डम्पिङगसाइट सुचारु नहुँदा फोहोर व्यवस्थापनमा समस्या

  • साउन १८, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी / फिरोज सिद्धिकी

लहान । लहान नगरपालिकाले डम्पिङगसाइटको रुपमा प्रयोग गर्दै आइरहेको लहान ४ स्थित खुटी र बलानको दोभान नजिकको स्थलमा फोहर फाल्न रोक लगाएपछि बर्षाको वेलामा फोहोर वयवस्थापन समस्या बन्दै गइरहेको छ ।

लहानमा पटक पटक फोहोर फाल्न उत्पन्न समस्याको समाधान हुनेपर्ने शहरी क्षेत्रका स्थानीयहरुले माँग गर्दै आइरहेका छन् । डम्पिङगसाइट सुचारु भए मात्रै यस समस्याको समाधान हुने भएकोले यसतर्फ नगरवासीहरुको ध्यान जान थालेको हो ।

लहानको शहरी क्षेत्र १ देखि १० नम्वर सम्मका वडामा दैनिक दस ट्रयाक्टर जम्मा हुने फोहर निरन्तर वर्षा हुँदा १३ साउनदेखि लहानमा फोहोर उठन नसकेपछि फोहरले दुर्गन्ध दिन थालेको हो ।

dumping site news.1 photo
सरसफाइका संयोजक नथुनी पासवानको अनुसार अहिले फोहर फालिरहेको डम्पिङगसाइट भन्दा उत्तरको स्थलमा लहान ४ हुँदै फोहोर बोकेका ट्रयाक्टर जान नदिँदा अन्य बाटो प्रयोग गर्दा बलानमा ट्रयाक्टर गडने र भासिने समस्या उत्पन्न भएपछि फोहोर फाल्न समस्या उत्पन्न भएको छ । प्रत्येक दिन उठ्ने फोहोर यतिवेला फोहोर फाल्ने स्थलसम्म ट्रयाक्टर जान नसक्दा ठाँउ ठाँउमा फोहोर थुपरिएको हो ।

लहान नगरपालिकाले निरन्तर फोहोर उठाउने गरेपनि बाध्यताले यतिवेला फोहोर उठ्न नसकरहेको संयोजक पासवानले भन्दै डम्पिङगसाइटमा फोहोर व्यवस्थापन गर्न लहान ४ का वडा कार्यालयले झमेला गर्न नहुने बताउनुभयो ।

लहान नगरप्रमुख मुनि साह भन्नुहुन्छ, लहान नगरपालिकामा राम्रो काम गर्दा कि त झमेला हुन्छ, तगारो खडा हुन्छ कि त अदालतमा मुद्दा हालेर अवरुद्ध गर्ने परिस्थितिले चाहे अनुसारको काम समयमा हुन कठिनाई उत्पन्न भएकै छ । डम्पिङगसाई सुचारु भएको भए लेदोजन्य फोहोर व्यवस्थापनको लागि वाटरएडको सहयोगमा आठ करोडको फोहोरबाट मोहर भन्ने परियोजना परिचालन भैसकेको हुन्थ्यो । अहिलेपनि यस परियोजना संचालनको लागि लहान ४ का वडाकार्यालयसँग सम्न्वय गरेर यस कार्यक्रमलाई अघि वढाउन नगरपालिका गृहकार्य गरिरहेकै छ, यो परियोजना सफल हुन्छ नै । लहान ४ मा रहेको डम्पिङगसाइटको विवाद नितान्त राजनीति प्रतिशोधबाट आएको छ । नियमित फोहोर वयवस्थापनको लागि वर्षाको वेलामा समस्या भएको छ । नगरपालिकाले राम्रो काम गर्दा सहयोगीको भावनाले हेर्नुपर्ने संस्कारको विकास नहुञ्जेलसम्म यस्तो समस्या आइरहने छ ।

dumping site news.2 photo
नागरिक समाजका राम विहारी साहका अनुसार फोहोर वयवस्थापनमा राजनीति हुनु हुँदैन । एक त कोरोनाको संकट त्यसमा यत्रतत्र बजारमा जम्मा भइरहेको फोहोरले लहानमा फेरि ठूलो समस्या देखियो । लहान ४ वडा कार्यालयले लहानले नगरपालिकासँग समन्वय गरेर फोहोर फाल्न अवरोध गर्नु हुँदैन ।

यता लहान ४ का वडाध्यक्ष रामनाथ पण्डितले लहान ४ मा रहेको डमिपङगसायटमा फोहोर फाल्दा नजिकको वस्तीका वासिन्दाहरुको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकोले फोहोर फाल्न नदिएको बताउनुभयो ।

 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A