सिरहामा ११ जना कोरोना संक्रमित

  • साउन २८, २०७७
  • समृद्धिपथ
alt

सिरहा । सिरहा कारागारमा ४ सहित थप ११ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ । जिल्ला कारागार कार्यालय सिरहामा ४ कैदीबन्दी, इलाका प्रहरी कार्यालय लहानमा ४ जना थुनुवा, ग्लोबल बैंक सिरहाका १ जना कर्मचारी, जिल्ला प्रशासन कार्यालयका १ जना कर्मचारी र सशस्त्र प्रहरी बल सिरहा सन्हैठाका १ जना प्रहरीसहित ११ जनामा कोरोना संक्रमण देखिएको हो ।

जिल्ला कारागारमा रहेका ३ जना चोरी मुद्दा र १ जना ज्यान मुद्दाका कैदी वन्दीमा कोरोना देखिएको जनाइएको छ । उनीहरु साउन २५ र २६ गते कारागार चलान भएका हुन् । कारागारमा अहिले १ सय ९२ बन्दी, २ बालबालिका, अन्य ३ सय ८५ सहित ५ सय ७९ जना जना कैदीवन्दी रहेका छन् ।

उनीहरु अहिले कारागारभित्रै रहेका कोरेन्टाइनमा रहेको जेल प्रशासन प्रमुख बविताकुमारी महतोले जानकारी दिइन् । उनीहरुलाई कहाँ र कसरी राख्ने भन्ने सल्लाह भइरहेको उनले जनाइन् ।

त्यसैगरी इलाका प्रहरी कार्यालय लहानको थुनुवामा भेटिकाहरुलाई उपचारको लागि महेन्द्र गेनाई कोभिड अस्पतालको आइसोलेसनमा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

पछिल्लो पटक सिरहामा स्वाव परीक्षण बढाएसँगै कोरोनाका विरामी थप देखिन थालेका छन् ।

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A