बच्चाहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले लहानमा दोस्रो LMC Expo हुँदै

  • फाल्गुन १, २०८०
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

लहान । एलएमसी सेकेन्ड्री स्कूल लहानमा दोस्रो ‘एलएमसी एक्सपो’ कार्यक्रम हुने भएको छ । विद्यालयको २६औं वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा विद्यालयले एसएमसी एक्सपोको आयोजना गर्ने भएको हो ।

विद्यार्थीहरुले कसरी आफूलाई सिकाइमा सहभागी गराइरहनुभएको छ भन्नेबारे जानकारी आदानप्रदान गर्न कार्यक्रमको आयोजना गरिएको विद्यालयका संस्थापक अध्यक्ष पाण्डव हमालले पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भयो ।

यहि फागुन ४ गते शुक्रबारदेखि सुरु हुने एक्सपो दुई दिनसम्म चल्ने बताउदै कार्यक्रममा कला, संस्कृति र पिहिचान झल्काउने गरी विविध प्रदर्शनी र सांस्कृतिक कार्यक्रम हुने जानकारी दिनुभयो ।

एक्सपोमा विद्यार्थीद्वारा वैज्ञानिक आविष्कार गरी निर्माण गरिएका सामाग्रीहरु सहित विभिन्न बिषयगत शैक्षिक सामाग्रीहरुको प्रदर्शनी गरिने विद्यालयका प्रमुख कार्यकारी अधिकृत आयुष हमाले बताउनु भयो ।

शैक्षिक एक्सपोमा विषयगत रुपमा छुट्टाछुट्टै स्टलमा प्रर्दशनी गर्ने व्यवस्था मिलाइने प्रमुख कार्यकारी अधिकृत हामालले जानकारी दिनुभयो ।

उहाँले एक्सपोलाई थप आकर्षक बनाउँन विद्यार्थीहरुबाटै नृत्य प्रदर्शन सहित विभिन्न संस्कृति झल्काउँने साँस्कृतिक झाँकी तथा नृत्यहरु समेत प्रदर्शन गरिने जानकारी दिनुभयो ।

lmc 1

सामुदायिक विद्यालयमा ...

   जीवछ उदासी सामुदायिक विद्यालययमा अंग्रेज ...

बम पड्काएर लहानमा लु ...

  २०८१ जेठ ०१, मङ्गलबार लहान । सिराहाको लहानमा स ...

पाठ्यपुस्तक पुनः प्र ...

३० बैशाख, २०८१काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन् ...

मधेश प्रज्ञा प्रतिष् ...

फिरोज सिद्दिकी लहान । मधेश प्रदेश अन्तर्गतका भाषा, कला ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A