राष्ट्रिय

    Showing ६१-७० of ६६३ items.
  • सामुदायिक विद्यालय सुधारको लागि सघन अनुगमन

    जीवछ उदासीलहान,माघ २९ गते । लहान नगरपालिका शिक्षा शाखासँग समन्वय गरेर अनुगमन समितिको संयोजक नगरपालिका उपप्रमुख राम चलितर महतोले सामुदायिक विद्यालयको सुधारको लागि सघन अनुगमन गर्ने कार्यलाई निरन्तता दिनु भएको छ । सुरु सुरुमा छडके अनुगमन गरिएको उपप्रमुख महतोले भन्दै अहिले शिक्षास्वास्थ्य र वातावरण क्षेत्रमा काम गर्ने विशेषज्ञलाई समेत लिएर विद्यालयको शैक्षिक भौतिक कक्षा व्वयस्थापन लगायत देखिएका सबै समस्याहरुलाई समाधान गर्न विद्यालयका सरोकारवालाहरुलाई समेत राखेर दिएको समय सीमाभित्र विद्यालयको सुधार हुने गरी अनुगमन कार्यलाइ निरन्तरता दिएको बताउनुभयो ।उहाँले भन्नुभयो,‘नगरप्रमुख स्वयम शिक्षा स

    • प्रकाशित मितिः माघ २९, २०८०
    • २९१ पटक पढिएको
    • समृद्धिपथ
  • नगरप्रमुख यादवद्वारा कार्यालयमा तोडफोड गर्नेमाथि कारवाहीको माग

      जीवछ उदासी  माघ २८ गते ।  मिर्चैया नगरपालिकाको कार्यालयमा आइतवार दिनको १२ वजे कार्यालयमा प्रवेश गरी जथाभावी एकासी ढुङ्गामुढा प्रहार गरेर लाखौको क्षति पुरयाउने समूहरुमाथि मिर्चैया नगरप्रमुख श्रवण कुमार यादवले कानुनी कारबाहीको माग गर्नु भएको छ ।  मिर्चैया नगरपालिका -३ का वडाध्यक्ष पवित्री देवी यादवको पति खगेश्वर गोहिवार यादवको अगुवाइमा ३० जनाको समूहमा १२ बजे आतङककारीको शैलीमा ३० कार्यालयमा प्रवेश गरेपछि केहि बेरमै जथाभावी ढुङगामुढा प्रहार गर्न थालेको नगरप्रमुख यादवले प्रकाशित गरेको प्रेविज्ञप्तिमा उल्लेख छ । नगरप्रमुख यादवको अनुसार कार्यालयका कर्मचारी सेवाग्राहीहरु आ

    • प्रकाशित मितिः माघ २८, २०८०
    • ६२६ पटक पढिएको
    • समृद्धिपथ
  • सबै भन्दा सानो एक्स-रे मेशिन बनाउने नेपालका अमर गुप्ता अमेरिकाद्वारा सम्मानित

    फिरोज सिद्दिकी सिरहा । लहान सिरहाका भौतिकशास्त्रमा पीएचडी गरेका ३३ वर्षीय अमरप्रसाद गुप्ताले खल्तीमा बोक्न सकिने र विकिरण तथा रासायनिक खतराहरूबाट मुक्त एक्स-रे बनाउन सफल भएका छन्। छ महिनाको निरन्तर प्रयास पछि, डा. गुप्ताले मानव हात भन्दा सानो एक्स-रे प्रणाली सफलतापूर्वक विकास गरेका हुन्। जो केवल ८६ ग्राम तौल, खल्तीमा सजिलैसँग फिट गर्न सकिने र केवल दुई एएए ब्याट्रीहरूद्वारा संचालित हुने जनाइएको छ। डा. गुप्ताले गत डिसेम्बर २०२३ मा शिकागोमा आयोजित वार्षिक रेडियोलोजिकल सोसाइटी अफ नर्थ अमेरिका बैठकमा यस विचारको बारेमा आफ्नो अनुसन्धान प्रस्तुत गरेका थिए र एक भौतिक प्रशिक्षार्थीद्वारा आरएसएनएमा उत

    • प्रकाशित मितिः माघ २८, २०८०
    • १,४७६ पटक पढिएको
    • समृद्धिपथ
  • अफताव आलमविरुद्ध मुद्दाको सुनुवाइ सुरु

    काठमाडौं, २८ माघ । कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमविरुद्ध मुद्दाको सुनुवाइ आइतबारबाट सुरु भएको छ ।  विष्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धीको कसुरमा आलमसहित ११ जनाविरुद्ध दायर मुद्दाको आइतबारबाट अन्तिम सुनुवाइ रौतहट जिल्ला अदालतमा सुरु भएको हो । रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासमा मुद्दाको पेसी तोकिएको हो । यसअघि गत २२ कात्तिकमा न्यायाधीश बाबुकाजी बानियाको इजलासले बहस नोट माग गर्ने आदेश दिएको थियो । त्यसपछि वादी तथा प्रतिवादी दुवै पक्षका कानुन व्यवसायीले बहस नोट बुझाइसकेका छन् ।  १८ कात्तिक

    • प्रकाशित मितिः माघ २८, २०८०
    • २८५ पटक पढिएको
    • समृद्धिपथ
  • घुर ताप्ने जनताको सरोकार

    सत्येन्द्र लाल कर्ण जाडो छल्न र शीतलहरको प्रकोपबाट जोगिन पुस-माघ महिनातिर मधेस-तराईका मधेसी बहुल गाउँहरूमा घुरा ताप्ने समाज र संस्कृतिभित्रको यथार्थलाई बुझ्नु आवश्यक छ। घुर तापिरहेका मधेसी गाउँलेहरूको मन र भावनालाई बुझ्दा मधेसको अन्तर्कथा र व्यथाका सत्य र तथ्यहरूलाई उपेक्षा गर्न सरकार र नागरिक समाजको लागि असम्भव छ। मधेस तराईतिर घुरा ताप्ने कार्यलाई रचनात्मक र जीवन उपयोगी तथा मानव स्वास्थ्यका लागि आवश्यक कार्यको रूपमा लिने चलन छ। अधिकांश मधेसीहरूले घुरा ताप्ने गर्दछन्। जिउ तताउने र तङ्ग्राउने र समाज तथा संस्कृतिभित्रका गुढतम् रहस्यपूर्ण घटना कथाहरू र सामाजिक अनुभवका कुराहरूलाई अर्थ्याउने कार्

    • प्रकाशित मितिः माघ २६, २०८०
    • १४३ पटक पढिएको
    • समृद्धिपथ
  • सातपटकसम्म चुनिए वडा सदस्यमा लाल मोहम्मद

      जीवछ उदासी  माघ २१ गते ।  देशैभरीमा सात पटक वडा सदस्यमा निर्वाचित भएकाहरुको संख्या थोरै होला । त्यसमध्ये लहान वडा नम्बर -२ को वडा सदस्यमा सात पटक निर्वाचित हुने ६७ वर्षिय लाल मोहम्मद हुनुहुन्छ ।  चारपटक पञ्चायत व्यवस्थामा तीन पटक प्रजातन्त्र वहाली भएपछि वडा सदस्य हुनु भएको लाल मोहम्मद भन्नुहुन्छ,'तीन दशकभन्दा बढी वडा सदस्य भए । लहान नगरपालिकाको हाल २४ वटै वडाहरुमध्ये सानो वडा रहेको यस वडाको शिक्षा सरसफाई सामाजिक जागरणको काम पुरा हुन नसकेकोमा थोरै पीडा महसुस भइरहेको छ ।'  पञ्चायतकालमा गणपति महतोसँग तीनपटक राजा ज्ञानेन्द्रले गराएको स्थानीय चुनावमा आमोला महतोसँग एक

    • प्रकाशित मितिः माघ २१, २०८०
    • ३९० पटक पढिएको
    • समृद्धिपथ
  • महोत्तरीमा पहिलो पटक खाना सडक महोत्सव हुदैँ

    बिशाल बस्नेत महोत्तरी, २१ माघ ।  महोत्तरीमा पहिलो पटक खाना सडक महोत्सव हुने भएको छ । जिल्लाको उत्तरवर्ती नगरपालिका बर्दिवासमा फाल्गुन ५ देखि ३ दिनसम्म महोत्सव हुने भएको हो । होटल तथा पर्यटन व्यवसायी संघको आयोजनामा हुने उक्त खाना सडक महोत्सव नितान्त पर्यटन प्रवद्वन गर्ने उदेश्य रहेको आयोजक पक्षले जनाएको छ । आर्थिक मन्दिका कारण व्यवसाय धराशयी बनिरहेको बेला महोत्सवले व्यवसायलाई समेत चलायमान बनाउन सक्ने पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गोपाल कार्कीले वताए । अझ मौलिक खानाको माध्यमवाट  जिल्लाको खाना संस्कार समेत अनुभव गर्न सकिने आयोजक पक्षको भनाई छ । मौलि

    • प्रकाशित मितिः माघ २१, २०८०
    • २१६ पटक पढिएको
    • समृद्धिपथ
  • प्रशंसनीय भूमिकामा ‘प्रेस सेन्टर’

    जीवछ उदासी लहान, माघ १६ गते । नेकपा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल‘पचण्ड’ले प्रेस सेन्टरको भूमिका प्रशंसनीय रहेको बताउनु भएको छ ।२०औ प्रेस सेन्टरको स्थापना दिवसको अवसरमा औद्योगिक नगरी महानगरपालिका बिरगञ्जको टाउन हलमा आयोजित कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै यस्तो बताउनुभयो । जनयुद्धकालमा जनमुक्ति सेनाले खेलेको भूमिकामा अहिले प्रेस सेन्टर रहेको उहाँले भन्दै देशमा समाजवाद नआएसम्म प्रेस सेन्टर अभियानलाई गति दिइरहनु आवश्यक रहेको बताउनुभयो । अध्यक्ष प्रचण्डले थप्नुभयो,‘सत्य स्थापित गराउन जनतामा जन जागरण ल्याउन प्रेस सेन्टर लागि रहनुपर्छ । नेकपा माओवादीको अन्य

    • प्रकाशित मितिः माघ १६, २०८०
    • २२५ पटक पढिएको
    • समृद्धिपथ
  • स्वास्थ्य बीमालाई थप प्रभावकारी तुल्याउँदै लैजानुपर्छः प्रधानमन्त्री

    काठमाडौं, १४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याउने उद्देश्यले अगाडि बढाइएको स्वास्थ्य बीमालाई थप प्रभावकारी तुल्याउँदै लैजानुपर्ने बताएका छन । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२ औं सभामा प्रधानमन्त्री एवं कुलपति ‘प्रचण्ड’ले  सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यमा सहयोग पुर्‍याउनु पर्नेमा जोड दिएका छन । स्वास्थ्य बीमा कार्यक्रमलाई सफल तुल्याउन स्थानीय तहहरूबाट सकारात्मक प्रयास भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “राष्ट्रिय स्व

    • प्रकाशित मितिः माघ १४, २०८०
    • १७६ पटक पढिएको
    • समृद्धिपथ
  • 'सहिदको व्यवस्थापन सर्वदलीय निर्णय अनुसार नै हुनुपर्छ'

    जीवछ उदासी  लहान,माघ १३ गते ।  कञ्चनपुर कमला सडक खण्ड निर्माण कार्यलाई समयमै सम्पन्न गर्न लहानको मुख्य चोकमा रहेको सहिदपार्क लहान नगरपालिकामा सम्पन्न सर्वदलीय बैठकमा भएको सर्वसम्मत निर्णयलाई नै कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ । हाल सहिदपार्क रहेको स्थानदेखि ५० मिटर दक्षीणमा रहेको तरकारी बजारमा सहिदपार्क राख्ने सर्वसम्मति भएको थियो ।  जिल्ला उद्योग वाणिज्य संघ लहान सिरहाका अध्यक्ष विकास शारडाले वाणिज्य संघको कार्यालयमा आज शनिबार  सरोकारवालाहरुसँग राख्नु भएको अन्तरक्रियामा यस्तो आवाज उठेको हो ।  अन्तर्क्रियामा प्रदेशसभा सदस्यहरु राज कुमार गुप्ता ललिता दास विद्रो

    • प्रकाशित मितिः माघ १३, २०८०
    • ५५१ पटक पढिएको
    • समृद्धिपथ

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A