धनगढीमाई नगरपालिकाले आफ्नै लगानीमा स्वाव परीक्षण गर्दै

  • भदौ २, २०७७
  • समृद्धिपथ
alt

सिरहा । कोरोणा संक्रमणबाट हुने संभावित खतराबाट नगरलाई जोगाउने उद्देश्यले सिरहाको धनगढीमाई नगरपालिकाले आफ्नै लगानीमा पीसीआर टेष्ट शुरु गरेका छन् । सिरहामा सम्भवतः आफ्नो लगानीमा आफ्ना नगरपालिका क्षेत्रभित्रकाहरुलाई स्वाव परीक्षण गराउने पहिलो नगरपालिका हो ।

पहिलो चरणमा गरेको स्वाव परीक्षणमा नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि, कोरेनटाइनमा काम गर्ने स्वास्थ्यकर्मी, समाजसेवी, व्यवासी, कन्ट्याक्ट ट्रेसिंगमा परेका सर्वसाधारण, बढी भीड हुने चियापसलका व्यापारी गरी एक सय ६५ जनालाई स्वाव परीक्षण गरिएको नगरपालिकाका प्रवक्ता प्रकाश योन्जनले बताउनुभयो । मागको आधारमा स्वाव परीक्षणको दायरा बढाउँदै जाने नगरपालिकाले जनाएको छ ।

पछिल्लो केही समयदेखि नगर क्षेत्रभित्रका गाउँहरुमा छिटफुट रुपमा कोरोना संक्रमित फेला पर्न थालिएपछि गाउँस्तरमा कोरोनाको स्थिति बुझ्नको लागि स्वाव परीक्षणको शुरुवात गरेको नगरपालिकाकाले जनाएको छ । संकलित स्वावलाई वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानस्थित कोरोना जाँच ल्याबमा पठाइने जनाइएको छ ।

अहिलेसम्म सिरहामा कोरोना संक्रमणबाट दुईजनाको मृत्यु भएको छ भने ६० जना कोरोना संक्रमितहरुको सिरहाका विभिन्न आइसोलेशनमा उपचार भइरहेको छ ।

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A