रास्वपा नेतृ भण्डारी सिरहामा

  • असोज २१, २०८३
  • समृद्धिपथ
alt

 

 

जीवछ उदासी

लहान,असोज २१ गते 

आगामी स्थानीय चुनावलाई लक्षित गरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य मितिमा कार्की भण्डारीले सिरहाको तीन गाउँपालिकाहरुमा क्यान्डिडेइट क्लवबारे स्थानीय अगुवा नेता कार्यकर्ताहरुलाई प्रशिक्षित गर्नु भएको छ । 

हिजो मङ्गलबार सिरहाको सिरहा क्षेत्र नम्वर १ को भगवानपुर सिरहा -२ को नवराजपुर र सिरहा -३ को अर्नमा गाउँपालिकामा प्रशिक्षण तथा भेटघाट सम्पन्न गर्नुभयो । 

कुनै पार्टीमा आवद्ध नरहेको योग्य व्यक्ति ४५ दिनपछि र अरु दल त्यागेर आएको नेताले ९० दिन पछि क्यान्डिडेइट क्लवमा जोडिन सक्ने नेतृ कार्कीले प्रष्ट्याउनु भयो । उम्मेदवार चयनको लागि तीन चरणको परीक्षा उतीर्ण गर्नुपर्छ,’हाँले भन्नुभयो ‘ उम्मेदवार हुन कुनै फौजदारी मुद्दा लागेको हुनुपरहुँदैन र बहुविवाह गरेकालाई उम्मेदवार बनाइदैन ।’ रास्वपाको नेता कार्यकर्ता अध्ययनशील र जनताको आवाज उठाउन योजना बनाएर आफ्नो वडा र पालिकामा सवल भएर सफल हुनको लागि अहिलेको समय सदुपयोग गर्न समेत नेतृ कार्कीले निर्देशन दिनुभयो । 

मधेशका युवाहरुलाई विदेश पलायनबाट रोक्न र किसानको समस्या समाधान गर्नुको साथै सामाजिक न्याय शिक्षा स्वास्थ्यको लागि रास्वपाले काम गर्न सक्ने क्षमतावान उम्मेदवार चयन गर्न क्यान्डीडेइट क्लब ल्याएको प्रष्ट्याउनु भयो,’ उहाँले थप्नुभयो,’ सामाजिक सञ्जालमा उम्मेदबार भएको घोषणा गर्ने जुन लहर चलेको छ यी सबै निराधार हुन । योग्य इमानदार र स्थानीय तहबाट जनताको समस्या समाधान गर्ने उम्मेदवार चयन गर्नेछ । तसर्थ,हावाको पछि होइन धरातलमा बसेर काम गरौ ।’ 

सिरहा जिल्लाको १७ वटा पालिकामा प्रशिक्षण र भेटघाटको लागि मनिष झा,मितिमा कार्की भण्डारी र राजेश चौधरीलाई जिम्मेबारी तोकिएकोमा पहिलो चरणमा तीन पालिकामा सकिएको र बाँकी रहेको पालिकाहरुमा समेत चाँडै कार्यक्रम गरिने रास्वपा सिरहा अध्यक्ष हरि मैनालीले बताउनुभयो ।

 

 

 

 

 

 

५ ग्राम ब्राउन सुगरस ...

सिरहा । सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दीपुरबाट ...

जितिया पर्व सुरु, सन ...

लहान । सन्तानको दीर्घायु, सुस्वास्थ्य, सफलता तथा पारिवा ...

सिराहामा फेरि ठूलो प ...

सिराहा । सिराहाको सुखीपुर नगरपालिका–१० गागनखोला क ...

विपन्न परिवारकी छोरी ...

फिरोज सिद्दिकी  लहान । विपन्न तथा आर्थिक रूपमा कम ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A