जीवछ उदासी लहान,फागुन २७ गते सिरहाको मिर्चैया,कर्जन्हा र कल्याणपुर नगरपालिकाको राष्ट्रिय परिचय पत्र चेत ३ गतेबाट वितरण हुने मिर्चैया नगरपालिकाले जनाएको छ । फागुन २१ गते बुधबार राष्ट्रिय परिचय पत्र विभाग र मिर्चैया नगरपालिकाबीच सहमति भएर परिचय पत्र बनाउने कार्य हुन लागेको मिर्चैया नगरप्रमुख श्रवण कुमार यादवले जानकारी दिनुभयो । सम्झौतामा राष्ट्रिय परिचय पत्र तथा पंजिकरण विभागको महानिर्देशक युवराज कटेल र नगरप्रमुख यादवले हस्ताक्षर गरेपछि चैत ३ गतेदेखि सुरु गर्न थालिएको हो । आठ महिनादेखि रोकिएको परिचय पत्र बनाउन आवश्यक कर्मचारी र प्रविधि व्यवस्थापनमा देखिएको समस
फिरोज सिद्दिकी, लहान, फागुन २५ गते । "कृषि श्रमिकको एकता, रोजगारी, ज्याला, संवाद र सामाजिक सुरक्षाको सुनिश्चितता" भन्ने मूल नाराका साथ नेपाल कृषि तथा बागवान क्षेत्र श्रमिक संघ (फापुन)को छैठौँ राष्ट्रिय अधिवेशन सिरहाको लहानमा सुरु भएको छ। आइतबार अधिवेशनको उद्घाटन गर्दै अखिल नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का अध्यक्ष विनोद श्रेष्ठले श्रम बजारमा ठूलो परिवर्तन आएको बताउँदै संगठन स्वतन्त्रता, न्यूनतम ज्याला मात्र नभई जीवनचक्रमा आधारित सामाजिक सुरक्षाको अधिकार प्राप्त गर्नुपर्ने धारणा व्यक्त गरे। उनले जबसम्म कृषि मजदुरहरूको जीवनस्तर उकासिँदैन, तबसम्म देश समृद्ध बन्न नस
जीवछ उदासी नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले क्रान्तिकारी कम्युनिष्टहरुको बीचमा हार्दिकता र एकता प्रगाढ भइरहेको बताउनु भएको छ । जनतासँग माओवादी तराई-मधेश हुलाकी अभियानमा रहेको नेकपा माओवादीको सिङगो पदाधिकारीहरु आएकोबेला महासचिव गुरुङग मोरङ्गको एक कार्यक्रमका सहभागी हुन जाने क्रममा लहानमा आयोजित प्रेस सेन्टरको पत्रकारहरुसँग को भेटघाट कार्यक्रममा यस्तो बताउनु भएको हो । नेकपा एमालेभित्र क्रान्तिकारी नेताहरुको बीचमा एकता हुने प्रवल संभावनालाई नकार्न मिल्दैन तर वर्तमान केपी ओलीको नेतृत्वसँग एकता हुने संभावना न्युन रहेको महासचिव गुरुङगले भन्दै हुलाकी
जीवछ उदासी नवराजपुर गाउँपालिका –१ भगवतीपुरका रिङकु सदायको बलात्कृत भइ मृत्यु भएको घट्नामा पक्राउ परेका अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालयले सार्वजानिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहामा पत्रकार सम्मेलन गरी सिरहा प्रहरी प्रमुख रमेश पण्डितले आफ्नै कार्यकक्षमा सार्वजानिक गर्नु भएको हो । फरार भएका मुख्य आरोपी प्रहरीले रुपेश् मण्डल नियणत्रणमा लिई जिल्ला अदालतमा म्याद थप लिइ अनुसन्धान भइरहेको,फरार रहेका अन्य प्रतिवादीहरुलाई खोजतलास गर्ने क्रममा वडा सदस्य नथुनी साह,राम कृपाल मण्डल,बिन्देश्वर साह र राजेन्द्र मण्डल गरी आठ जना पक्राउ परेको छन् । आठै जनालाई पक्राउ गर्न प्रहरीले अहोरात्र
सन्जु कुमारी दास, सिरहा, फागुन २२ गते । आउँदै गरेको ११५औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस को अवसरमा नवराजपुर गाउँपालिकाको सभा हलमा श्रमिक महिलाहरूको मानव अधिकार सुनिश्चितता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नवराजपुर गाउँपालिकाको आयोजना तथा मुक्ति नेपाल गोलबजार, इन्सेक सिराहा, समग्र जनउत्थान केन्द्र, दलित जनकल्याण युवा क्लब लगायत संघसंस्थाको सहकार्यमा कार्यक्रम भएको हो। कार्यक्रमको अध्यक्षता नवराजपुर गाउँपालिकाका अध्यक्ष शिव उद्गार यादवले गरेका थिए भने उपाध्यक्ष पुनम कुमारी यादव, विभिन्न वडाका अध्यक्षहरू, जिल्ला समन्वय समितिकी सदस्य जानकी यादव, मुक्ति नेपालकी अध्यक्ष देवकुम
जीवछ उदासीलहान, फागुन २१ गतेसिरहाको चार पालिकाहरु गेलबजार, मिर्चैया,कर्जन्हा र सिरहा नगरपालिकामा एक वर्षमा १८३ महिला हिंसाका घटनाहरु घटेका छन । मुक्ति नेपाल सिरहा गाृेलबजारले गरेको सर्वेक्षण अनुसार घरेलु हिंसा ५४,बालविवाह ३७,महिला हिंसा ३३,झैझगडा २१,कुटपिट ८,मानसिक यातना ७,बलात्कार ४,यौन शोषण ४,आत्महत्या २,हत्या २ र अन्य ११ गरी १८३ रहेको मुक्ति नेपालका कार्यक्रम संयोजक सन्जु दासले जानकारी दिनुभयो । हिंसाका घटनाहरुमा सबैभन्दा बढी पतिबाट ९६,सासुबाट २२,बुवाबाट २०,छिमेकीबाट १८,छोरी बुहारीबाट ७,सासुराबाट ५,साथीबाट ५,आमाबाट ४,प्रृमीबाट ४,देवरबाट १ र प्राकृतिक प्रकोपबाट १ रहेको छ भने सबैभन्दा २१ देख
जीवछ उदासी लहान,फागुन २० गते नवराजपुर गाउँपालिका -१ भगवतीपुरको रिङकु सदायको बलात्कार गरी मृत्युवरण भएको घट्नामा संलग्नहरुमाथि कर्वाही नभएसम्म खबरदारी गरिरहनु पर्ने मानव अधिकारवादी नेता राजकुमार राउतले बताउनु भएको छ । मानवअधिकारवादी राउत र राष्ट्रिय मानव अधिकार संगठन सिरहाको सदस्य बिजय कुमार महतो रिङकु सदस्यको बुबा आमालाई भेटेर घटनाबारे विस्तृत जानकारी लिइ यस्तो बताउनु भएको हो । मानव अधिकारवादी नेता राउतले भन्नुभयो,' अहिलेपनि विपन्न दलितहरुमाथि जघन्य अपराधको घट्ना लुकाउने काम भइरहेको छ । मिडिया र अधिकारकर्मीहरुले यो घटनालाई नउठाएको भए सल्टि सकेको हुन्थ्यो । रिङकुको ब
फिरोज सिद्दिकी सिराहा । नेपाल बुद्धिजीवी परिषद् सिरहाको सातौं जिल्ला अधिवेशन शनिबार सिराहाको लाहानमा सम्पन्न भएको छ। अधिवेशनले भैरव गेलाललाई पुनः सर्वसम्मत रूपमा दोस्रो कार्यकालका लागि अध्यक्ष चयन गरेको हो। नवगठित कार्यसमितिमा उपाध्यक्षमा रामबाबु यादव, सचिवमा भानुभक्त गौतम, सह-सचिवमा प्रेम लामा र हेमशंकर यादव तथा कोषाध्यक्षमा ध्यानी मण्डल चयन भएका छन्। यस्तै, सदस्यहरूमा यमुना खनाल, रामकुमार साह, राम बिलक्षण सिंह, धीरज कुमार साह, सूर्यनारायण यादव, सुशीला महतो, राजन प्रसाद लुइटेल, बाबुलाल मण्डललगायतका रहेका छन्। वर्तमान सरकारमाथि चौतर्फी हमला भइरहेको छ –
जीवछ उदासी फागुन १७ गते नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशी जनतासँग गहिरो सम्बन्ध जोडन हुलाकी मार्ग केन्द्रित तराई–मधेश जागरण अभियानमा रहेको बताउनु भएको छ । झापाबाट सुरु भएको अभियान फागुन १६ गते सिरहाको भगवानपुरबाट सुरु भएको अभियान आज फागुन १७ गते सिरहा स्थित सुर्य नारायण सत्य नारायण मोरबैता बहुमुखी क्याम्पसको प्राङगनमा आयोजित सभालाई सम्बोधन गरी सिरहाबाट धनुषातर्फ प्रस्थान गरेको छ । सिरहालाई आफ्नै माइतीघर सम्झिने प्रचण्ड सिरहा आएपछि आफ्नै घर आएको महसुस हुने गरेको बताउनुभयो । भगवानपुरमा भव्य स्वागत शुक्रबार भगवानपुर
फिरोज सिद्दिकी लहान । लामो रस्साकस्सीपछि अन्ततः लहान नगरपालिकाका मेयर महेश चौधरी र खुट्टी नहर सिंचाई संघर्ष समिति बीच समझदारी कायम भएको छ। संघर्ष समितिको निरन्तर आन्दोलनका कारण लहान क्षेत्रको शान्ति सुरक्षा तथा सामाजिक सद्भाव प्रभावित भएको भन्दै नगरपालिका र समितिले संयुक्त बैठक गरी सम्झौतामा हस्ताक्षर गरेका हुन्। बिहीबार जिल्ला प्रशासन कार्यालय सिराहामा भएको सम्झौता अनुसार, लहान नगरपालिका क्षेत्रभित्र निर्माणाधीन खुट्टी खोला सिंचाई नहर खुला रूपमा निर्माण गर्न संघ, प्रदेश र स्थानीय तहको लगानी जुटाउने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै, हाल भईरहेको नहरमा ढल निर्माण कार्यलाई स्थगित
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A