गुठी र बिटौरी जग्गा फुकुवा प्रक्रिया अघि बढेपछि स्थानीयमा खुसी

  • कार्तिक ९, २०८३
  • समृद्धिपथ
alt

लहान । सिराहामा गुठी तथा बिटौरी जग्गा फुकुवा प्रक्रिया अघि बढेपछि लामो समयदेखि जग्गासम्बन्धी समस्यामा परेका स्थानीयले राहत महसुस गरेका छन्। प्रतिनिधिसभा सदस्य बब्लु गुप्ताको पहलमा लक्ष्मीपुर पतारी गाउँपालिका–६, सीतापुर देवारीस्थित रामजानकी गुठीको जग्गा र लहान नगरपालिकाको सहरी क्षेत्रका बिटौरी जग्गा फुकुवा प्रक्रिया अगाडि बढेको हो।

वर्षौंदेखि जग्गा रोक्का हुँदा स्थानीय जग्गाधनी खरिदबिक्री, लालपुर्जा प्राप्ति तथा बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित कारोबार गर्नबाट वञ्चित हुँदै आएका थिए।

लक्ष्मीपुर पतारी गाउँपालिका–६, सीतापुर देवारीमा २०७२ सालदेखि रोक्का रहेको रामजानकी गुठीअन्तर्गतको ४७० कित्ता जग्गा फुकुवा भई लालपुर्जा वितरण प्रक्रिया सुरु भएपछि स्थानीय खुसी भएका छन्। स्थानीय रञ्जित यादवले निर्वाचनका बेला प्रतिनिधिसभा सदस्य गुप्ताले गरेको प्रतिबद्धताअनुसार पहल भएपछि पीडित किसानले राहत पाएको बताउनुभयो।

त्यस्तै, लहान नगरपालिका–४, ५, ६, ७ र ८ मा रहेका चार सयभन्दा बढी कित्ता बहाल बिटौरी जग्गाको फुकुवा प्रक्रिया पनि अघि बढेको छ। उक्त विषयमा मन्त्रिपरिषद्बाट निर्णय भई राजपत्रमा सूचनासमेत प्रकाशित भएपछि जग्गाधनीमा आशा पलाएको लहान–५ का नीरस चौधरीले बताउनुभयो।

यसै विषयमा गाउँ ब्लक तथा बाल बिटौरी जग्गा फुकुवा संघर्ष समिति, लहानको आयोजनामा उद्योग वाणिज्य संघ, लहानमा प्रतिनिधिसभा सदस्य बब्लु गुप्तासँग अन्तरक्रिया तथा छलफल सम्पन्न भएको छ।

कार्यक्रममा सांसद गुप्ताले निर्वाचनअघि जनतासँग गरेको प्रतिबद्धताअनुसार जग्गासम्बन्धी समस्या समाधानका लागि पहल गरिरहेको बताउनुभयो।

लामो समयदेखि रोक्का रहेका जग्गाको फुकुवा प्रक्रिया अघि बढ्नुले स्थानीयलाई जग्गाको स्वामित्वसम्बन्धी कागजात प्राप्त गर्न तथा आर्थिक कारोबार सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। यद्यपि, प्रक्रिया पूर्ण रूपमा सम्पन्न भई सबै प्रभावित जग्गाधनीले लाभ प्राप्त गर्न भने बाँकी कामको प्रभावकारी कार्यान्वयन आवश्यक देखिन्छ।

चाडपर्व लक्षित ट्राफ ...

फिरोज सिद्दिकी  लहान, ६ कात्तिक। जिल्ला ट्राफिक प ...

लहान नगरपालिका–७ को ...

लहान, सिरहा । सिरहाको लहान नगरपालिका वडा नम्बर ७ को नवन ...

लहानको दुर्गा पूजामा ...

लहान । सिरहाको लहानस्थित दुर्गा पूजा परिसरमा अघोरीको अन ...

१०१ किलो लडु चढाएर ...

  जीवछ उदासी  असोज ३१ गते  लहान नगरपा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A