सिरहा । सिरहाको मिर्चैया नगरपालिका–७ स्थित कोप्चे डाँडाको जंगलबाट प्रहरीले एक नाले भरुवा बन्दुक बरामद गरेको छ बिहीबार राति इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले उक्त क्षेत्रमा खोजतलास गर्दा जंगलमा बेवारिसे अवस्थामा राखिएको एक नाले भरुवा बन्दुक फेला पारेको हो।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार भदौ २५ गते राति मिर्चैया–७, कटारी जाने ग्राभेल सडकको पश्चिमतर्फ रहेको कोप्चे डाँडा क्षेत्रमा शंकास्पद व्यक्तिहरू भरुवा बन्दुकजस्तो देखिने हतियार बोकेर हिँडिरहेको सूचना प्रहरीलाई प्राप्त भएको थियो।
प्रहरीले बरामद हतियारलाई कानुनबमोजिम नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय मिर्चैयामा ल्याएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
हतियार बोकेर हिँडिरहेका व्यक्ति भने प्रहरी टोली पुग्नुअघि नै फरार भएकाले उनीहरूको पहिचान तथा खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक नरेश लिम्बुका अनुसार बरामद हतियारसम्बन्धी घटनामा थप अनुसन्धान भइरहेको छ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A