मधेशको मुख्यमन्त्रीमा जसपा नेपालका सरोजकुमार यादव नियुक्त

  • मंसिर ५, २०८३
  • समृद्धिपथ
alt

सिरहा । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् ।

प्रदेश प्रमुखको कार्यालयले शनिबार विज्ञप्ति जारी गर्दै संविधानको धारा १६८ को उपधारा (३) बमोजिम यादवलाई मुख्यमन्त्री नियुक्त गरेको जनाएको हो ।

यसअघि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए । त्यसका लागि मंसिर ४ गते शुक्रबार अपराह्न ४ बजेसम्मको समयसीमा तोकिएको थियो ।

तर, निर्धारित समयभित्र कुनै पनि दल वा प्रदेशसभा सदस्यले मुख्यमन्त्रीमा दाबी पेस नगरेपछि प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतमा रहेको जसपा नेपालका संसदीय दलका नेता यादव मुख्यमन्त्री नियुक्त भएका हुन् ।

नवनियुक्त मुख्यमन्त्री यादव यसअघि पनि मधेश प्रदेशको दोस्रो कार्यकालको पहिलो मुख्यमन्त्री बनेका थिए । उनको पुनः नियुक्तिसँगै मधेश प्रदेशको राजनीतिक नेतृत्वमा फेरि जसपा नेपालको उपस्थिति स्थापित भएको छ ।

गोलबजार उद्योग व्याप ...

गोलबजार । गोलबजार उद्योग व्यापार संघको निर्वाचनमा महेश ...

लहान प्रादेशिक अस्पत ...

लहान । रामकुमार शारडा उमा प्रसाद मुरारका प्रादेशिक अस्प ...

लहान–९ गोठ टोलमा तुल ...

फिरोज सिद्दिकी  लहान, ३० कार्तिक । सिरहाको लहान न ...

देशभर छठको उल्लास : ...

फिरोज सिद्दिकी  सिरहा । सूर्य उपासनाको महापर्व छठ ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A