जीवछ उदासी
लहान,भदौ ३० गते
सिरहा निर्वाचन क्षेत्र नम्वर १ का सांसद लहान -१० स्थित श्री जनता माध्यमिक विदालय बैरिया गुदीगाँउको निरिक्षण गर्दै पनि प्रविधियुक्त र जस्तापातामुक्त विद्यालय भवन बनाउन पहल गरिने बताउनु भएको छ ।
स्थानीयवासीहरुको साथमा विद्यालयको निरिक्षण गर्दै सत प्रतिशत दलित विपन्नका बालबालिका मात्रै पढने यस विद्यालयमा रहेको जस्तापाता भएको भवन विस्थापित गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,'चुनसवको बेला गरिएको सबै प्रतिवद्धता व्यक्त गर्न लागि परेका छौ । हामी लामो लामो भाषण होइन,छिटो छिटो काम गर्न जनताको मत पाएका छौ । '
जाडो र गर्मी कुनै पनि मौषमको लागि उपयुक्त नरहेको जस्तापाता भएको भवन विस्थापित गर्ने सरकारको योजना रहेको उहाँले भन्दै यस विद्यालयलाई समेत भौतिक पुर्वाधार सम्पन्न बनाउन र प्रविधियुक्त कक्षाकोठा बनाउन पहल गरिने विश्वास व्यक्त गर्नुभयो ।
सिरहा निर्वाचन क्षेत्र नम्वर १ मा लहान नगरपालिकाको १४ नम्वरमा पर्ने २००४ सालमा स्थापना भएको श्री बस्तीपुर माध्यमिक विद्यालय वस्तीपुर र २०३७ सालमा स्थापना भएको श्री हनुमान प्रसाद माध्यमिक विद्यालय इनर्वालाई स्तरीय सुविधा सम्पन्न विद्यालय निर्माण कार्यको लागि शनिबार शिक्षा मन्त्री सस्मित पोखरेलद्वारा अनुगमन निरिक्षण समेत गराएको सांसद गुप्ताले बताउनुभयो ।

उहाँले थप्नुभयो,'दोस्रो चरणमा श्री जनता माध्यमिक विद्यालय बैरिया गुदीगाउँ लहान -१०,सखुवानन्कारकटि र लक्ष्मीपुर पतारी गाउँपालिकामा समेत स्तरीय विद्यालय बनाउने योजना छ ।"
स्थानीय दलित समुदायले गुुदीगाउँका दलित समुदाय खुटी नदीको किनारमा सुकुम्वासी भएर बसोवास गरिरहेकोले सुरक्षित बसोवास,रोजगारीको अवसर र वैदेशिक रोजगारीमा जान श्रम सिपको लागि तालिम र स्वास्थ्य समस्या समाधानको लागि व्यवस्थापन गरि दिन सांसद गुप्तासँग माग गर्नुभयो ।
विद्यालयको प्रधानाध्यापक देवनलाल ठाकुरले यस वर्षको एसइइ परीक्षामा सत प्रतिशत विधार्थी उतीरर्ण भएको र भलिबलमा मधेश प्रदेश स्तरिीय प्रतियोगितामा समावेस भएर दोस्रो स्थान ल्याउन सफल भएको जानकारी गराउनुभयो ।' विद्यालय भवन प्रविधियुक्त कक्षाकोठा र सतप्रतिशत दलित समुदायको बालबालिका भर्ना रहेकोले कापी कलम समेत विद्यालयबाट व्यवस्थापन हुन आवश्यक रहेको उहाँले ध्यान आकर्षण गराउनुभयो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A