तीन गोल गर्दै जीत हात पारयो लहान

  • चैत ९, २०७७
  • समृद्धिपथ
alt


जिवछ उदासी
लहान, लहान भेट्रान कप फुटवल प्रतियोगिता २०७७ प्रतियोगिताको तेस्रो दिन लहान हिम कस्तुरी युवा क्लवका खेलाडीहरुले एकका विरुद्ध तीन गोलले उदयपुर त्रियुगाालाई हराँउदै जीत हासिल गरेको् छ

मध्यान्तरभन्दा अगाडि लहानका भेट्रान टीमका हेमन्त कुमार चौधरीले २ गोल र साज कुमार आलले १ गोल गरी अग्रता हासिल गरेको थियो । मध्यान्तरपछि सुरु भएको खेलमा उदयपुर त्रियुगा भेट्रान टीमका १० नम्बरका खेलाडीले एक गोल गर्न भ्याएको थियो ।

vetran footbal news.photo 2

सोमबारको खेलमा म्यान अफ द म्याच हिम कस्तुरी युवा क्लवका खेलाडी युगल किशोरलाई उपाधी प्रदान गरिएको थियो । हेमन्त चौधरीलाई लहान –८ का वडाध्यक्ष विजय कुमार महतोले नगद पन्ध्र सय र बाबुलाल माझीले पन्ध्र सय गरी तीन हजार पुरस्कार दिएको थियो भने युगल किशोर चौधरीलाई प्रोत्साहित गर्न लहान –७ का वडाध्यक्ष राकेश रोशन गुप्ता पाँच सय र लहान नगरपालिकाका प्रशासकीय प्रमुख खेमनन्दन भुषालले पाँच सय नगद पुरस्कार दिनुभयो ।


मङगलबारको खेल सर्लाही लालबन्दी भेट्रान र सिएम विराटनगर भेट्रान खेलाडीबीच हुने भएको छ । लहान नगरपालिका र विभिन्न संघ संस्था र उद्योगी व्यापारीहरुको सहयोगमा संचालित प्रतियोगिताको गएको शनिबार खेलको उद्घाटन लहान नगरपालिका प्रमुख मुनि साहले गर्नु भएको थियो ।



 

 

 

 

 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A