लहान नगरपालिकामा पहिलो पटक माटो परीक्षण हुँदै

  • जेठ २९, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी 
 लहान, जेठ २९ गते । लहान नगरपालिका कृषि शाखाले लहान नगरपालिकाको सम्पूर्ण वडाहरुमा माटो परीक्षण कार्य सुरु गरेको छ । यस नगरपालिकामा माटो परीक्षण पहिलो पटक हुन लागेको हो । 
 कृषि शाखाका प्रमुख प्रकाश साहका अनुसार यस नगरपालिकाको ग्रामीण भेगका वडाहरुमा भइरहेको कृषिलाई आधुनिकीकरण गर्नको लागि कृषकहरुमा शिक्षा चेतना र प्रशिक्षणको आवश्यक्ता रहेको छ । परम्परागत रुपमा अन्दाजीको भरमा खेतमा प्रयोग गरिरहेको रसायनिक मलको कारण खेतमा क्षयीकरण बढेर कुनैपनि वाली फष्टाउन सक्दैन । यस पटक ६ जना प्राविधिकले १३ दिन लगाएर माटो परीक्षण गर्न लागेको हो । 
 लहान नगरपालिका कृषि शाखाका संयोजक प्रदिप कुमार चौधरीले नगरपालिका कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत उन्नत जातको धानको विउ, मलखाद्यको प्रवन्ध र ९ प्रकारका विरुवाहरुमा आँप, लिची, कटहर, कागती, मेवा, अनार लगायतका विरुवाहरु ५० प्रतिशत अनुदानमा वितरण गरिएको भन्दै कृषकहरुमा जागरुक्ता र उत्सुकता बढ्दै जान थालेकोले नगरपालिकाले लिएको लक्ष्य अनुसार कार्यक्रमहरु अघि वढिरहेको बताउनुभयो । 
 यता लहान नगरप्रमुख मुनि साहले कृषिलाई आधुनिकीकरण , यान्त्रीकिकरण र बजारीकरणको लागि चाहिने पूर्वाधार निर्माणको लागि लहान नगरपालिकाको क्षेत्रफल र जनसंख्याको आधारमा चाहिएको बजेट संघ र प्रदेश सरकारबाट सहयोग भए लक्ष्यमा पुग्न सघाउ पुग्ने भन्दै आफ्नो श्रोत र साधनले भ्याएसम्म सिंचाइको लागि बोर्डिङग,विद्युतीकरण, उन्नत विउ विजन जस्ता कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताउनुभयो । 

 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A