शिक्षकहरु आफैंमा परिवर्तन गरेर अघि वढ्न नगरप्रमुख साहको आग्रह

  • मंसिर १०, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी
लहान, लहान नगरप्रमुख मुनि साहले सामुदायिक विद्यालयको सुधारको लागि शिक्षक शिक्षिकाहरु आफ्नो कार्यशैलीमा परिवर्तन गर्न सबैमा आग्रह गर्नुभयो ।


लहान–१८ भदैयामा रहेको राजाजी जनता आधारभूत विद्यालयको भवन शिलान्यास र आधारभूत विद्यालयबाट माध्यमिक विद्यालयमा परिणत नाम भएको बोर्डको उद्घाट्न गर्दै यस्तो बताउनु भएको हो ।

school news  mansir 10.photo 2
नगरप्रमुख साहले भन्नुभयो,‘चुनावमा गरेको चुनावी प्रतिवद्धताहरुमध्ये ९० प्रतिशत प्रतिवद्धता पुरा गर्न कार्यक्रमहरु अघि बढिसकेको छ । सामुदायिक विद्यालयको सुधार एक चुनौतीको रुपमा देखिएकोले सम्पूर्ण सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरु आफूसँग भएको ज्ञान सीप कलाको प्रयोग गरेर गौरव गर्न लायकको सामुदायिक विद्यालय बनाउन सबैमा आग्रह छ ।’

school news 1
लहानको १८ भदैयामा माध्यमिक विद्यालयको आवश्यक्ता थियो । यस आवश्यक्तालाई पुरा गर्न लहान–१८ का वडाध्यक्ष मोेहम्मद शम्शेर र यस विद्यालयका प्रधानाध्यापक इन्द्रदेव चौधरीले गर्नु भएको प्रयास सराहनीय भएको उहाँले बताउनुभयो ।


यस विद्यालयलाई माध्यमिक बनाउन नगरपालिका साकारात्मक प्रयास थालेको नगरप्रमुख साहले भन्दै स्थानीय दाताहरुले यस विद्यालयको लागि जग्गा उपलब्ध गराउन आग्रह गर्नुभयो ।

school news  mansir  photo 3
लहान नगरपालिका शिक्षा संयोजक राज कुमार साहले लहान नगरपालिका शिक्षा शाखाले सामुदायिक विद्यालयको शैक्षिक परिवर्तनको लागिगरेको शिषक सरुवमा शिक्षकहरु साकारात्मक रुपमा नलिनुले चाहे अनुसारको काम गर्न समस्या भएको प्रष्टयाउनुभयो ।


उहाँले भन्नुभयो,सामुदायिक विद्यालयको सुधारको लागि भौतिक निर्माण , शिक्षक व्यवस्थापन र शैक्षिक परिवर्तनको लागि लागि परेका छौ । राम्रो भूमिका खेल्ने प्रधानाध्यापक , शैक्षिक सुधारमा योगदान गर्ने शिक्षक र सक्षम विद्यालय व्यवस्थापनि समितिलाई प्रोत्साहित गर्ने छौ ।

school news  mansir 10.photo 4
कार्यक्रमा न्यायिक समितिका सदस्य शान्ति सदाय, नेपाल राष्ट्रिय शिक्षक संगठन लहानका अध्यक्ष जिवछ यादव , सगरमाथा माविका प्रध्यानाध्यापक दोस्त बाहादुर भट्टराई,श्री जनता आधारभुत विद्यालय बैरिया गुँदीगाँउ लहान १० का प्रधानाध्यापक रङगलाल साह लगायत स्थानीय शिक्षक बुद्धिजीविह, लहान ९ का वडाध्यक्ष प्रदिप चौधरीको उपस्थिति रहेको थियो ।

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A