सचेतनाको लागि उद्योग वाणिज्य संघबाट रयाली

  • साउन २०, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी
लहान, जिल्ला उद्योग वाणिज्य संघ लहान सिरहाको अगुवाइमा कोरोना भाइरस संक्रमणबाट जोगिन सामाजिक दुरीको पालना,अनिवार्य मास्क लगाउन सबैलाई सचेत हुनको लागि लहानमा रयाली निकालेका छन् ।


वाणिज्य संघका माहासचिव अब्दुल करिमको अगुवाइमा निकालेको रयालीमा सुरक्षाकर्मी बाणिज्य संघका सदस्यहरु मुख्य चोकदेखि बजार क्षेत्रमा अनिवार्य मास्क लगाउन, पसलमा भीड नगर्न, सामाजिक दुरीको पालना गरेर पसल संचालन गर्ने, सेनिटाइजरको अनिवार्य पालना गर्ने साथै स्थानीय सरकारद्वारा जनहितमा जारी सूचनालाई ध्यानमा राखेर व्यापार संचालन गर्न आग्रह गर्दै म्याकिङग सहित रयाली निकालेका थिए ।

byaparilai sachet garayo. 2 photo
सिरहा नगरपालिका १६ र लहान नगरपालिका ८ मा सामुदायिक स्तरमा नै संक्रमित फेला परेपछि सिरहा प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलद्वारा हस्ताक्षरित विज्ञप्ती अनुसार भीडभाड नगर्न, स्थानीय हटियाहरुमा अनिवार्य मास्क प्रयोग र सामाजिक दूरी पालना गरेर सचेत हुन गरिएको सार्वजानिक सूचनालाई कार्यान्वयन गराउन लहानमा जिल्ला उद्योग वाणिज्य संघले मंगलबार सचेतनाको लागि रयाली निकालिएको आयोजक उद्योग वाणिज्य संघ लहान जनाएको छ ।


यता इलाका प्रहरी कार्यालय लहानका डिएसपी शरद थापा क्षेत्री आफ्नै नेतृत्वमा मास्क प्रयोग नगर्नेलाई मास्क वितरण गर्दै सचेत गर्दै आइरहनु भएको छ । लायन्स क्लव अफ लहानले सर्वसधारणलाई मास्क वितरण गर्न प्रहरीलाई मास्क सहयोग गर्नु भएको थियो ।


लहान नगरपालिका स्वास्थ्य शाखाका जन स्वास्थ्य अधिकृत राम सुन्दर यादवले लहान नगरपालिका , विभिन्न संघ संस्थाहरु र सुरक्षाकर्मीहरुको सक्रियता बढ्दै जान थालेपछि मंगलबार लहानमा भीड कम देखिएपनि यसलाई निरन्तरता दिई रहन र जनहितमा जारी सूचनालाई पालना गर्न सबैमा आग्रह गर्दै लहान ८ मा सामुदायमा फेला परेका संक्रमित व्यक्तिको सम्पर्कमा रहेका व्यक्तिहरुको मंगलबार नै स्वाब परीक्षण गरीएको जानकारी दिनुभयो ।

byaparilai sachet garayo.3 photo
लहान नगरप्रमुख मुनि साहले लहानमा संक्रमण फैल्न नदिनको लागि विभिन्न संघ संस्थाहरु र सुरक्षाकर्मीहरुको प्रयास सराहनीय रहेको प्रशंसा गर्दै भन्नुभयो,लहान नगरपालिकामा देखिएको भीडलाई नियणत्रण गर्न सकिएन भने अवस्था भयावह हुन सक्ने स्वास्थ्यकर्मीहरुले दिएको चेतावनीलाई वेवास्ता गर्नु हुँदैन । महामारीको सामना सबैको सकारात्मक सोच र जनहितमा जारी सूचनालाई पालना गरेर नै हुनेछ । जानी जानी कसैले पनि अटेरी नगरौ,यसबाट जोगिन सचेत हुनुको विकल्प पनि छैन ।

byaparilai sachet garayo.4 photo

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A