शिक्षकले चाहे गुणस्तरीय शिक्षा सम्भव छ : प्रअ यादव

  • साउन ३१, २०७७
  • समृद्धिपथ
alt

समृद्धिपथ समाचारदाता

लहान । सामुदायिक विद्यालयको साँख खस्कीरहेको अवस्थामा सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वडा नम्बर १ मौवाही स्थित रहेको श्री जनता नमूना माध्यमिक विद्यालय प्राविधिक धार आधुनिक प्रविधीमैत्री बन्दै गइरहेका छन् । विद्यालयमा बालबालिकाहरुलाई कम्प्यूटर, प्रोजेक्टरको माध्यमबाट अध्ययन अध्यापन गराउन थालिएको छ भने व्यवस्थापन पक्षले पठन पाठनलाई सि.सि.टि.भी. क्यामराबाट अनुगमन गर्ने गरेको छ ।

विद्यालयको प्रगति गर्नुमा प्रधानाध्यापक रामपृत यादवको भूमिका महत्पूर्ण रहेको स्थानीयहरले बताएका छन् । कुनैबेला खस्कँदो शैक्षिक स्तर र भताभुङ्ग व्यवस्थापनले विद्यालय बन्द हुने अवस्थामा पुगिसकेको थियो । तर जब उहाँ प्रअ बनेर विद्यालयमा आउनुभयो तब विस्तारै विद्यालयले सुधारको सुरुवात गर्नथाल्यो । कच्ची भवन, जिर्ण पूर्वाधार, डेस्कबेन्चको अभाव, दिगो आर्थिक स्रोतको अभाव र समुदायको पनि सकारात्मक धारणा नभएको अवस्था थियो, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबालक साहले विगतलाई सम्झदै बताउनु भयो । लथालिङ्ग र भताभुङ्ग स्थिति थियो । तर उहाँले हरेस खानु भएन । निरन्तर विद्यालय सुधार कसरी गर्न सकिन्छ भनेर लागिरहनु भयो । दत्तचित्त भएर विद्यालमा मात्रै केन्द्रीय हुनुभयो प्रअ यादव ।

School Mauwahi 1

२०६८ माघदेखि प्रअ भएर यादव आएदेखि विद्यालयको काया पलट भएको छ । प्रअ यादवकै मिहिनेत, असल नेतृत्व र सही व्यवस्थापनले विद्यालयको कायापलट सम्भव भयो भन्नुहुन्छ सहायक प्रअ पवन यादव । उहाँ विहानदेखि वेलुकासम्म विद्यालयको कार्यमा व्यस्त रहनुहुन्छ । विद्यालयमा बढी समय दिनु, सबैसँग समन्वय गर्नु, शिक्षक स्टापहरुसँग पनि राम्रोसँग घुलमिल हुनु नै रहेको छ ।

सिरहा जिल्लाकै दुर्गम ग्रामीण क्षेत्रमा रहेको यस विद्यालयमा प्राविधिकधारतर्फ सिभिल ईन्जिनियरिङ, डिपलोमा ४ वर्षे र ३ वर्षे कोर्षको कक्षा संचालन भइरहेको छ । तीन विगहा क्षेत्रफल रहेको प्राङ्गण, २५ कोठे पक्की भवन, विज्ञान प्रयोग शाला, शुद्ध खानेपानीको व्यवस्था, महिला मैत्री सौचालय, कम्प्यूटर ल्याव र सिसि टिभि क्यामरा लगायतका प्रविधियुक्त उपकरणले विद्यालयलाई नमूना विद्यालय बनाउन सफल भएको सखुवानन्कारकट्टी गाउँपालिकाका श्रोत व्यक्ति भोगेन्द्र यादवले बताउनु भयो ।

School Mauwahi 5

विद्यालयमा करिव ८ सय ४६ जना छात्र छात्राहरु पढिरहेका छन् । प्राविधिकधार तर्फ विभिन्न जिल्लाका ७८ जना विद्यार्थीहरु सिभिल ईन्जिनियरिङ पढदै आइरहेको विद्यालयका प्र.अ. यादवले जानकारी दिनुभयो ।

प्र.अ. यादवका अनुसार आज यहाँ जे जती शैक्षिक भौतिक र वातावरणीय व्यवस्थापन र सुधार छन् ती सबै यहाँका स्थानीय बासिन्दा र वि.व्य.स. सँग समन्वय गर्दै मेरै नेतृत्वमा यो विद्यालय नेपालको नमुना विद्यालयमा छनौटसम्म भएको छ । समय र चुनौतिको पहिचान गर्दै प्रविधि र व्यवसायिक शिक्षामा जोड दिइयो । विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याव, इ–लाइव्रेरी, विद्युतीय हाजिरी, सिसी क्यामेराको जडान, इमेल इन्टरनेट सुविधाको विस्तारसंगै विद्यालयमा शैक्षिक, भौतिक, प्रशासनिक र आर्थिक क्षेत्रमा नै परिवर्तन भएको छ । तर यो परिवर्तन मेरो कारणले भन्दा पनि अभिभावकहरुको मानसिकतामा भएको परिवर्तन, शिक्षक साथीहरुमा आएको उत्सुकता, वि.व्य.समा देखिएको जागरुकता र स्थानीय तहको सहयोग सम्भव भएको छ ।

उहाँले विद्यालयको प्रगति देख्न नचाहनेहरुले विद्यालयमा राजनीतिक चलखेल गरेर विवाद सृजना गर्ने गरेको प्रति गुणसो पोख्नु भयो ।

School Mauwahi 4 School Muwahi 3 School Mauwahi 6

School Science Lab

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A