आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत ५ लाख घुससहित रंगेहात पक्राउ

  • साउन ७, २०८३
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी 

लहान, साउन ७ गते । आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाल पाँच लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीबाट रंगेहात पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले बिहीबार कार्यालय परिसरमै पाललाई घुस रकम बुझ्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो।

प्रारम्भिक अनुसन्धानअनुसार सिरहा सुपर मार्केट प्रालिको आर्थिक वर्ष २०७८/७९ को पूर्ण कर परीक्षण (फुल अडिट) गर्ने क्रममा पालले अडिट प्रक्रिया अगाडि बढाइदिन पाँच लाख रुपैयाँ घुस मागेको आरोप लागेको छ।

स्रोतका अनुसार पालले आफूभन्दा माथिका कर अधिकृत प्रकाश राईसहित अन्य व्यक्तिलाई पनि मिलाउनुपर्ने भन्दै सेवाग्राहीसँग रकम मागेका थिए। रकम उपलब्ध नभएसम्म अडिट प्रक्रिया अघि नबढ्ने बताएपछि कम्पनीका आवश्यक कागजातसमेत संकलन गरिएको जनाइएको छ।

अनुसन्धानमा संलग्न स्रोतका अनुसार कम्पनीका प्रतिनिधिलाई बुधबार दिउँसो १ बजेदेखि २ बजेसम्म रकम बुझाउन प्रतीक्षा गराइएको थियो। रकम नबुझेपछि सोही दिन साँझ ६:५६ बजे पालले फोन गरी आफू गोलबजार क्षेत्रमा रहेको जानकारी दिएका थिए। त्यसपछि उनले भोलिपल्ट बिहान ९ देखि १० बजेको बीचमा भेट्ने भन्दै एक बिचौलियाको सम्पर्क नम्बर उपलब्ध गराएका थिए।

बिचौलियाले आफू बाहिर रहेको भन्दै आफ्ना भाइमार्फत रकम बुझाउन प्रस्ताव गरे पनि अन्ततः पालले रकम कार्यालयमै ल्याउन निर्देशन दिएका थिए। सोही सूचनाका आधारमा अख्तियारको टोलीले निगरानी बढाई कार्यालय परिसरमै रकम लिँदै गरेको अवस्थामा उनलाई पक्राउ गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका प्रमुख रामबहादुर कुरुम्वाङले कर अधिकृत पाललाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

 

अख्तियारले घटनामा अन्य व्यक्तिको संलग्नता रहेको आरोपबारे समेत आवश्यक अनुसन्धान अघि बढाइएको जनाएको छ। अनुसन्धानको निष्कर्षपछि सम्बन्धित कानुनी प्रक्रिया अगाडि बढाइने आयोगले जनाएको छ।

लहान नगरपालिका–७ को ...

लहान, सिरहा । सिरहाको लहान नगरपालिका वडा नम्बर ७ को नवन ...

लहानको दुर्गा पूजामा ...

लहान । सिरहाको लहानस्थित दुर्गा पूजा परिसरमा अघोरीको अन ...

१०१ किलो लडु चढाएर ...

  जीवछ उदासी  असोज ३१ गते  लहान नगरपा ...

झिझिया नृत्यमा ‘डायन ...

लहान, सिरहा। लहानमा दुर्गापूजाका अवसरमा आयोजित धार्मिक ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A