पत्रकारलाई गालीगलौज गरेको भन्दै महासंघको आपत्ति

  • कार्तिक २३, २०८३
  • समृद्धिपथ

लहान। समाचार प्रकाशनपछि सञ्चारकर्मीको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै अपमानजनक शब्द प्रयोग गरी गालीगलौज गरेको भन्दै नेपाल पत्रकार महासंघ सिरहा शाखाले आपत्ति जनाएको छ।

विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारअनुसार सिरहाको लहान नगरपालिका–७ मा जुवातास खेलिरहेको अवस्थामा पशुपति सिनेमा हलका सञ्चालक नीरज गुप्तासहित चार जना पक्राउ परेका थिए। उक्त घटनासम्बन्धी समाचार प्रकाशित भएपछि गुप्ताले सरगम एफएमका सञ्चालक एवं सञ्चारकर्मी फिरोज शेखको तस्बिर आफ्नो फेसबुक वालमा राखेर ‘फटाहा पत्रकार’ लगायतका आपत्तिजनक शब्द प्रयोग गर्दै गालीगलौज गरेको महासंघले जनाएको छ।

नेपाल पत्रकार महासंघ सिरहा शाखाले सञ्चारकर्मीमाथि गरिएको उक्त व्यवहारको घोर भर्त्सना गर्दै समाचारप्रति असहमति भए कानुनी तथा वैधानिक प्रक्रियामार्फत खण्डन गर्न सकिने स्पष्ट पारेको छ। पत्रकारको तस्बिर सार्वजनिक गरी व्यक्तिगत प्रतिष्ठा र सामाजिक मर्यादामा आँच पुग्ने अभिव्यक्ति दिनु प्रेस स्वतन्त्रता, पत्रकारको पेसागत सम्मान तथा अभिव्यक्ति स्वतन्त्रताको मर्मविपरीत रहेको महासंघको ठहर छ।

समाचार सम्प्रेषण गरेकै आधारमा पत्रकारमाथि गालीगलौज, धम्की, चरित्रहत्या तथा सामाजिक सञ्जालमार्फत अपमान गर्ने प्रवृत्ति अस्वीकार्य रहेको उल्लेख गर्दै महासंघले यस्ता गतिविधिले स्वतन्त्र पत्रकारिताको वातावरण र पत्रकारको सुरक्षामाथि चुनौती थप्ने जनाएको छ।

महासंघले सम्बन्धित व्यक्तिलाई तत्काल यस्ता गतिविधि बन्द गर्न, सामाजिक सञ्जालमा प्रकाशित आपत्तिजनक सामग्री हटाउन र सञ्चारकर्मी फिरोज शेखसँग सार्वजनिक रूपमा क्षमायाचना गर्न आग्रह गरेको छ। साथै घटनाको निष्पक्ष छानबिन गरी प्रचलित कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन प्रहरी प्रशासनसँग माग गरेको छ।

नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष मनोज बनैताद्वारा जारी प्रेस विज्ञप्तिमा पत्रकारको पेसागत मर्यादा, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि महासंघ प्रतिबद्ध रहेको उल्लेख गरिएको छ। पत्रकारमाथि हुने कुनै पनि प्रकारका धम्की, दुर्व्यवहार र मानमर्दनविरुद्ध महासंघ दृढतापूर्वक उभिने विज्ञप्तिमा जनाइएको छ।

FB_IMG_1794205244097

छठमा जातीय विभेद र छ ...

सिरहा। सरकारले छठ पर्व मनाउने क्रममा जातीय विभेद, छुवाछ ...

धनगडीमाइ पुरानो बजार ...

जीवछ उदासी लहान,कातिक २० गते सिरहाको धनगडीमाई नगरपालिका ...

पर्सा र महोत्तरीबाट ...

फिरोज सिद्दिकी सिरहा । सशस्त्र प्रहरी बलले पर्सा र महो ...

ट्रक र मोटरसाइकल ठोक ...

फिरोज सिद्दिकी सिरहा । सिरहा–चोहरवा सडकखण्डअन्तर ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A