जीवछ उदासी लहान–३ मा टाँसिएरै रहेको सगरमाथा चौधरी आँखा अस्पताल अन्तराष्ट्रिय स्तरको ख्याति कमाउन सफल भएको छ भने प्रादेशिक अस्पताल लहान कमाएको साँख पनि गुमाउने अवस्थामा पुगेको टिकटिप्पणीले लहानमा गति लिएको छ । लहान अस्पतालकै एक कोठाबाट उपचार गर्न पुगेको आँखा अस्पताल सात विगहामा विस्तार भएर दिनहुँ दुई हजारलाई सेवा दिन सफल भइरहेको अवस्थामा प्रादेशिक अस्पताल लहानमा आउने विरामीहरु रेफर भएर बाहिर जान बाध्य भइरहेका छन् सन् २०२२ मा सगरमाथा चौधरी आँखा अस्पताल लहानले आँखा र कान गरी छ लाख सरसठी हजार ०३३ बिरामीको उपचार र आँखा र कान गरी त्रिसठी हजार २२३ बिरामीहरुको शल्यक्रिया गरेको छ । प्रादे
सिरहा, २ वैशाख । सिरहाको गोलबजार नगरपालिका–१ लमाडाँडामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । शुक्रबार राति नाच हेर्न गएका बेला हात्तीले आक्रमण गर्दा गोलबजार–३ गोलामुक्सारका ७४ वर्षीय तुलबहादुर आलेमगरको मृत्यु भएको हो । हात्तीले लखेट्दा भाग्न नसकेका आलेमगरको मृत्यु भयो भने अन्य साथीहरुले भागेर ज्यान जोगाएका प्रहरीले जनाएको छ ।
सिरहा, ३ वैशाख । व्यक्तिगत घटना दर्ता सप्ताहको आइतबार तेस्रो दिन रहेको छ । देशभर शुक्रबारबाट सुरु भएको व्यक्तिगत घटना दर्ता सप्ताहको आइतबार तेस्रो दिन हो । शुक्रबारदेखि ७ वैशाखसम्म देशैभर व्यक्तिगत घटना दर्ता सप्ताह सञ्चालन भएको छ । १ वैशाखबाट गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले व्यक्तिगत घटना समयमै दर्ता गराउन नागरिक जागरुक गराउन सप्ताहव्यापी अभियान सुरु गरेको हो । जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइँ सराइजस्ता व्यक्तिगत घटना, घटना भएको ३५ दिनभित्र दर्ता गराउन विभागले आग्रह गरेको छ ।
जीवछ उदासी लहान,चैत १९ गते । लहान नगरपालिका-७ मा निर्माण भएको विद्यापति भानुभक्त वाचनालय पुर्व नगरप्रमुख मुनि साहले उद्घाटन गर्नु भएको भवन फेरि उद्घाटनको लागि तयारी भइरहेको छ । २०७८ चैत २१ गते नगरप्रमुख मुनि साहले भवनको उद्घाटन गर्नु भएको थियो । उद्घाटन भएको भवनको पुन: चैत २६ गते नगरप्रमुख महेश प्रसाद चौधरीले उद्घाटन गर्नु हुने तयारी भइरहेको लहान-७ को वडाध्यक्ष राम औतार शर्माले बताउनुभयो । पुरानो भानुभक्त वाचनालय लहानको लागि शिक्षा चेतना र परिवर्तनको लागि महत्पूर्ण भूमिका खेलेकोले यसलाई धार्मिक सांस्कृतिक शैक्षिक जागरणको लागि मैथली भाषाको महाकवि विद्यापतिको नाम समेत ज
फिरोज सिद्दिकी, लहान । गोलबजार नगरपालिकाका नगर प्रमुख श्याम कुमार श्रेष्ठमाथि नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरु गरेको दुव्र्यवहार प्रति गोलबजार नगरपालिकालगायत विभिन्न संघसंस्थाहरुले दोषीमाथि कारवाहीको माग गरेका छन् । मानवअधिकार एलाइन्स सिरहा, लहान नगरपालिका लहान, अनेरास्ववियू सिरहा र गोलबजार नगरपालिका सम्पूणर् कर्मचारी परिवारले छुट्टाछुट्टै प्रेस विज्ञप्ती जारी गरी त्यस्ता निन्दनीय कार्य प्रति घोर भत्र्सना गर्दै कारवाहीको काम गरेका हुन् । बुधबार पत्रकार सम्मेलन गर्दै गोलबजार नगरप्रमुख श्रेष्ठले नगरपालिकामा भएको उक्त घटनाको सत्यतथ्य छानबिन गरी दोषी माथि कानूनी रुपमा कडा कारवाही
जीवछ उदासी चैत १० गते लहान नगरपालिकाको मुख्य चोक तरकारी बजारमा पुर्वपटि रघुबीर साह हलिवाइको चिया पसल र पश्चिमपटि धनबीर साह हलुवाइको चिया पसल रहेका छन् । दुबै दाजुभाइको चिया पसलमा विहान बेलुका निकै जम्घट हुने गर्दछ । रमेश महतो शहिद पार्कको दक्षिणतर्फ तरकारी बजार प्रवेशद्वारमा रहेको दुबै चिया पसलमा विहान बेलुका चिया खान आउनेहरुमा सर्व साधारण देखि उच्च पदस्थ नेताहरु पनि हुन्छन् । पुर्वपटिको चिया पसलमा चिया पकाइरहेको (१६ -१७) वर्षको एउटा युवा चिया पकाइ रहेको हुन्छ । त्यो युवकको नाम कृष्ण कुमार साह हो । सबैले माया गरेर कृष्णा भनेर बोलाउने गर्छ । कृष्णाको चिया पकाउने सीपको तारिफ जो को
जीवछ उदासी दस दलीय गठबन्धन सरकारको नेतृत्व पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरिरहनु भएको छ । उहाँले जनतालाई डेलिभरी दिइने प्रतिवद्धता गर्नु भएको छ । प्रतिवद्धता अनुसार काम गर्न सक्नु हुन्छ कि सक्नुहुन्न भने चर्चाले गति लिनु स्वभाविकै हो । अवसरभन्दा चुनौती बढी रहेको तर्क वितर्कहरु विभिन्न कोणबाट हुन थालेको छ । नागरिकले विचारको वहस गरेर समय खेर फाल्नु भन्दा सरकारले राहत दिइने कार्यक्रम ल्याउनुपर्छ भने आशा गरि रहेको छ । प्रधानमन्त्री प्रचण्डले स्वयम यसपटक काम गर्न प्रधानमन्त्री भएको वताइरहनु भएको छ । प्रचण्डले काम गरेर देखाउनु हुनेछ भने जनताले आशा मात्रै होइन, भरोसा पनि गरेका छन् । त
जीवछ उदासीचैत ८ गते लहान स्थित जेएस मुरारका बहुमुखी क्याम्पस लहानको सम्पन्न स्ववियु निर्वाचनमा रामकृष्ण यादवले तीसवर्षपछि थारु समुदाय बाहेकको पहिलो स्ववियु सभापति निर्वाचित भइ नयाँ इतिहास रच्नु भएको छ । २०४९ सालमा पहिलोपट स्ववियस निर्वाचन हुँदा नेपाल विधार्थी संघबाट संस्थापक सभापति महेशप्रसाद चौधरी हुनु भएको थियो । उहाँपछि लगातार तारणी प्रसाद चौधरी, सचितानन्द चौधरी, गाौरी नारायण चौधरी, दिपेन्द्र प्रसाद चौधरी र अशोक कुमार चौधरी स्ववियु सभापति हुनुभएको थियो । चैत ५ गतेको स्ववियु निर्वाचनको लागि नेपाल विधार्थी संघबाट सभापतिमा राम कृष्ण यादव, तीन विधार्थी संगठनहरु अनेरास्ववियु, अनेरास्वविय
जीवछ उदासी लहान,चैत ६ गते । एक दुई पटक गाउँपालिका अध्यक्ष भएकाहरुको जीवन शैली नै फेरिने गर्छ । तर,दुई पटक भदैया गाउँपालिका को अध्यक्ष हुनु भएको हाल लहान -१८ का ६८ वर्षिय मो आसिन (भोजे) मियाँको जीवनमा कुनै उतार चढाव आएको छैन् । उहि गति उहि मतिमा जनताको समस्या लिएर विहानदेखि बेलुकासम्म लागि रहनुहुन्छ। साइकलको सवारी नै रुचाउनु हुने उहाँको शैली बोलीले वडावासीहरु नेताभन्दा वडाको अभिभावक भनेर इज्जत कदर गरिरहेको छ । २०४३ सालमा उपप्रधान पञ्च हुनु भएको भोजे २०४८ सालदेखि निरन्तर नेपाली काँग्रेसको झण्डा बोक्दै आइरहनु भएको छ । २०४९ र २०५४ दुबै चुनावमा भदैया गाउँपालिका अध्यक्ष चुनिनु भ
जीवछ उदासी नेपाल शिक्षक समिति सिरहाले होली मिलन र कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण कार्य सम्पन्न भएको छ । लहान स्थित पशुपति आदर्श माविको दक्षिणपटिको सभा हलमा कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सचिव शिवशङ्कर कामतीले ६० वर्षसम्म राहत शिक्षकलाई काम गर्न दिनुपर्ने र जागीरबाट अवकास भएपछि योगदानमा आधारित पेनसनको व्यवस्थाको लागि राहत शिक्षकको संघर्ष जारी रहेको बताउनुभयो । उहाँले भन्नुभयो,' राहत शिक्षकको योगदानलाई राज्यले वेवास्ता गरे कडा र निर्णायक आन्दोलन हुनेछ । राहत शिक्षकले सामुदायिक विद्यालयको सुधारको लागि प्रतिवद्ध हुनुपर्छ ।' केन्द्र
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A