प्रधानमन्त्री बालेन शाह र भारतीय प्रधानमन्त्री मोदीबीच हैदराबाद हाउसमा द्विपक्षीय वार्ता

  • मंसिर ७, २०८३
  • समृद्धिपथ
alt

काठमाडौं। भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँदिल्लीस्थित हैदराबाद हाउसमा भेटवार्ता भएको छ। दुई देशका प्रधानमन्त्रीबीच नेपाल–भारत सम्बन्ध तथा द्विपक्षीय सहकार्यका विभिन्न विषयमा छलफल भइरहेको छ।

यसअघि भारतीय राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहको औपचारिक स्वागत गरिएको थियो। स्वागत समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमेत उपस्थित थिए। सो अवसरमा प्रधानमन्त्री शाहलाई भारतीय सुरक्षाकर्मीले गार्ड अफ अनर प्रदान गरेका थिए।

राष्ट्रपति भवनमा दुवै देशका प्रधानमन्त्रीले नेपाल र भारतका प्रतिनिधिमण्डलका सदस्यहरूसँग पनि भेटघाट गरेका थिए। त्यसपछि प्रधानमन्त्री शाहले नयाँदिल्लीस्थित राजघाट पुगेर भारतका राष्ट्रपिता महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। भारतीय समाचार एजेन्सी एएनआईले प्रधानमन्त्री शाहले राजघाटमा श्रद्धाञ्जली अर्पण गरेको भिडियो सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री मोदीले हैदराबाद हाउसमा नेपालका प्रधानमन्त्री बालेंद्र शाहको स्वागत गरेको जानकारी दिएका छन्।

उनका अनुसार भेटवार्तामा नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा विचार आदानप्रदान हुनुका साथै दुई देशबीचको द्विपक्षीय सहयोगलाई थप मजबुत बनाउने नयाँ सम्भावनाबारे छलफल हुनेछ।

प्रधानमन्त्री शाहको भारत भ्रमणलाई दुई देशबीचको ऐतिहासिक, राजनीतिक, आर्थिक तथा कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने अवसरका रूपमा हेरिएको छ। विशेषगरी व्यापार, पारवहन, ऊर्जा, पूर्वाधार विकास र आपसी सहकार्यका विषयमा हुने छलफललाई चासोका साथ हेरिएको छ।

एनप्याब्सनका निवर्तम ...

लहान। निजी विद्यालयहरूको छाता संगठन एनप्याब्सनका निवर्त ...

गोलबजार उद्योग व्याप ...

गोलबजार । गोलबजार उद्योग व्यापार संघको निर्वाचनमा महेश ...

मधेशको मुख्यमन्त्रीम ...

सिरहा । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार् ...

लहान प्रादेशिक अस्पत ...

लहान । रामकुमार शारडा उमा प्रसाद मुरारका प्रादेशिक अस्प ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A