महोत्तरीमा पहिलो पटक खाना सडक महोत्सव हुदैँ

  • माघ २१, २०८०
  • समृद्धिपथ
alt

बिशाल बस्नेत

महोत्तरी, २१ माघ ।  महोत्तरीमा पहिलो पटक खाना सडक महोत्सव हुने भएको छ ।

जिल्लाको उत्तरवर्ती नगरपालिका बर्दिवासमा फाल्गुन ५ देखि ३ दिनसम्म महोत्सव हुने भएको हो ।

होटल तथा पर्यटन व्यवसायी संघको आयोजनामा हुने उक्त खाना सडक महोत्सव नितान्त पर्यटन प्रवद्वन गर्ने उदेश्य रहेको आयोजक पक्षले जनाएको छ । आर्थिक मन्दिका कारण व्यवसाय धराशयी बनिरहेको बेला महोत्सवले व्यवसायलाई समेत चलायमान बनाउन सक्ने पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गोपाल कार्कीले वताए ।

अझ मौलिक खानाको माध्यमवाट  जिल्लाको खाना संस्कार समेत अनुभव गर्न सकिने आयोजक पक्षको भनाई छ । मौलिक खानाको साथै मौलिक संस्कार र संस्कृती पनि सडकमा देख्न सकिने महासचिव नारायण घिमिरेले जानकारी दिए । उनका अनुसार बर्दिवासस्थित सिन्धुली सडक खण्डको दायाँतर्फ झण्डै २ सय मिटरको लम्बाईमा ५० भन्दा बढी स्टल राखिने र स्थानिय र राष्ट्रिय कलाकारहरुको माध्यमवाट भरपुर मनोरञ्जन प्रदान गर्ने आयोजक पक्षले तयारी गरेको छ ।

नि:शुल्क प्रवेश गर्न सकिने उक्त महोत्सवको व्यवस्थापनको लागी बर्दिवास नगरपालिकाले ६ लाख ५० हजार सहयोग गरेको छ भने १० लाख भन्दा बढी लागत लाग्ने अनुमान गरिएको छ । वाँकी लागत स्टल र अन्य माध्यमवाट संकलन गरिने अध्यक्ष कार्कीले बताए  ।

संस्कृती , पर्यटन तथा पर्वद्वन समिती बर्दिवासको समेत सहभागीमा मौलिक संस्कारलाई यथेष्ट प्रचारप्रसार गरेर पर्यटन विकासमा भुमिका खेल्ने आयोजक पक्षले जनाएको छ । स्टलमा राखिएका खानाहरुमा अधिकतम २० देखि ४० प्रतिशतसम्म  छुट हुने आयोजक पक्षले जानकारी दिएको छ ।

 

सामुदायिक विद्यालयमा ...

   जीवछ उदासी सामुदायिक विद्यालययमा अंग्रेज ...

बम पड्काएर लहानमा लु ...

  २०८१ जेठ ०१, मङ्गलबार लहान । सिराहाको लहानमा स ...

पाठ्यपुस्तक पुनः प्र ...

३० बैशाख, २०८१काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन् ...

मधेश प्रज्ञा प्रतिष् ...

फिरोज सिद्दिकी लहान । मधेश प्रदेश अन्तर्गतका भाषा, कला ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A