राजनीति

    Showing ३१-४० of ४९१ items.
  • मधेशमा सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको विषयमा सर्वोच्च अदालतमा रिट दायर

    सिरहा । मधेश प्रदेशमा नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। रिट अर्जुन शाहले दायर गरेका हुन्। उनले प्रदेश प्रमुख सुमित्रा सुवेदीले संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनको प्रक्रिया नअपनाई उपधारा ३ अन्तर्गत असंवैधानिक रूपमा यादवलाई मुख्यमन्त्री नियुक्त गरेको दाबी गर्दै उक्त निर्णय बदर गर्न माग गरेका छन्। रिटमा प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मधेश प्रदेशसभा सचिवालयलाई प्रतिवादी बनाइएको छ। गत असोज २९ गते लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द

    • प्रकाशित मितिः कार्तिक २४, २०८२
    • ३९१ पटक पढिएको
    • समृद्धिपथ
  • विश्वासको मत अघि नै मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले दिए राजीनामा

    जनकपुरधाम । आफ्नै पक्षमा बहुमत जुटाउन नसक्ने अवस्था स्पष्ट भएपछि मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले शनिबार प्रदेशसभा बैठकमै पदबाट राजीनामा दिएका छन् । विश्वासको मत लिने कार्यसूचीसहित बोलाइएको बैठकलाई ‘अविश्वासको मत उठ्नुअघि नै’ उनले राजीनामा घोषणा गरेका हुन्। सोनलले विश्वासको मत नलिने निर्णयलाई भने राजनीतिक नैतिकताको उपज भन्ने दाबी गरे, तर राजनीतिक वृत्तले यसलाई ‘मत नपाउने निश्चित भएपछि गरिएको रणनीतिक अवतरण’ का रूपमा लिएको छ । प्रदेशसभामा बोल्दै उनले भने– 'जसले बहुमत पुर्‍याउँछ, उसैले सरकार बनाओस् भन्ने मार्ग मैले प्रशस्त गरेको हुँ । तर यहाँ प्रदेशस

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • ४३७ पटक पढिएको
    • समृद्धिपथ
  • मधेस प्रदेशमा पाँच दलीय गठबन्धनको सरकार, जितेन्द्र सोनार मुख्यमन्त्री नियुक्त

    जनकपुरधाम । मधेस प्रदेशमा नयाँ राजनीतिक समीकरण बनेसँगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र सोनार नयाँ मुख्यमन्त्री नियुक्त भएका छन्। नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बुधबार सोनारलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्। उनले जसपा नेपाल, लोसपा, नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र जनमत पार्टीको समर्थनसहित सरकार गठनको दाबी प्रस्तुत गरेका थिए। मुख्यमन्त्री नियुक्त भएपछि सोनारले प्रदेशमा सुशासन र स्थायित्व कायम गर्न प्रतिबद्ध रहने बताएका छन्। उनले भने, “जेन–जी आन्दोलनपछि प्रदेश राजनीति शून्यतामा पुग

    • प्रकाशित मितिः असोज २९, २०८२
    • ५१५ पटक पढिएको
    • समृद्धिपथ
  • लहानमा क्षतिग्रस्त सरकारी कार्यालयको अनुगमन

    लहान । जेन–जी आन्दोलनका क्रममा लहानमा तोडफोड, आगजनी र लुटपाटका कारण क्षतिग्रस्त सरकारी कार्यालयहरूको लहान नगरपालिकाले स्थलगत अनुगमन गरेको छ। नगर प्रमुख महेशप्रसाद चौधरीको नेतृत्वमा गरिएको अनुगमनपछि नगरपालिकाले जनतालाई सेवा प्रवाह गर्नका लागि तत्काल आवश्यक फर्निचर, कम्प्युटर, प्रिन्टरलगायतका विद्युतीय सामग्री सहयोग गर्ने प्रतिबद्धता जनाएको हो। अनुगमन टोलीमा इलाका प्रशासन कार्यालयका प्रमुख उपसचिव वेदनिधि खनाल, लहान प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कैलाश राई, संचारकर्मीलगायतको सहभागिता रहेको थियो। टोलीले घरेलु तथा साना उद्योग कार्यालय, डिभिजन वन कार्यालय, आन्तरिक राजश्व कार्यालय, ना

    • प्रकाशित मितिः असोज २९, २०८२
    • ४०१ पटक पढिएको
    • समृद्धिपथ
  • मुख्यमन्त्री सतिशकुमार सिंहको राजीनामा स्वीकृत, नयाँ सरकार गठनका लागि आह्वान

    जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको राजीनामा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले स्वीकृत गरेकी छिन्। सिंहले मंगलबार मधेस प्रदेशसभाको बैठकमै रोष्टमबाट विश्वासको मत सामना नगरी राजीनामा घोषणा गरेका थिए। प्रदेश प्रमुखको कार्यालयले आज (मंगलबार) सार्वजनिक गरेको विज्ञप्ति अनुसार सिंहको राजीनामा नेपालको संविधानको धारा १६९ उपधारा (१) को खण्ड (क) बमोजिम स्वीकृत गरिएको हो। विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मिति २०८२ साल असोज

    • प्रकाशित मितिः असोज २८, २०८२
    • ४२६ पटक पढिएको
    • समृद्धिपथ
  • मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले रोष्टमबाटै राजीनामा दिए

    जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज प्रदेशसभाको बैठकमै रोष्टमबाट आफ्नो राजीनामा घोषणा गरेका छन्। विश्वासको मत लिनुपर्ने समयसीमाको अन्तिम दिन परेको आज उनले विश्वासको मत सामना नगरी सीधै राजीनामा दिने घोषणा गरेका हुन्। प्रदेशसभामा सम्बोधनका क्रममा सिंहले आफ्नो वक्तव्यको अन्त्यमा राजीनामाको घोषणा गरेपछि सभामुख रामचन्द्र मण्डलले विश्वासको मत विभाजन आवश्यक नपर्ने भन्दै अर्को सूचना जारी नहुन्जेलसम्मका लागि प्रदेशसभाको बैठक स्थगित गरेका छन्। मुख्यमन्त्री सिंहले राजीनामा घोषणासँगै आफ्नो पार्टी जनमतका अध्यक्ष डा. सिके राउतमाथि विभिन्न आरोपहरू लगाएका छन्। उनले पार्टीभित्रको असहयो

    • प्रकाशित मितिः असोज २८, २०८२
    • ४७६ पटक पढिएको
    • समृद्धिपथ
  • लहानका मेयरलाई जेन–जी संगठनको ध्यानाकर्षणपत्र, भ्रष्टाचार नियन्त्रण र सुशासनको माग

    फिरोज सिद्दिकी  लहान । भ्रष्टाचार नियन्त्रण, सुशासनको स्थापना र प्रशासनिक पारदर्शिता सुनिश्चित गर्न जेन–जी संगठन–लहानले सोमबार लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीलाई ध्यानाकर्षणपत्र बुझाएको छ। संगठनले देशव्यापी जेन–जी आन्दोलनको भावना अनुरूप स्थानीय तहमा पारदर्शिता र जवाफदेहिताको अभ्यास हुनुपर्ने माग राखेको हो। ध्यानाकर्षणपत्रमा गत भदौ २३ र २४ गते भएको ऐतिहासिक जेन–जी आन्दोलनले शासन परिवर्तनसम्मको परिस्थिति निर्माण गरे पनि आन्दोलनका मुख्य मागहरू अझै कार्यान्वयनमा नआएको कारण संघर्ष निरन्तर जारी रहेको जनाइएको छ। संगठनले लहान नगरपालिकामा व्याप्त भ्रष्टाचार, ढिला

    • प्रकाशित मितिः असोज २७, २०८२
    • ६५९ पटक पढिएको
    • समृद्धिपथ
  • बालेन र सुधनविरुद्ध नेविसंघद्वारा जाहेरी, २४ घण्टाको अल्टिमेटम

    काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका घटनालाई लिएर नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) र ‘हामी नेपाल’ का संस्थापक सुधन गुरुङविरुद्ध प्रहरीमा जाहेरी दिएको छ। नेविसंघका केन्द्रीय सदस्य अशोक सिंह बिष्टले आज काठमाडौं र ललितपुर प्रहरी कार्यालयमा जाहेरी दिएका हुन्। उनले संगठनको निर्णयअनुसार काठमाडौं प्रहरी परिसरमा जाहेरी दर्ता गर्न पुगेको बताए। जाहेरीमा बालेन साह र सुधन गुरुङले युवा विद्यार्थीहरुलाई उकासेर सर्वसाधारणको ज्यान जाने गरी मुठभेड गराएको, सरकारी र सार्वजनिक सम्पत्तिमा तोडफोड तथा लुटपाट गराएको,

    • प्रकाशित मितिः असोज २६, २०८२
    • ५२९ पटक पढिएको
    • समृद्धिपथ
  • जेन्जी सहिद परिवारले तीन मन्त्रालयमा नियुक्ति माग गर्दै सरकारलाई चेतावनी

    काठमाडौं । जेन्जी सहिद परिवार संघर्ष समितिले सरकारले सहिद परिवारप्रति बेवास्ता गरेको भन्दै तीन मन्त्रालयमा आफ्ना प्रतिनिधि नियुक्त गर्न माग गरेको छ। बिहीबार राजधानीको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा समितिले चेतावनीसहित सरकार समक्ष आफ्नो माग राखेको हो। समितिले श्रम तथा रोजगार मन्त्रालयमा सहिद विजय चौधरीका दाजु दीपक चौधरी, खानेपानी मन्त्रालयमा सहिद इस्वत अधिकारीका आफन्त भोज विक्रम थापा, र युवा तथा खेलकुद मन्त्रालयमा सहिद योगेन्द्र न्यौपानेका मामा कमल सुवेदीको नाम सिफारिस गरेको जानकारी गराएको छ।  समितिले ७ दिनभित्र माग सम्बोधन नगरे सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ। सहिद श्रीय

    • प्रकाशित मितिः असोज २३, २०८२
    • ४६९ पटक पढिएको
    • समृद्धिपथ
  • गगन थापा विशेष महाधिवेशनको अडानबाट पछि हटे, अब नियमित महाधिवेशनको पक्षमा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा विशेष महाधिवेशनको अडानबाट पछि हट्दै नियमित महाधिवेशनको पक्षमा उभिएका छन्। युवाहरूमार्फत हस्ताक्षर अभियान चलाइरहेका थापाले बिहीबार सानेपास्थित पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकमा मंसिरभित्र नियमित महाधिवेशन गर्ने प्रस्ताव एजेन्डाका रूपमा राखेका हुन्। विशेष महाधिवेशनका लागि विधानगत जटिलता र पर्याप्त समर्थन नपाएपछि थापाले रणनीति परिवर्तन गरेका हुन्। उनले डा. शेखर कोइरालालाई भेटी नियमित महाधिवेशनका लागि समर्थन मागेका थिए। अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि विशेष महाधिवेशनका लागि अपिल गरे पनि प्रयास असफल भएपछि पार्टी अब नियमित महाधिवेशन

    • प्रकाशित मितिः असोज २३, २०८२
    • ४२३ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A