लागूऔषधविरुद्ध सिरहामा ‘सिरहा रन’, २२ वटै वडाका युवायुवती सहभागी

  • कार्तिक २८, २०८३
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी 

सिरहा । लागूऔषध दुर्व्यसनविरुद्ध जनचेतना फैलाउने उद्देश्यले सिरहामा शनिबार बिहान ‘सिरहा रन’ कार्यक्रम आयोजना गरिएको छ। नेपाली कांग्रेस नगर समिति सिरहाको आयोजनामा ‘Say No to Drugs’ अर्थात् ‘लागूऔषधलाई नाइँ भनौँ’ भन्ने नारासहित जनचेतनामूलक दौड कार्यक्रम सम्पन्न भएको हो।

शनिबार बिहान ६ बजे सिरहास्थित महावीर चोकबाट सुरु भएको दौडमा सिरहा नगरपालिकाका २२ वटै वडाका करिब ५०० भन्दा बढी युवायुवतीको सहभागिता रहेको आयोजकले जनाएको छ। कार्यक्रममा युवायुवतीसँगै सर्वसाधारणको समेत उत्साहजनक सहभागिता रहेको थियो।

पछिल्लो समय युवा पुस्तामा लागूऔषध दुर्व्यसनको जोखिम बढ्दै गएको अवस्थामा त्यसविरुद्ध सामाजिक जागरण फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ। दौडमार्फत युवाहरूलाई लागूऔषधको कुलतबाट टाढा रहन, स्वस्थ जीवनशैली अपनाउन तथा खेलकुद र सकारात्मक सामाजिक गतिविधिमा सक्रिय हुन सन्देश दिइएको छ।

लागूऔषध दुर्व्यसनले व्यक्तिको स्वास्थ्य, पारिवारिक सम्बन्ध, सामाजिक प्रतिष्ठा र भविष्यमा गम्भीर असर पार्ने भएकाले यसको रोकथामका लागि समुदायस्तरबाटै अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता बढ्दै गएको छ। विशेषगरी किशोरकिशोरी तथा युवालाई लक्षित गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु अहिलेको प्रमुख आवश्यकता बनेको छ।

‘सिरहा रन’ लाई केवल खेलकुद गतिविधिका रूपमा मात्र नभई लागूऔषधविरुद्ध युवाहरूको सामूहिक प्रतिबद्धता र सामाजिक जागरणको अभियानका रूपमा हेरिएको छ। यस्ता कार्यक्रमले युवाहरूलाई सकारात्मक दिशातर्फ प्रेरित गर्नुका साथै लागूऔषधमुक्त समाज निर्माणका लागि सामूहिक जिम्मेवारीबोध गराउने अपेक्षा गरिएको छ।

आयोजक नेपाली कांग्रेस नगर समिति सिरहाले युवाहरूलाई लागूऔषधको दुर्व्यसनबाट जोगाउन तथा स्वस्थ, सभ्य र सुरक्षित समाज निर्माणका लागि जनचेतनामूलक अभियानलाई प्राथमिकता दिएको जनाएको छ।

लागूऔषधविरुद्धको अभियानलाई नारामा मात्र सीमित नराखी निरन्तर जनचेतना, रोकथाम, उपचार तथा पुनःस्थापनाका कार्यक्रमसँग जोड्न सके मात्रै यसको प्रभावकारी नियन्त्रण सम्भव हुने बुद्धिजीवीहरूको भनाइ रहेको छ।

देउसी–भैलो कार्यक्रम ...

रुपन्देही । परम्परागत देउसी–भैलो कार्यक्रममा नेपा ...

मकवानपुरमा इभी हाइस ...

हेटौँडा । मकवानपुरको भीमफेदीमा यात्रुवाहक विद्युतीय हाइ ...

पत्रकारलाई गालीगलौज ...

लहान। समाचार प्रकाशनपछि सञ्चारकर्मीको तस्बिर सामाजिक सञ ...

छठमा जातीय विभेद र छ ...

सिरहा। सरकारले छठ पर्व मनाउने क्रममा जातीय विभेद, छुवाछ ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A