‘कोरोना महामारीको वेला पनि विकासको गति रोक्नु भएन ’

  • भदौ १९, २०७७
  • समृद्धिपथ
alt

लहान नगरपालिकाको उत्तरी भेगमा पर्ने पहिलेको तरेगना गोबिन्दपुर अहिले लहान नगरपालिकाको १६ र १७ नम्वर वडामा परिणत भएको छ । १७ नम्वर वडाका वडाधयक्ष प्रथमलाल चौधरी स्थानीय चुनावमा तत्कालिन नेकपा एमालेबाट निर्वाचित हुनु भएको थियो । चौधरी लहान नगरपालिकाको पशु संयोजक समेत हुनुहुन्छ । गपभन्दा काममा विश्वास गर्ने स्वभावका चौधरी कोरोना महामारीको कहरमा आइपरेको संकटसँग जुध्दै विकासमा अघि बढिरहनु भएको छ ा  विकास निर्माणमा पनि अघि बढिरहनु भएको छ । उहाँसँग पत्रकार जिवछ उदासीले गर्नु भएको छोटो कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
 तपाई वडामा निर्वाचित भएपछि जनातासँग गरेका प्रतिवद्धता कतिको पुरा गर्नुभयो ?

–पहिलो प्रश्न नै मन छु्ने खालको सामयिक प्रश्न गर्नुभयो ।

१७ नम्वर वडामाका शिक्षा, स्वास्थ्य , कृषि, सडक , पूल र पर्यटनको क्षेत्रमा गर्नुपर्ने थालनी गरेर कतिपय वाचाहरु पुरा भएको छ भने कतिपय कामहरु थालनी समेत रहेको छ । २० वर्षपछि जनप्रतिनिधिहरु आँउदा निकै कामहरु वाँकी थियो । सुरुमा त कताबाट काम सुरु गरौ भने लाग्यो । यस वडामा वडामा सडक, सिंचाइको लागि विद्युतीकरण जस्ता कामहरुको थालनी गरयौ । अहिलेसम्मको काम गराइले आफूलाई आत्म सन्तुष्टि भएपनि जनताका चाहनाहरु अझै धेरै वाँकी रहेकोले त्यसको पुर्तिको लागि लागि परेका छौ ।

prathamlal chaudhry interview.photo 2

 सडकको काममा माटोको काम गर्ने वर्षाको समयमा बगाएर लैजाने विकासलाई नै निरन्तरता दिनु भयो कि ठोस काम गर्नु भयो ? यसो बताइ दिनुस न ।

–१७ नम्वर वडाका गल्लीहरु, शाखा सडकहरु सबै ढलान गरियो । ७०० मिटर नाला निर्माण र १२०० मिटर ढलान सडक निर्माण गरिसकेका छौ । यस वर्षको योजनामा पिसिसी ढलानको योजनाहरुलाई प्राथमिकतामा राखेर विकासलाई निरन्तरता दिने सोच बनाएका छौ

सडक बाहेक अरु के के कामहरु गर्नुभयो ?

   prathamlal chaudhry interview.3 photo

–मुतनी खोलामा पुल नहुँदा ३ किलोमिटरको बाटो वर्षातको वेला १२ किलोमिटर घुमेर आउनु पर्ने बाध्यताको अन्तय गरेर लहान नगरपालिकको नगर योजनाबाट ५३ लाखमा पुल पनिर्माणको काम अन्तिम चरणमा छ । कृषि विद्युतीकरणको काम पनि सम्पन्न भएको छ ।

 लहान १७ नम्वरमा रहेको देवी दह पर्यटकीय स्थलको विकासमा वडाबाट के कामहरु गर्नुभयो ?

सहि प्रश्न गर्नुभयो । देवीदहमा पर्यटकहरुको घुइचो लाग्न थालेको थियो । तर त्यसको वयवस्थापन पक्षलाई अझै व्यवस्थित बनाउन नयाँ समिति चयन गर्नुपर्ने समस्या देखियो । नयाँ समिति बनेपछि देवी दहमा फेरि पर्यटकीय भित्रयाउन कामहरु भइरहेको छ । दहको माटो उत्खन्न गरेर वयवस्थित बनाउने र त्यहाँ देवी थान शिव मन्दिर समेत निर्माण भएको छ ।

 यस वडाका मुख्य समस्याहरु के के रहेका छन् ?

सानो तिनो समस्याहरु आइरहन्छ समाधान भइरहन्छ । तर प्रमुख समस्या वलान नदी र मुतनी खोलाले कृषि योग्य जमीन काट्ने कामलाई रोक्न आवश्यक छ । यसको लागि नगरपालिकाको बजेटबाट मात्रै संभव नभएकोले संघीय र प्रदेश सरकारको सहयोग आवश्यक छ ।

 कोारेनाको महामारीको वेला वा अन्य आपत विपत आँउदा जनताको समस्यामा कतिको सक्रिय भइरहनु भएको छ ?

prathamlal chaudhry interview.4 photo

ज्तिवेला संकट समस्या आइपरयो भने म आफ्ना वडावासीको हितमा काम गर्न उपस्थित रहन्छु । कोारेना महामारीको वेला राहत वितरण गर्न होस् चाहे जाडो याममा न्यायनो लुगा वितरण गर्न होस् म जनताको काममा इमानदारीपूर्व काम गरिरहेको छु । म भाषमा मात्रै होइन, काममा विश्वास गर्छुु ।

 तपाई त लहान नगरपालिकाको पशु संयोजक पनि हुनुहुन्छ ? संयोजकको हैसियतले के कति काम गर्नुभयो ? त्यो पनि प्रष्ट गरि दिनुस न ?

लहान नगरपालिकाको उत्तरी भेगमा पर्ने १५,१६,१७ १८ र २४ नम्वर पशुहरुको पकेट क्षेत्रको रुपमा रहेको छ । यस भेगमा नश्ल सुधारको लागि बोका वितरण,पाडा राङगा वितरण, दुध डेरी सेन्टर स्थापनाको लागि गृह कार्य भइरहेको ,पशु पालनमा प्रोत्साहन गर्नको लागि वीमा कार्यक्रम अघि बढाएको छ ।

 अब त फेरि चुनाव नजिक आउन थाल्यो । तपाई युवा वडाध्यक्ष अर्को चुनावको लागि जनताले तपाईलाई फेरि पतयाउने कतिको विश्वस्त हुनुहुन्छ ?

–यो प्रश्नको जवाफमा म के भन्छु भने वडाको वृहत्तर विकासमा पूर्ण सक्रियताकोसाथ काम गरेको छु । सवैको सहयोग र साथ पनि पाएको छु । म कम बोल्ने र बढी काम गर्नेमा विश्वास गर्ने स्वभावको हुँदा वडाबासी सबै मेरो कामबाट खुसी छन् । अर्को चुनावमा मलाई पहिलेको भन्दा सजिलो नै होला लाग्छ । कामलाई मूल्याङकन गरेर फेरि जिम्मेवारी दिन्छ भनेमा म पूर्ण विश्वस्त छु ।

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A