प्रधानाध्यापकको सक्रियताले पोखरभिण्डा विद्यालय प्रगतितर्फ

  • साउन ८, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी

लहान । सामुदायिक विद्यालयको साँख बढाउन भइरहेको सरकारी प्रयासलाई लक्ष्मीपूर पतारी पोखरभिण्डा २ मा रहेको श्री जनता डोमी चौधरी माध्यमिक विद्यालय प्राविधिकधार पोखरभिण्डाले प्रगति गर्नुमा प्रधानाध्यापक पशुपति साहको भूमिका महत्पूर्ण रहेको स्थानीयहरले बताएका छन् ।

२ नम्वर वडाका वडाध्यक्ष धमेन्द्र रायका अनुसार यस विद्यालयको प्रगतिको लागि जनप्रतिनिधि, सामाजका अगुवाहरु, सबै राजनीतिक दलका अगुवाहरु समेत सक्रिय नै रहेपनि विद्यालयको प्रगतिमा प्रधानाध्यापक साहको भूमिका महत्पूर्ण छ । उहाँ विहानदेखि वेलुकासम्म विद्यालयको कार्यमा व्यस्त रहनुहुन्छ । विद्यालयमा बढी समय दिनु, सबैसँग समन्वय गर्नु, शिक्षक स्टापहरुसँग पनि राम्रोसँग घुलमिल हुनु नै रहेको छ ।

pokharvinda school news.2 photo
ग्रामीण भेगमा नमुना विद्यालयको रुपमा प्राविधिकधारतर्फ ओभरसियरको पढाई र कक्षा ११ र १२ मा समेत राम्रो नतिजा ल्याइरहेको यस विद्यालयको प्रगतिले यस भेगमा नमूना विद्यालयको रुपमा विकास गरिरहेको स्थानीय पत्रकार शिव कुमार साहको भनाई रहेको छ । उहाँको अनुसार विद्यालयको प्रगतिमा प्रधानाध्यापक साहको भूमिका प्रशंसनीय रहेको छ । प्रधानाध्यापक सक्रिय भएपछि विद्यालयको प्रगति हुँदो रहेछ,यो सनदेस पनि यहाँबाट प्रवाह भएको छ ।


विद्यालयका प्रधानाध्यापक पशुपति साह भन्नुहुन्छ,आफू २०६८ सालमा यस विद्यालयको प्रधानाध्यापकको पदमा आसिन भएपछि विद्यालयमाथि आठ लाख ऋण रहेको थियो । जम्मा १७ जना शिक्षक कर्मचारी स्टाप मात्रै थियो । अहिले ४२ जना शिक्षक स्टाप छ भने खातामा २८ लाख रकम रहेको छ । विधार्धीहरुको संख्या ११५० रहेको यस विद्यालयमा छात्र ५१.५९ र छात्रा ४८.४१ रहेको छ भने बालविकास कक्षा देखि कक्षा ३ सम्म पुरै अंग्रेजी माध्यम अहिले चलिरहेको छ भने यसुलाई कक्षा ५ सम्म लागु गर्न तयारी भइरहेको छ । विद्यालयको आम्दानी ५ वटा पोखरी मात्रै रहेको यस विद्यालयको प्रगतिको लागि स्थानीय दाता परिवार राजनीतिक दलहरुको सहयोग र गाँउपालिकाले सकारात्मक रुपमा सहयोग गरिरहेकोले उत्साहित भएर यस विद्यालयको प्रगतिमा आफू उत्साहित भएर लागेका छौ ।


गाँउपालिका रामबल्लभ साहका अनुसार पोखरभिण्डा माविको विकासको लागि विद्यालयको प्रधानाध्यापक पशुपति साहसँग समन्वय गरेर आवश्यक सहयोगको लागि गाँउपालिकाले सहयोग गरिरहेकै छ । प्रधानाध्यापक साह आफ्नो पदीय आचरण र सक्रियताले विद्यालयको प्रगति भएको छ । यस विद्यालयले यस भेगको गौरवको रुपमा रहेको छ ।

pokharvinda school news.3 photo
त्यस विद्यालयका अंग्रेजी शिक्षक राजाराम यादवले विद्यालयको प्रधानाध्यापक शिक्षक स्टाप,कर्मचारी र सामाजको सक्रिय सहयोगले गुणसतरीय शिक्षाको लागि उपयुक्त शैक्षिक वातावरण यस विद्यालयमा रहेको बताउनुभयो । लकडाउनको समयमा पनि शिक्षक स्टापले आवश्यक काम गरिहेको जानकारी दिनुभयो ।


दाता परिवारका सुर्य नारायण चौधरीले आफू यस विद्यालयको १४ वर्ष निरन्तर विद्यालयको व्यस्थापन समितिको अध्यक्ष भएर विद्यालयको प्रगतिको लागि प्रअ साहलाई सहयोग गरेको भन्दै विद्यालयको प्रगतिमा जन सहभागिता र पारदर्शीताको लागि प्रअ साह अझै पारदर्शी हुन आवश्यक छ ।pokharvinda school news.4 photo

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A