कोरोना संक्रणको जोखिमलाई मध्यनजर गर्दै सिरहाका सबै विद्यालय सञ्चालन गर्न रोक

  • असोज २०, २०७७
  • समृद्धिपथ
alt

समृद्धिपथ समाचारदाता,

सिरहा । सिरहा जिल्लामा सञ्चालन गर्दै आएका सबै विद्यालयहरु अर्को निर्णय नभए सम्मकालागि बन्द गर्नु पर्ने भएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिले विभिन्न स्थानीय तहमा सञ्चालन भएका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो।

जिल्ला भित्रका सबै विद्यालयलमा तत्काल शैक्षिक संस्था सञ्चालन नगरी विद्यार्थीहरुलाई विद्यालयमा उपस्थिति नगराइ वैकल्पिक सिकाइ विधि अपनाउन आग्रह गर्ने निर्णय भएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिनुभयो ।

कोरोना संक्रमणको जोखिम कायम जारी रहेको समयमा विद्यालयहरुमा विद्यार्थीहरुको भौतिक उपस्थिति गराइ पठनपाठन गर्दा जोखिम बढ्ने उहाँले बताउनुभयो ।

शिक्षण शिकाय क्रियाकलाप भनेको कक्षा कोठामा शिक्षक र विद्यार्थी आमने सामने उपस्थित भएर मात्रै शिक्षण शिकाय हुन्छ भन्ने होइन । पाठ्यक्रममै आधारित भौतिक दुरी कायम गरी पालिकाले स्वीकृत गरेको कार्ययोजना बमोजिम संचालन गर्न सकिने बतानु भयो ।

अहिले विद्यालय खोल्ने भनेको कक्षा कोठा खोल्ने होइन । विद्यालयको प्रशासन खोल्ने, शिक्षक आउने छलफल गर्ने बैकल्पिक शिक्षाको बाटो खोज्नु पर्ने बताउनु भयो ।

शिक्षण शिकायको विकल्पका रुपमा पाठ्यक्रममा आधारित रहेर अनलाईन, इन्टरनेट, रेडियो, टेलिभिजन लगायतका प्रविधिहरु हुन सक्ने बताउँदै शिक्षकहरुलाई पनि तालिमको आवश्यकता रहेको बताउनु भयो ।

१२ कक्षा सम्मको पाठ्यक्र स्विकृतिगर्नेदेखि बसै अधिकार स्थानीय तहलाई दिइएको अवस्थामा कोभिड–१९ संक्रमणको जोखिमलाई ध्यानमा राखेर मात्रै शिक्षण शिकाय गर्नु पर्छ त्यसको बैकल्पिक खोज्नु पर्ने जानकारी दिनुभयो ।

केही दिन अघि सिरहाको मिर्चैया र गोलबजार नगरपालिका तथा लक्ष्मीपुर पतारी गाउँपालिकाले विद्यालय सञ्चालन गर्ने निर्णय गरेका थिए भने जिल्लाका निजी स्कूलहरु पनि संचालनमा आएका थिए । निर्णय अनुसार ती स्थानीय तहका निजी तथा सामुदायिक विद्यालयहरुले विद्यालयमा विद्यार्थी उपस्थित गराई पठन पाठन गराउन थालेपछि यस्तो निर्णय लिनुपरेको प्रमुख जिल्ला अधिकारी कणेलले बताउनु भयो । विद्यालयले आफ्नो योजना बनाउने र स्थानीय सरकारले स्विकृति दिएपछि मात्र संचालन गर्नु पर्ने प्रस्ट्याउनु भयो ।

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A