मालफोत कार्यालय लहानमा बम विस्फोट गराउने एकजना पक्राउ

  • चैत २, २०७७
  • समृद्धिपथ
alt

लहान । एक दिनअघि सिरहाको लहान स्थित मालपोत कार्यालय भवनमा बम विस्फोट गराउने एक जनालाई सोमबार सिरहा प्रहरीले पक्राउ गरेको छ ।

बम विस्फोट गराएको अभियोगमा पक्राउ पर्नेमा लहान नगरपालिका–१८ भदैयाका २८ वर्षीय बलराम मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । मण्डल जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)का कार्यकता रहेको प्रहरीले जनाएको छ ।

मालपोत कार्यालयमा जडान गरिएको सिसिटिभी क्यामरा फोटोबाट गोप्य सूचनाका आधारमा प्रहरीको गहिरो अनुसन्धानपछि सिरहा शसस्त्र प्रहरीको टोलीले सुखीपुर नगरपालिका २, विद्यानगरबाट पक्राउ गरी थप अनुसन्धान सुरु गरिएको सिरहा प्रहरीले जनाएको छ ।

आइतवार दिउसो पौने १ बजे भएको शक्तिशाली बम विस्फोटमा परी मालपोत कार्यालयका कर्मचारी नायब सुब्बा शिवकुमार यादवसहित ८ जना घाइते भएका थिए । बम विस्फोट घटनाको जिम्मेवारी जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) जयकृष्ण गोइत समूहले लिएका थिए ।

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A