चाडपर्व लक्षित ट्राफिक चेकिङसँगै सडक सुरक्षा सचेतना अभियान

  • कार्तिक ७, २०८३
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी 

लहान, ६ कात्तिक। जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान, सिराहाले चाडपर्वलाई लक्षित गर्दै पूर्व–पश्चिम राजमार्ग तथा हुलाकी राजमार्गमा विशेष चेकिङ र सडक सुरक्षा सचेतना अभियान सञ्चालन गरेका छन्।

“मर्यादित चालक, सुरक्षित यात्रा” भन्ने मूल नाराका साथ कार्यालय तथा मातहतका ट्राफिक प्रहरी युनिटहरूले सवारी चालक, यात्रु र सर्वसाधारणलाई ट्राफिक नियम, सडक सुरक्षा तथा सुरक्षित सवारी सञ्चालनसम्बन्धी जानकारी गराएका हुन्।

अभियानका क्रममा ट्राफिक चिह्नहरूको अर्थ, गति सीमाको पालना, सिट बेल्ट तथा हेल्मेटको अनिवार्य प्रयोग, मादक पदार्थ सेवन गरी सवारी नचलाउने, ओभरटेक गर्दा अपनाउनुपर्ने सावधानी र पैदल यात्रुको अधिकारलगायत विषयमा सचेतना प्रदान गरिएको छ।

चाडपर्वका समयमा सवारीसाधनको आवागमन बढ्ने भएकाले सम्भावित सडक दुर्घटना न्यूनीकरण गर्नु, ट्राफिक नियमको पालना गर्ने बानीको विकास गर्नु तथा सुरक्षित यात्राको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्नु अभियानको मुख्य उद्देश्य रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले जनाएको छ।

सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमको पालना र जिम्मेवार सवारी सञ्चालन आवश्यक रहेको जनाउँदै प्रहरीले चालक, यात्रु तथा सम्पूर्ण सडक प्रयोगकर्तालाई सावधानी अपनाउन आग्रह गरेको छ। सडक सुरक्षा सबैको साझा जिम्मेवारी हो। ट्राफिक नियमको पालना गरौँ, आफ्नो र अरूको जीवन सुरक्षित राखौँ।

लहान नगरपालिका–७ को ...

लहान, सिरहा । सिरहाको लहान नगरपालिका वडा नम्बर ७ को नवन ...

लहानको दुर्गा पूजामा ...

लहान । सिरहाको लहानस्थित दुर्गा पूजा परिसरमा अघोरीको अन ...

१०१ किलो लडु चढाएर ...

  जीवछ उदासी  असोज ३१ गते  लहान नगरपा ...

झिझिया नृत्यमा ‘डायन ...

लहान, सिरहा। लहानमा दुर्गापूजाका अवसरमा आयोजित धार्मिक ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A