राहत शिक्षकको व्यवस्थापन गरिछाडने : अध्यक्ष खेमराज अधिकारी

  • माघ २३, २०७७
  • समृद्धिपथ
alt


जिवछ उदासी
नेपाल राहत शिक्षक संघका केन्द्रिय अध्यक्ष खेमराज अधिकारीले राहत शिक्षकको व्यवस्थापन गरी छाड्ने बताउनु भएको छ । प्रदेश २ को प्रथम अधिवेशनलाई जनकपुरको त्रिहुता गाछी स्थित मसला कटेजमा आयोजित खुल्ला सत्रलाई सम्बोधन गर्दै यस्तो प्रतिवद्धता व्यक्त गर्नु भएको हो ।

राहत शिक्षक भनेको योग्य र क्षमतावान भएपनि राज्यले यसको वयवस्थापनमा ध्यान दिन सकेको छैन । संघीय शिक्षा ऐनमा राहत शिक्षक उल्लेख गराउन, दरबन्दीमा लगेर स्थायीको प्रक्रियामा लैजान हाम्रो आन्दोलन जारी रहेको बताउनुभयो ।

news rahat  lahan.photo 3

अध्यक्ष अधिकारीले भन्नुभयो,‘४० हजार राहत शिक्षकहरुको व्यवस्थापन नगरी विश्राम लिइदैनौ । स्थायी हुनको लागि दरबन्दी गएपछि शिक्षक सेवा आयोगकै माध्यमबाट जाने प्रावधान भएपनि स्थायीको लािग लिइने परीक्षाको प्रकृति फरक हुनुपर्ने हाम्रो माँग छ ।’

राहत शिक्षकको स्वभिमान र इज्जतको लागि कसैसंग समझौता नगरी स्थायी गराउन सरकारसँग वार्ता आन्दोलन र सहकार्य सबै बिधिबाट हामी अगाडि बढने उहााले विश्वास दिलाउनुभयो ।

शिक्षणमा दक्षता योगता र क्षमतालाई राहत शिक्षकहरुले सधैं निखारी रहनुपर्नेमा जोडदिँदै स्वअध्यन र सामुदायिक विद्यालयको सुधारमा राहत शिक्षक अग्रमोर्चामा रहनुपर्ने सुझाउनुभयो ।

news rahat  lahan.photo 2

कार्यक्रममा सह अध्यक्ष विरेन्द्र मल्ल, उपाध्यक्ष प्रदिप कुमार यादव मल्ल,महासचिव कुमार बजगाई सचिव हरेराम यादवर बागमति प्रदेश अध्यक्ष बासु अधिकारी प्रदेश २ का आठ वटै जिल्लाका अध्यक्षहरुमा क्रमशः रौतहत अध्यक्ष सिकेन्द्र यादव,महोत्तरी अध्यक्ष युगल किशोर यादव सिरहा अध्यक्ष शिवशंकर काम्ती,सप्तरी अध्यक्ष गंगा प्रसाद यादव र समेत शुभकामना मनत्व्य राख्नु भएको थियो ।

news rahat  lahan.photo 4
जिलला अध्यक्षहरुले ६० वर्षसम्म राहतले कार्य गर्न पाउनुपर्ने, राहत स्थायी दरबन्दी हुने गरी राहत शिक्षकहरुको सवभिमान र पेशामा आँच आउने कुनै कदम चाले राहत शिक्षकहरुले वारपारको आन्दोलन गर्न पनि केन्द्रिय कमिटि खुटा कमाउन नहुने सुझाव व्यक्त गर्नु भएको थियो ।

 

 

 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A