फिरोज सिद्दिकी
धनुषा । धनुषाको जनकनन्दिनी गाउँपालिका–२, बल्हागोठस्थित मदरसा हनफिया अनवारुल उलूमले रसुवाका बाढीपीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ७५ हजार रुपैयाँ सहयोग गरेको छ।
मदरसा हनफिया अनवारुल उलूमले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको सहयोगका लागि उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।
रसुवालगायत विभिन्न क्षेत्रमा प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको मदरसाले जनाएको छ।
विपद्को समयमा पीडित नागरिकप्रति मानवीय ऐक्यबद्धता जनाउँदै गरिएको यस सहयोगले राहत तथा पुनर्स्थापनाको अभियानमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A