गोलबजार उद्योग व्यापार संघको अध्यक्षमा महेश साह निर्वाचित, प्यानलसहित विजयी

  • मंसिर ५, २०८३
  • समृद्धिपथ
alt

गोलबजार । गोलबजार उद्योग व्यापार संघको निर्वाचनमा महेश साह (कोक्वा) आफ्नो प्यानलसहित विजयी भएका छन्। शुक्रबार सम्पन्न निर्वाचनमा साहले प्रतिस्पर्धी राजु गुप्तालाई फराकिलो मतान्तरले पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन्।

निर्वाचनको अन्तिम मतपरिणामअनुसार अध्यक्ष पदका विजेता साहले ७९४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी गुप्ताले ५४४ मत मात्रै प्राप्त गरे। साह २५० मतको अन्तरले विजयी भएका हुन्।

साह नेतृत्वको प्यानलबाट प्रथम उपाध्यक्षमा रामप्रमोद यादव ७६८ मत प्राप्त गरी निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी आनन्दकुमार यादवले ६०६ मत प्राप्त गरेका छन्।

त्यसैगरी, उपाध्यक्ष पदमा मोहम्मद सदाब खान ६८८ मत प्राप्त गरी निर्वाचित भएका छन्। उनका निकटतम प्रतिस्पर्धी ओमप्रकाश साहले ६८३ मत प्राप्त गरेका छन्। यस पदमा खानले जम्मा ५ मतको झिनो अन्तरले जित हासिल गरेका हुन्।

महासचिव पदमा अरविन्दकुमार सिंह ७५६ मतसहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी वीरेन्द्र सिंह (बैजु) ले ६२५ मत प्राप्त गरेका छन्। त्यस्तै, कोषाध्यक्ष पदमा कपिलदेव साह ७७२ मत प्राप्त गरी निर्वाचित हुँदा उनका प्रतिस्पर्धी प्रकाश साहले ५८९ मत प्राप्त गरेका छन्।

निर्वाचनबाट सदस्य पदमा अमरकुमार मण्डल, सञ्जय साह, वीरेन्द्रकुमार साह, मोहम्मद सहबाजुद्दीन, नागेश्वर राय, सरोजकुमार साह, मुन्द्रिका कुमारी झा र पिंकी कुमारी मुखिया निर्वाचित भएका छन्।

निर्वाचनमा साह प्यानललाई नेकपा, नेकपा एमाले र नेपाली कांग्रेसको एक समूहसहित विभिन्न राजनीतिक पक्षको समर्थन रहेको थियो। यता, प्रतिस्पर्धी गुप्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थित उम्मेदवारका रूपमा चुनावी मैदानमा थिए। उनलाई नेपाली कांग्रेसकै अर्को समूहले समर्थन गरेको थियो।

शुक्रबार सम्पन्न निर्वाचनमा कुल १ हजार ४१६ मत खसेको थियो। तीमध्ये ८ मत पूर्ण रूपमा बदर भएको निर्वाचन अधिकृत सुरेश साहले जानकारी दिए। संघमा कुल १ हजार ६०३ मतदाता रहेका थिए।

निर्वाचन परिणामसँगै गोलबजार उद्योग व्यापार संघको नयाँ नेतृत्व चयन भएको छ। साह प्यानलको जितलाई स्थानीय राजनीतिक दल तथा व्यवसायीबीचको चुनावी समीकरणका रूपमा समेत हेरिएको छ।

मधेशको मुख्यमन्त्रीम ...

सिरहा । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार् ...

लहान प्रादेशिक अस्पत ...

लहान । रामकुमार शारडा उमा प्रसाद मुरारका प्रादेशिक अस्प ...

लहान–९ गोठ टोलमा तुल ...

फिरोज सिद्दिकी  लहान, ३० कार्तिक । सिरहाको लहान न ...

देशभर छठको उल्लास : ...

फिरोज सिद्दिकी  सिरहा । सूर्य उपासनाको महापर्व छठ ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A