आफ्नै घरको शौचालयमा एक महिला मृत फेला, हत्या भएको माइती पक्षको आरोप

  • श्रावण ५, २०८०
  • समृद्धिपथ
alt

सिराहा । सिराहामा एक महिला आफ्नै घरको शौचालय मृत अवस्थामा फेला परेकी छन् । सिराहाको कर्जन्हा नगरपालिका वडा नम्बर ११ हटलेटवा बस्ने स्थानीय धनिक लाल यादवको छोरा सुधन यादवकी श्रीमती अन्दाजी वर्ष २० की शान्ति यादव आफ्नै शौचालयमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।

सुधनसँग करिब ५ वर्ष अघि किशोरी उमेरमै बिहे गरेकी शान्तिसँग २ वर्षीय छोरी रहेकी छन् । उनी शौचालयमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् । राती २ बजेको समयमा प्रहरीलाई जानकारी गएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

मृतको श्रीमान् सुधन वैदेशिक रोजगारीको सिलसिलामा रहेका छन् । उनी राती २ बजे झुन्डिएको भेटिएको परिवारजनको बयान छ । यद्यपि, राति २ बजे तर्फको यो घटनाले शङ्का उत्पन्न गराएको छ । शौचालय जाँदा राति २ बजे उनको घरपरिवारले कसरी देखेको भनेर शङ्का उत्पन्न गराएको छ । यसबारे प्रहरीले पनि अनुसन्धान थालेको हो ।

यता, शान्तिको माइत पक्षले छोरीलाई हत्या गरी झुण्डयाईदिएको आरोप लगाएका छन् । श्रीमान् वैदेशिक रोजगारीमा हुँदा पटक पटक झैँ झगडा हुँदै आएकोमा मारेर झुण्डयाई दिएको आरोप माइती पक्षको छ ।

सामुदायिक विद्यालयमा ...

   जीवछ उदासी सामुदायिक विद्यालययमा अंग्रेज ...

बम पड्काएर लहानमा लु ...

  २०८१ जेठ ०१, मङ्गलबार लहान । सिराहाको लहानमा स ...

पाठ्यपुस्तक पुनः प्र ...

३० बैशाख, २०८१काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन् ...

मधेश प्रज्ञा प्रतिष् ...

फिरोज सिद्दिकी लहान । मधेश प्रदेश अन्तर्गतका भाषा, कला ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A