सिरहा, १२ कात्तिक। सिरहाको सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरी बलले १५२ किलोभन्दा बढी प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हेडक्वार्टर सिरहा र मातहतको बीओपी नवराजपुरबाट खटिएको मोटरसाइकल गस्ती टोलीले बुधबार नवराजपुर गाउँपालिका–५, झाझपट्टीस्थित सीमावर्ती क्षेत्रबाट १५२ किलो १६० ग्राम गाँजा बरामद गरेको हो।
नेपालबाट भारततर्फ अवैध रूपमा चोरी निकासी गरी लैजाँदै गरिएको अवस्थामा उक्त गाँजा बरामद गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ। बरामद गाँजा नौ बोरामा राखिएको अवस्थामा फेला परेको थियो।
सीमावर्ती क्षेत्रमा अवैध गतिविधि नियन्त्रण तथा लागूऔषधको ओसारपसार रोक्ने उद्देश्यले खटिएको गस्ती टोलीले गाँजा बरामद गरेको हो।
बरामद गरिएको गाँजा आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरी बलले जनाएको छ।
नेपाल–भारत सीमा क्षेत्रबाट लागूऔषध गाँजाको अवैध ओसारपसार नियन्त्रण गर्न सुरक्षाकर्मीले निगरानी र गस्तीलाई निरन्तरता दिँदै आएका छन्। पछिल्लो बरामदगीले सीमावर्ती क्षेत्रमा लागूऔषधको अवैध कारोबार नियन्त्रण गर्न सुरक्षा निगरानीको आवश्यकता पुनः उजागर गरेको छ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A