न निर्देशन दिएको हो। अत्यधिक गर्मीका कारण पठनपाठनमा प्रतिकुल असर परिरहेको र कतिपय बालबालिका मुर्छित समेत भइरहेकाले वर्षे बिदाबाट कट्टा हुनेगरी एकहप्ता गर्मी बिदा दिने नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सुभद्रा गौतमद्वारा विहिवार जारी सुचनामा उल्लेख गरिएको छ । सुचनामा

    • प्रकाशित मितिः जेठ १८, २०८०
    • ५०२ पटक पढिएको
    • समृद्धिपथ
  • सिरहामा सवारी दुर्घटनालाई न्यूनीकरण गर्न ‘ट्राफिक सप्ताह-२०८०’ शुरु

    फिरोज सिद्दिकी, लहान । तराई मधेशका जिल्लाहरुसंगै सिरहामा बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न ‘ट्राफिक सप्ताह-२०८०’ शुरु गरिएको छ । ‘ट्राफिक नियमको पालना गरौँ, सभ्य नागरिक बनौ’ भन्ने नाराका साथ जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा, लहानको आयोजनामा आज सोमवारदेखि सप्ताहव्यापी ट्राफिक सचेतना अभियान शुरु गरिएको हो । प्रमुख अतिथिका रुपमा लहान नगरपाकिलाका नगरप्रमुख महेश प्रसाद चौधरी र प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले कार्यक्रमको उद्घाटन गर्दै दुर्घट्ना न्युनीकरणका लागि सवैले ट्राफिक नियम पालना गर्नुपर्नेमा जोड दिनुभयो । नगरप्रमुख चौधरीले ट्राफिक नियम प्रति सवै

    • प्रकाशित मितिः जेठ १, २०८०
    • ३०८ पटक पढिएको
    • समृद्धिपथ
  • स्कूल क्याप्टेनका लागि समता स्कूलमा नमुना मतदान

    फिरोज सिद्दिकी, लहान । निर्वाचनको झल्को दिनेगरी समता स्कूल लहानले शुक्रबार स्कूल क्याप्टेन, भ्वाईस क्याप्टेन र हाउस क्याप्टेन छनोटका लागि मतदान कार्य सम्पन्न गरेको छ । विद्यार्थीहरुलाई मतदान प्रक्रियाको बारेमा जानकारी दिने, आफ्नो भोटको महत्व बुझाउने र आफूले चाहेको प्रतिनिधिलाई छनोट गर्न सिकाउने उद्देश्यले मतदान प्रक्रियावाट नै स्कूल क्याप्टेन, भ्वाईस क्याप्टेन र हाउ क्याप्टेन चयन गर्न लागिएको समता स्कूलका प्रधानाध्यापक कमल सिंगतानले बताउनु भयो । कक्षा १ देखि ९ सम्मका २ सय ५० जना विद्यार्थीहरुले क्याप्टेन छनोटका लागि भएको निर्वाचनमा भाग लिएका थिए । क्याप्टेन छनोटका लागि भएको निर्वाचनबाट स्क

    • प्रकाशित मितिः बैशाख २९, २०८०
    • ६०२ पटक पढिएको
    • समृद्धिपथ
  • शिक्षाको नाममा कहिलेसम्म आम नागरिक ठगिरहनु पर्ने ?

    सिरहा जिल्लामा अहिले शैक्षिक माफियाहरूको हर्कत बाहिर आउन थालेको छ । शिक्षाको नाममा आम नागरिक ठगिने क्रम अझै रोकिएको छैन । लहान स्थित रहेको एक पुस्तक पसलले ३२ भन्दा बढी विद्यालयहरूको पुस्तक बेच्ने ठेक्का लिएका छन् । संस्थागत विद्यालय (वोर्डिङ्ग स्कूल) कमिसनको खेलमा वर्षे पिच्छे किताब परिवर्तन गरेर विद्यार्थी तथा अभिभावकलाई दुख दिने गरेका छन् । निजी विद्यालयमा हुने गरेको कमिसनको खेललाई अभिभावकहरू उजागर गरेको छ। निजी विद्यालयमा अनावश्यक पुस्तक, विद्यार्थीले बोक्नै नसकी भारी र अभिभावकले नसकने महँगी यो त वर्षौँको नियति भएको छ अनि विद्यालयले नै तोकेको ठाउमा किताब, कापी, ड्रेस, टाइवेल्ट किन्नु पर्ने

    • प्रकाशित मितिः बैशाख २४, २०८०
    • २३५ पटक पढिएको
    • समृद्धिपथ
  • पाठ्यपुस्तकमा कमिसन, अभिभावक मारमा

    फिरोज सिद्दिकी सिरहा । तोकिएकै पुस्तक पसलबाट पुस्तक किन्नुपर्ने ठेकेदारी प्रथाका कारण सिरहाका अभिभावक मारमा परेका छन् । केही संस्थागत विद्यालयले कमिसनको लोभमा अभिभावकलाई तोकिएकै पुस्तक पसलबाट पुस्तक किन्न बाध्य पारिएपछि सिरहामा यस्तो स्थिति आएको हो । यहाँका नाम चलेका केही विद्यालयले अभिभावकलाई जबर्जस्ती पुस्तकको सूची दिएर अभिभावकलाई तोकेकै पसलबाट पुस्तक किन्न बाध्य पारिरहेकाछन् । यहाँ सञ्चालनमा रहेका अधिकांश विद्यालयमा ठेकेदारी प्रथामार्फत पुस्तक पसलबाट २० देखि ३० प्रतिशतसम्म कमिसन खाने गरेको तथ्य खुलाशा भएको छ । ‘अभिभावकको ढाड सेक्ने गरी यहाँका निजी विद्यालयले महँगो शुल्क असुलेर पनि

    • प्रकाशित मितिः बैशाख १२, २०८०
    • ४३५ पटक पढिएको
    • समृद्धिपथ
  • श्री माध्यमिक विद्यालय लहान गोठको विद्यार्थी भर्ना अभियान र्‍याली सम्पन्न

    फिरोज सिद्दिकी, लहान । ‘समयमै भर्ना समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नाराका साथ सिरहाको लहान ९ मा रहेको श्री माध्यमिक विद्यालय लहान गोठले विद्यार्थी भर्ना कार्यक्रम अन्तरगत र्‍याली सम्पन्न गरेको छ । शैक्षिक सत्र २०८० का लागि श्री माध्यमिक विद्यालय लहान गोठका विद्यार्थी र शिक्षकहरुको सहभागीतामा र्‍याली सम्पन्न गरेको हो । उक्त र्‍याली बासाजोडी, शोभापुरको सिमाना हुँदै लवका टोल, पुरानो टोल, रामजानकी टोल, पछवारी टोल लगायतका स्थानहरुमा परिक्रमा गरेको थियो । निमित्त प्रधानाध्यापक जितेन्द्र महतोले यस माध्यमिक विद्यालय लहान गोठले प्रत्येक वर्षको शैक्षिक प्

    • प्रकाशित मितिः बैशाख ११, २०८०
    • ३६२ पटक पढिएको
    • समृद्धिपथ
  • मुस्लिम शिक्षामा नयाँ युगको सुरुवात ‘अल-अमिन नेशनल एकेडेमी’

    फिरोज सिद्दिकी, लहान । विद्यालय र मदरसाका सबै शैक्षिक सुविधाका साथै सुविधा सम्पन्न आवाशिय व्यवस्था सहित लहन ५ मा अल-अमिन नेशनल एकेडमी संचालनमा आएको छ । आजको द्रुत रूपमा परिवर्तन भइरहेको संसारमा, हाम्रा बच्चाहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्नु हाम्रो जिम्मेवारी मध्येको एक अत्यन्त महत्वपूणर् जिम्मेवारी हो । विशेष गरी शिक्षाको बढ्दो आवश्यकता संग, लहानमा अल-अमिन नेशनल एकेडेमीको स्थापना सही दिशामा एक राम्रो आवश्यक कदम हो । एकेडेमी विशेष गरी मुस्लिम बालबालिकालाई ध्यानमा राखेर संचालन गरिएको हो र यसले यी बालबालिकाहरूलाई उच्च गुणस्तरको शिक्षा प्राप्त गर्ने अनौठो अवसर प्रदान गर्नेछन् जुन उनीहरूको सां

    • प्रकाशित मितिः बैशाख १०, २०८०
    • ६५७ पटक पढिएको
    • समृद्धिपथ
  • त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा स्ववियु निर्वाचन हुँदै

    काठमाडौं । करिब १४ वर्षपछि आइतबार त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । निर्वाचनका लागि त्रिविअन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसले तयारी पूरा गरिसकेका छन् । यसपटक सबै विद्यार्थी सङ्गठनको एकमात्र एजेन्डा स्ववियु निर्वाचन भएपछि निश्चित भएको हो । पटक पटक घोषणा भए पनि यसअघि स्ववियु निर्वाचन हुन सकेको थिएन । चैत ५ गते हुने स्ववियु निर्वाचनबाट राजनीतिक दलदेखि विद्यार्थी सङ्गठनसम्म उत्साही भएका छन् । उम्मेदवारी दर्तादेखि नै उत्साहपूर्ण रुपमा लागेका विद्यार्थी सङ्गठन आइतबार हुने निर्वाचनका लागि झनै उत्साही भएका छन् । उनीहरु अहिल

    • प्रकाशित मितिः चैत्र ४, २०७९
    • २३३ पटक पढिएको
    • समृद्धिपथ
  • राहत शिक्षकद्वारा होली मिलन र प्रमाणपत्र वितरण कार्य सम्पन्न

      जीवछ उदासी  नेपाल शिक्षक समिति सिरहाले होली मिलन र कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण कार्य सम्पन्न भएको छ ।  लहान स्थित पशुपति आदर्श माविको दक्षिणपटिको सभा हलमा कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सचिव शिवशङ्कर कामतीले ६० वर्षसम्म राहत शिक्षकलाई काम गर्न दिनुपर्ने र जागीरबाट अवकास भएपछि योगदानमा आधारित पेनसनको व्यवस्थाको लागि राहत शिक्षकको संघर्ष जारी रहेको बताउनुभयो ।  उहाँले भन्नुभयो,' राहत शिक्षकको योगदानलाई राज्यले वेवास्ता गरे कडा र निर्णायक आन्दोलन हुनेछ । राहत शिक्षकले सामुदायिक विद्यालयको सुधारको लागि प्रतिवद्ध हुनुपर्छ ।'  केन्द्र

    • प्रकाशित मितिः फाल्गुन १९, २०७९
    • ४४७ पटक पढिएको
    • समृद्धिपथ
  • शिक्षा ऐन चाँडो आउनुपर्छ: पुर्व कानूनमन्त्री नायक

      जीवछ उदासी  लहान फागुन ७ गते ।  नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सिरहा इन्चार्ज अजय शङ्कर नायकले परिवर्तित अवस्थामा शिक्षा क्षेत्रमा देखिएको तमाम समस्याहरु समाधानको लागि शिक्षा संघीय ऐन आउन आवश्यक रहेको बताउनु भएको छ ।  'सम्पूर्ण मुक्तिकामी शिक्षक /कर्मचारीहरु एक होऔ' मूल नाराको साथ सुरु भएको एकिकृत अखिल नेपाल शिक्षक संगठन सिरहाको पाँचौ सिरहा जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।  अहिलेसम्म शिक्षा ऐन बन नसक्नु दुर्भाग्य भएको उहाँले भन्दै लोकतान्त्रिक गणतन्त्र र संघीयताको संस्थागत गर्न र परिवर्तनको अनुभूति गराउन एकिकृत अ

    • प्रकाशित मितिः फाल्गुन ७, २०७९
    • २२७ पटक पढिएको
    • समृद्धिपथ

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A