सरसफाईमा लहानलाई ‘नमुना’ वनाउने अभियान सुरु

  • कार्तिक २०, २०८०
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी,

लहान । लहान नगरपालिकाको सरसफाई संयोजकमा श्याम साह ‘भोरेभोर’ नियुक्त भएपछि सरसफाई अभियानले तिव्रता पाएको छ ।

लहान नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष समेत रहेका भोरेभोरले सरसफाई अभियानमा सक्रियता बढाएपछि लहान नगरले सरसफाईमा तिब्रता पाएको हो ।

लहान नगरपालिकामा जनप्रतिनिधिहरु निर्वाचित भएर आएको झण्डै डेढ वर्ष भन्दा बढी हुनलाग्दा पनि बजार क्षेत्र बाहेक अन्य वडाका वासिन्दाहरुले सरसफाईको अनुभुति पटक्कै नगरेको लहान ९ का समाजसेवी संजय साहले गुनासो पोख्दै आज बल्ल सरसफाई संयोजक भोरेभोरको सक्रियतामा लहान ९ मा पनि सरसफाई हुन लागेको बताउनु भयो ।

दिपावली तथा छठ पर्व नजिकिदै गर्दा लहन ९ मा वडा सरसफाई कार्यक्रम गरिएको छ । कायक्रममा सरसफाई संयोजक भोरेभोर, लहान ९ का वडाध्यक्ष घुरन चौधरी, वडासदस्यहरु राजकुमार मल्ल, एस कुमार चौधरी, लगनवती मोचीलगायत स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

photo_2023-11-06_15-23-50 (3)

कार्यक्रम पश्चात संयोजक भोरेभोरले पत्रकारसंग कुरा गर्दै भन्नु भयो- लहान नगरलाई सरसफाईमा ‘नमुना’ नगर बनाउने अभियान सुरु भएको छ । त्यसका लागि यहाँका हरेक नागरिकले घर तथा पसल वाट निस्कने फोहर संकलन गर्ने र नगरपालिकाको गाडिमा लगेर राख्न सबै संग अनुरोध गर्नु भयो ।

बजार क्षेत्रमा फोहर संकलन गर्नका लागि आउने नगरको गाडिमा नगरवासीले आफै उक्त गाडिसम्म फोहर पु-याउन सुरु गरेका छन् । जथाभाबी फोहर यत्रतत्र फाल्नेहरुलाई कारवाही गर्ने नियम बनाइएको छ । लहान नगरपालिकाले सार्वजनिक सुचना जारी गर्दै जथाभावि फोहर नफाल्न सचेत तुल्याएको संयोजक भोरेभोरले जानकारी दिनुभयो ।

संयोजक भोरेभोरका अनुसार आफू संयोजक भएर आएपछि फोहरले भरिएका नालाहरुको सरसफाई तीव्र पारिएको छ । लहान नगरपालीका नगर सरसफाई अभियानमा सक्रिय पूर्वक लागेका पनि बताउनु भयो ।

photo_2023-11-06_15-23-50 (2) photo_2023-11-06_15-23-50 399017663_1990829844649826_5540267061425457115_n

सामुदायिक विद्यालयमा ...

   जीवछ उदासी सामुदायिक विद्यालययमा अंग्रेज ...

बम पड्काएर लहानमा लु ...

  २०८१ जेठ ०१, मङ्गलबार लहान । सिराहाको लहानमा स ...

पाठ्यपुस्तक पुनः प्र ...

३० बैशाख, २०८१काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन् ...

मधेश प्रज्ञा प्रतिष् ...

फिरोज सिद्दिकी लहान । मधेश प्रदेश अन्तर्गतका भाषा, कला ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A