अग्नी परीक्षामा माधव नेपाल समूह मात्रै होइन् समग्र बामपन्थी दल

  • वैशाख २७, २०७८
  • समृद्धिपथ
alt


जिवछ उदासी
आज २७ गते प्रधानमन्त्री विश्वासको मत लिनको लागि संसद बोलाउनु भएको छ । आफ्नै पार्टी नेकपा एमालेका माधव नेपाल समूहको मत पाउने कि नपाउने अन्यौलको अवस्था छ । एमालेभित्रको किँचलोको कारण अन्य दलह?ले ओली सरकारलाई विदाइ गर्न गणितीय जोडघटाउमा लागेको देखिन्छ । माधव नेपाल समूहका सांसदह?ले सामूहिक राजीनमा दिइने चर्चा निकै चल्यो । आइतवार राजीनमा नदिएका माधव समूहले २७ गते सोमबार ९ बजेसम्म पार्टी अध्यक्ष केपी ओलीले आफ्नो माँग पुरा नगरे कठोर निर्णयमा पुग्ने अर्थात सरकारलाई विश्वासको मत पुग्न नदिन राजीनमा दिइने वा संसदमा फ्लोरक्रस गर्ने सम्मको चेतावनी दिएको छ । आइतबारको राती गन्थनमन्थन र चिन्तनको लागि सबै राजाीतिक दलह? सरकार टिकाउने र गिराउन हरसंभव प्रयासमा रहने राजनीति घट्ना क्रमले देखाइ सकेको छ । राजनीति वृतमा माधव नेपाल समूहले आफ्नै घर भत्काएर छिमेकीको घरमा कति दिन घाम पानीमा ओत लागेर सुरक्षित रहने विभिन्न कोणबाट प्रश्नह? एठ्न थालेको छ । माधव –झनाथ समूहमा रहेका सांसदह?ले समेत सामुहिक राजीमा गरेर जग हसाउनु भन्दा आफ्नै घर मजबूत बनाउन राजीनमा नदिइने अभिव्यक्तिह? संचार माध्यमममा दिएर दिशा र दृष्टिकोण प्रष्ट गरिसकेको छ । तसर्थ राजीनमा होइन, सरकारलाई विश्वासको मत दिएर पार्टीलाई एक ढिक्का बनाउनुपर्ने जन आवाजको वेवास्ता गरेर आफ्नो राजनीति सदाको लागि समाप्त पार्न किमार्थ माधव नेपाल समूहले यस्तो कदम चाल्नु हुँदैन  सुझाव र सल्लाह दिइरहेको छ ।

प्रचण्डमाथि भरोसा र माधव नेपालमाथि विश्वासको आधार कायम होस्

नेकपा माओवादी केन्द्र र नेकपा एमाले मिलेर गठन भएको नेकपाले पाँच वर्षमा ओली नेतृत्वको सरकाले सुखी नेपाली र समृद्ध नेपाल बनाउने नारा कार्यान्वयनको आधार निर्माण गरिरहेको सरकारलाई अढाई वर्षपछि प्रचण्डले ओली नेतृत्वको सरकार ढाल्न चलेको चालमा माधव नेपाल र झलनाथ खनालको साथ पाएपछि सरकार संकटमा मात्रै परेन । नसोचेको राजनीति घट्नाक्रमह? घट्यो । संसद विघट्न र नेकपाको विभाजन जस्ता परिस्थिति निर्माण भयो र सर्वोच्च अदालतले नेकपालाई फेरि पानीको दुई त्तत्व को संयुक्त सुत्र दुई भाग अक्सिजन र हाइड्रोजनलाई अलग भई फेरि एमाले र माओवादी आफ्नो आफ्नो ठाँउमा पुग्यो । यस विषयमा सबैलाई ताजा जानकारी नै छ किनकि यो ताजा घट्नाको ?पमा रहेको छ । एमाले माओवादी अलग–अलग भइसकेपछि एमाले एकजुट हुनुपर्नेमा त्यस्तो हुन नसक्नुले राजनीति कोर्स बदलिएको मात्रै होइन, ?ट नै फेरिएको छ । नेकपा हुँदा एमाले अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीच जुन किसिमको आत्मीय मन माजिएको एकता हुनुपर्दथ्यो त्यो हुन नसकेको कारण विवाद भुसको आगो जस्तै सल्किदै गयो । प्रचण्ड–माधव नेपाल समूहले त्यस्तो गुट बन्यो ,त्यो गुटले नेकपालाई अन्ततःएमाले र माओवादी बनाइ छाड्यो । माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमको साथ पाएर यहि बेला हो प्रम ओलीलाई गलाउने सोच प्रचण्डमा हाभी भएकै कारण नेकपा रहन सकेन । माधव नेपाललाई पनि लाग्यो प्रचण्डको दह्रो साथ पाएपछि ओलीलाई हलाउन यो भन्दा उपयुक्त समय के नै होला भनेर ओली हटाउन सम्पूर्ण बलबुत्ता लगाएकै हो । परिस्थितिले त्यहि प्रमाणित पनि गर्दैगयो । निजी स्वार्थ पुरा गर्न प्रचण्ड र माधव नेपाल समूहले कम्युनिष्ट आन्दोलनलाई नै कमजोर मात्रै गर्नु भएन दुई तिहाइको सरकार आज टिकन र टिकाउन टिकाइ दिनु भनेर विश्वासको मत जुटाउन दैलो दैलोमा गएर भीक्षा माग्नु पर्ने दयनीय अवस्था सृजना भयो । सोह्रै आना प्रचण्ड र माधव नेपालकै कमजोरी नहोला कहि कतै प्रधानमन्त्री समेत रहनु भएको् पार्टी अध्यक्ष केपी ओली पनि चुकेको हुनुपर्छ । पछिलो घट्नाक्रमले परिवर्तनको लागि यत्रो त्याग र बलिदानी गर्नु भएको प्रचण्ड र एक दशकभन्दा बढी नेकपा एमालेको नेतृत्व सम्हाली सक्नु भएको सधै. सम्न्वयकारीभूमिका खेल्नु हुनु माधव नेपालजे जुन भूमिका खेल्नुभयो कम्युनिष्ट आन्दोलनको इतिहासमा उहाँहरुमाथि भरोसा र विश्वास करीव करीव समाप्त हुँदै गएको छ ।

माधव नेपाल समूहको राजीनमा आत्मघाती गोल नबनोस

बैशाख २७ गते नेकपा एमाले विना शर्त प्रधानमन्त्रीलाई विश्वासको मत दिन चुक्नु हुँदैन । सोमबार ९ बजेको ुसमय निर्धाराण गरेर केपी ओलीबाट माग पुरा भएन भने सामुहिक राजीनमा आउने विभिन्न मिडियाह?मा आइरहेको छ । समय अहिले पनि बाँकी छ । माधव नेपाललले राजीनमा दिएर आत्मघाती निर्णयमा नपुग्न आम नेता कार्यकर्ताह?को भावनालाई सम्बोधन हुने गरी गतिविधि गर्न ज?री छ । सङकटको समयमा घर जोगाउनु बुद्धियारी हुन्छ । घर रहेपछि फेरि एक ठाँउमा बसिन्छ । छलफल हुन्छ । समस्या समाधान गर्न सकिन्छ । रीस आक्रोस र कुण्ठाको शिकार भएर पार्टीलाई नै क्षति पुरयाउने काम माधव समूहले गर्न नहुने पार्टीको नेता कार्यकर्ताको अपेक्षा मात्रै नभएर जन अपेक्षा हो । नेपाली काँग्रेसको सभापति शेर बाहादुर देउवा र जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवले माधव नेपाललाई सामुहिक राजीनमा दिन कोरेको डिजाइनमा किमार्थ माधव नेपाल जस्तो अनुभवी र इतिहास बोकेको नेताबाट आत्मघाती गोल गर्नु हुन्न । पार्टी र सरकारलाई सम्नवय गरेर अघि बढ्नु बाहेकको विकल्प रोज्नु हुँदैन ।
आत्मआलोचना र समग्र समीक्षा आवश्यक
विश्वमा नै कम्युनिष्ट आन्दोलन ओराला लागि रहेको वेला नेपालमा कम्युनिष्टह?को झण्डै दुई तिहाइको मत ल्याएपछि विश्वका कम्युनिष्ट विरोधीह? सामन्तवाद र पुँजीवादका नायकह?ले कम्युनिष्टभित्रै खेल्न ठाँउ खोजिरहेकै थियो । प्रचण्ड , ओली , नेपाल खनाल र गौतमबीचको दुरी कसरी बढाउने र नेकपा बनेको विशाल कम्युनिष्ट पार्टीलाई कसरी विभाजित गर्न सकिने सारा संयन्त्र परिचालन नगरेको होइन, गरेकै हो । कम्युनिष्ट विरोधीह?ले रचेको जालमा आखिर विश्वास गरेका भरोसा गरेका हाम्रा नेताहरु परेर एमाले र माओवादीमा विभाजित भयो । अझैपनि धेरै विग्रेको छैन । आत्मआलोचना गरेर समग्र समीक्षा गरेर कम्युनिष्ट आन्दोलनलाई मजबूत बनाउन प्रचण्ड ओली नेपाल खनाल र गौतम आफूह?बाट भए गरेका कमि कमजोरी र गल्तीह?लाई सच्च्याएर मन माजिएको एकता गर्न सके दुर्घट्ना हुनै लागेको कम्युनिष्ट सरकार र पार्टीलाई बजबूत बनाउन सकिन्छ । यसको लागि पुराना पुस्ताह?ले मार्ग निर्देशनको सिमित भएर नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गरेर भएपनि मिलाउन सहास देखाउन आवश्यक छ । पटक–पटक पार्टी अध्यक्ष र प्रधानमन्त्री भइसकेका शीर्ष कम्यसनिष्ट नेताह?ले पार्टिको नेतृत्व र र सरकारको नेतृत्वको लागि गरेको छिनाछप्टीले समस्या उत्पन्न भएको हो । भर्खरै भारतको पश्चिम बङगालमा सम्पन्न भएको चुनावमा कम्युनिष्ट पार्टीको खाता खुलेन जबकी पश्चिम बङगालमा तीन दशकभन्दा बढी कम्युनिष्टहरुले सत्ता सञ्चालन गरेको थियो । तर केरलामा इतिहास रचियो । तसर्थ नेपालको कम्युनिष्ट आन्दोलन कमजोर भयो भने दक्षिण एशियाकै लागि ठूलो क्षति हुनेछ ।

फेरि पनि बाम एकता आजको आवश्यक्ता

बैशाख २७ गते संसदमा रहेका कम्युनिष्ट पार्टीह?ले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिएर आृने चुनाव र महाधिवेशनमा कसरी जाने भने विषयमा फराकिलो भएर सोच्न आवश्यक छ ।आउने माहाधिवेशन र चुनावमा नयाँ नेतृत्वको विकल्पको खोजी गरेर भएपनि बाम एकतालाई जोगाउन बामपन्थीह?बीच सदबुद्धि पलाउन जनअपेक्षा छ । सरकारले सुखी नेपाली समृद्ध नेपालको पूर्वाधार खडा गरेर काम गरिरहेको समयमा पार्टीभित्र देखिएको खिचातानी गुटफुटले समग्र कम्युनिष्ट आन्दोलन धारासायी हुनबाट जोगाउन फेरि पनि बाम एकता आजको आवश्यक्ता बनेको छ ।

 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A