समग्रद्धारा प्रहरी र सुरक्षित आश्रय गृहलाई स्वास्थ्य सामग्री हस्तान्तरण

  • असार ५, २०७८
  • समृद्धिपथ
alt

लहान । समाजमा लैंगिक हिंसा उन्मुख संकटलाई सम्बोधनका प्रदेश २ मा क्रियाशिल संस्था समग्र जन उत्थान केन्द्रले सिरहा र सप्तरीका केही प्रहरी कार्यालय र सुरक्षित आश्रय गृहलाई स्वास्थ्य तथा सरसफाई एवम् मर्यादित किट सामाग्री हास्तान्तरण गरेको छ ।

कोरोना भाइरसको दोस्रो लहरबाट विश्व नै प्रभावित रहेको बेला सोबाट सुरक्षितसाथ हिंसा प्रभावित एवम् सेवाग्राहीलाई सेवा आदान प्रदान गर्न सकुन भन्ने उदेश्यले शुक्रवार एक कार्यक्रमबीच जिल्ला प्रहरी कार्यालय सिरहा र मुक्ति नेपालको नेतृत्वमा सञ्चालित सुरक्षित आश्रय गृह गोलबजारलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको केन्द्रका कार्यक्रम अधिकृत रामभरोसी महतोले जानकारी दिनुभयो ।

युकेएडको आर्थिक सहयोग र भिएसओ नेपालको साझेदारीमा समग्र जनउत्थान केन्द्रद्धारा प्रदेश २ मा सञ्चालित सहज परियोजना लक्षित जिल्लामा कोभिड रेसपोन्स कार्यक्रम अन्तरगत शुक्रवार जिल्ला प्रहरी कार्यालय सिरहा र विहिबार इलाका प्रहरी कार्यालय बोदेवरसाइन, सप्तरी लाई ५ सय लिटरको पानी ट्यांकी, दुई वटा बेसन भएको पैडल ह्यान्ड वास स्टेशन एक थान र दुई वटा ह्यान्डा वास गरी ३५ हजार बराबरको सामग्री हस्तारण गरेका हुन् ।

यस्तै शुक्रवार लैंगिक हिंसा प्रभावित महिलाहरुको सुरक्षा र न्यायमा सहजतका लागि गोलबजार नगरपालिकाको समन्वय तथा सिरहा जिल्ला स्थित संस्थाहरुको सहकार्य र सहज कार्यक्रम समग्र जन उत्थान केन्द्रको सामाग्रीको सहयोगमा मुक्ति नेपालको नेतृत्वमा सञ्चालित सुरक्षा वासलाई र विहिवार सप्तरीको कञ्चनरुप नगरपालिका ८ स्थित कञ्चनरुप नगरपालिकाको सहयोगमा सृजनात्मक महिला बचत तथा ऋण सहकारी संस्था लि. कञ्चनरुप धरमपुरद्धारा सञ्चालित सुरक्षित आश्रय गृहलाई ५ सय लिटरको पानि ट्याङ्की सहित दुईवटा बेसन भएको पैडल ह्यान्ड वास स्टेशन १ थान र ह्यान्डवास, सेनिटाईजर, पिपिई, मास्क, लुगा, साबुन लगायतका सामाग्री रहको ५० थान मर्यादित किट सहित १ लाख ५८ हजार बरावरको स्वास्थ्य तथा सरसफाई सामाग्री हस्तान्तरण गरेका छन् ।

भिएसओ नेपालका लैंगिक हिंसा विज्ञ सुनिलकुमार साहको समेत उपस्थिती रहेको सम्बन्धित कार्यालयहरुमा आयोजित हस्तान्तरण कार्यक्रममा केन्द्रका अध्यक्ष भैरवप्रसाद गेलालले सो सामाग्री हस्तारण गरेको कार्यक्रम अधिकृत महतोले जानकारी दिनुभयो । ह्यान्ड वास स्टेशन सामाग्री बुझ्दै जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी हिराबहादुर पाण्डेले ह्यान्ड वास स्टेशनले गर्दा नेपाल प्रहरी र सेवाग्राहीलाई कोभिडबाट सुरक्षित साथ सेवा आदान प्रदान गर्न सहयोग पुग्ने बताउनु भयो । कार्यालयसम्म आएर ह्यान्डवास स्टेशन जडान गरी हस्तान्तरण गरेकोमा सामग्री उपलब्ध गराउने संस्थालाई धन्यवाद व्यक्त गर्नुभयो । यस्तै गोलबजार सुरक्षावासका कार्यकारी निर्देशक श्याकुमारी साह र कञ्चनरुप नगरपालिका उपप्रमुख निरु पोखरेलले प्राप्त सामग्रीले हिंसा प्रभावितलाई जीवन निर्वाहनमा सहजता हुने बताउँदै निरन्तर सहयोग र सहकार्यको आवश्यकता औल्याउनु भयो ।

केन्द्रका अध्यक्ष भैरव प्रसाद गेलाले अगामी दिनमा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही र बाराका १४ वटा नेपाल प्रहरीको कार्यालय र धनुषा र सर्लाहीमा सञ्चालित सुरक्षित आश्रय गृहलाई स्वास्थ्य तथा सरसफाई सामाग्री उपलब्ध गराउने योजना रहेको बताउनु जानकारी दिनुभयो ।

2 4

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A