लहानमा रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि निःशुल्क वितरण हुँदै

  • जेठ २७, २०७७
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

लहान । मारवाडी सेवा समिति लहानले रोग प्रतिरोधात्मक क्षमता बढाउने होमियोप्याथिक औषधी निःशुल्क वितरण गरेको छ ।

कोरोना भाइरसको महामारी फैलिएको समयमा होमियोप्याथिक चिकित्सा पद्दतीमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधि मंगलवार मारवाडी सेवा सदन लहानमा निःशुल्क वितरण भएको हो ।

हाल विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) सँग लड्न रोग प्रतिरोधात्मक शक्ति वृद्धि गरेमा रोगबाट बच्न सकिन्छ भन्ने मान्यता रहेको छ ।

‘सेवा परमो धर्म’ भन्ने ध्येयका साथ नेपाल राष्ट्रिय मारवाडी परिषद् र मारवाडी सेवा समिति काठमाडौंको सौजन्यमा वितरण गरिएको औषधि सबैले लिन सक्ने मारवाडी सेवा समिति लहानका अध्यक्ष संजय अग्रवालले जानकारी दिनु भयो ।

उहाँले बालबालिका, गर्भवती महिला समेतले लिन सक्ने साइड इफेक्ट नभएको रोग प्रतिरोधात्मक क्षमता भएको जसले रोगसंग लडने क्षमता बढाउने निःशुल्क वितरीत होमियोप्याथिक औषधी सेवन गर्न सबैसंग आग्रह गर्नुभएको छ ।

मारवाडी सेवा समिति काठमाडौले कोभिड–१९ विरुद्धमा देशव्यापी अभियान चलाउने क्रममा हाल देशभरिका विभिन्न शाखाबाट उक्त औषधि निःशुल्क वितरण भैरहेको समितिका महासचिव महावीर घिराईयाले जानकारी दिनुभयो ।

82950207_911089306060771_429639467608643317_o copy

69938675_911089642727404_8833803320230635795_o copy

 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A