भन्सार छलीका सामानसहित २ लाख १९ हजार रुपैयाँको मोटरसाइकल नियन्त्रणमा

  • कार्तिक १९, २०८३
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

सिरहा। सिरहाको गोलबजारबाट प्रहरीले भन्सार छली गरी ल्याइएका विभिन्न सामानसहित भारतीय नम्बर प्लेटको मोटरसाइकल नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बुधबार बिहान करिब ९ः३० बजे गोलबजार नगरपालिका–४ स्थित राम मन्दिर नजिकको भित्री सडक खण्डमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले उक्त मोटरसाइकल नियन्त्रणमा लिएको हो।

दक्षिणतर्फबाट गोलबजार आउँदै गरेको भारतीय नम्बर प्लेट BR 32 A 6575 को हिरो स्प्लेन्डर मोटरसाइकललाई प्रहरी गस्ती टोलीले देखेपछि चालकले मोटरसाइकल छाडेर फरार भएका थिए।

प्रहरीले मोटरसाइकल जाँच गर्दा त्यसमा भन्सार छली गरी ल्याइएका विभिन्न सामान फेला पारेको जनाएको छ। बरामद सामानको अनुमानित मूल्य १ लाख ४९ हजार १४० रुपैयाँ र मोटरसाइकलको मूल्य ७० हजार रुपैयाँ गरी कुल २ लाख १९ हजार १४० रुपैयाँ बराबरको रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

नियन्त्रणमा लिइएको सामान तथा मोटरसाइकल आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाउने प्रक्रिया अघि बढाइएको छ। फरार चालकको खोजी तथा पहिचान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।

एक महिनाभित्र सबै स् ...

काठमाडौं । सरकारले आगामी एक महिनाभित्र देशभरका सबै स्था ...

२५ करोडको कारोबार र ...

फिरोज सिद्दिकी  लहान, १३ कार्तिक । मधेश प्रदेशको ...

अदालतबाट हतकडी फुत्क ...

सिरहा । सिरहा जिल्ला अदालत परिसरबाट हतकडी फुत्काएर फरार ...

समाचार लेखेकै कारण प ...

फिरोज सिद्दिकी  लहान । सिरहामा तस्करीसम्बन्धी भिड ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A