सिराहामा फेरि ठूलो परिमाणमा ११ क्विन्टलभन्दा बढी प्रतिबन्धित गाँजा बरामद

  • असोज १५, २०८३
  • समृद्धिपथ
alt

सिराहा । सिराहाको सुखीपुर नगरपालिका–१० गागनखोला क्षेत्रबाट सशस्त्र प्रहरीले एकैपटक ११ क्विन्टलभन्दा बढी प्रतिबन्धित गाँजा बरामद गरेको छ। विशेष सूचनाका आधारमा गरिएको कारबाहीमा ठूलो परिमाणमा गाँजा बरामद भएपछि सिराहाबाट हुँदै आएको लागुऔषध ओसारपसारमाथि सुरक्षा निगरानी थप कडा भएको देखिएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टरबाट प्राप्त विशेष सूचनाका आधारमा गण, गोलबजार र सुखीपुरबाट परिचालित २९ जनाको संयुक्त टोलीले सुखीपुर नगरपालिका–१० स्थित गागनखोला नजिक विश्वकर्मा चोक क्षेत्रमा कारबाही गरेको थियो।

कारबाहीका क्रममा १ हजार १०२ किलो ६ सय ५५ ग्राम अर्थात् ११ क्विन्टल २.६५५ किलो गाँजा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ। गाँजा २६ वटा बोरामा प्याक गरी बा.१४च २९४ नम्बरको बोलेरो भ्यान र स.६प ४८५९ नम्बरको मोटरसाइकलमा ओसारपसार भइरहेको अवस्थामा बरामद गरिएको हो।

सशस्त्र प्रहरी बल सिराहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुमनजंग थापाका अनुसार सुरक्षा टोलीलाई देखेपछि बोलेरो र मोटरसाइकलका चालक फरार भएका थिए। फरार व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

बरामद गाँजा तथा दुवै सवारीसाधनलाई गणमा ल्याएर आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

पछिल्लो समय सिराहामा लगातार ठूलो परिमाणमा गाँजा बरामद हुन थालेको छ। यसअघि भदौ २५ गते औरही नगरपालिका–४ इटाटारबाट १५७ किलो २०७ ग्राम तथा साउन २९ गते सोही वडाको खजनपुरबाट ४९ किलो ७६० ग्राम गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको थियो।

छोटो अवधिमै सिराहाका विभिन्न स्थानबाट ठूलो परिमाणमा गाँजा बरामद हुनुले जिल्लाका विभिन्न मार्ग लागुऔषध ओसारपसारका लागि प्रयोग भइरहेको हुनसक्ने देखाएको छ। यद्यपि बरामद गाँजा कहाँबाट ल्याइएको थियो, कहाँ लैजान लागिएको थियो र यसको ओसारपसारमा को–को संलग्न छन् भन्ने विषय भने अनुसन्धानबाट खुल्ने प्रहरीले जनाएको छ।

विपन्न परिवारकी छोरी ...

फिरोज सिद्दिकी  लहान । विपन्न तथा आर्थिक रूपमा कम ...

निर्माण श्रमिकलाई सा ...

फिरोज सिद्दिकी  लहान । निर्माण क्षेत्रमा कार्यरत ...

लहान नगर कमिटीद्वारा ...

लहान, असोज ३ गते । नेकपा (एमाले) लहान नगर कमिटीले १२औँ ...

प्रकोपबाट जोगिन लहान ...

जीवछ उदासी लहान असोज २ गते लहान नगरपालिकामा रहेका ५९ व ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A