हुलाकी राजमार्ग अन्तर्गत सिरहा–धनुषा जोड्ने निर्माणाधीन कमला पुल भासियो

  • असार १७, २०७८
  • समृद्धिपथ
alt

लहान । सिरहा–लहानको सिमावर्ती क्षेत्रस्थित हुलाकी राजमार्गमा निर्माणाधीन कमला पुल भासिएको छ । ०७८ साल असार १३ गते हस्तान्तर गरी सञ्चालनमा ल्याउने भन्दै सम्झौता भएको उक्त पुल सञ्चालनमा नआउँदै भासिएको हो ।

सिरहाको बसपिट्टा घाटस्थित निर्माणाधीन उक्त पुलको स्पान भासिएपछि तत्काल सञ्चालन हुने सम्भावना टरेको छ । धनुषा र सिरहा जिल्लालाई जोड्ने पुलको १२ वटा स्पानमध्ये पूर्व–पश्चिमतर्फको दोस्रो स्पान भासिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिनु भयो । प्रजिअ कँडेलले भन्नुभयो– ‘पुलमा १२ वटा स्पान बनाइएको छ, जसमध्ये सिरहा तर्फबाट दोस्रो स्पान करिब एक फिट तल भासिएको छ । यसमा गुणस्तरहीन कार्य भएको हुनसक्छ ।’

४२ महिनामा पुल निर्माण कार्य सम्पन्न गर्ने सम्झौतासहित पप्पु कन्स्ट्रक्सन र ज्यान जेभीले काम सुरु गरेका थिए । समयमा पुल निर्माण नभएको भन्दै पटक–पटक म्याद थपिँदै आएको थियो । पछि सो कन्स्ट्रक्सनले काम गर्न नसकेपछि लुम्बिनी बिल्डर्सले ठेक्का पाएको प्रमुख जिल्ला अधिकारी कँडेल​ले बताउनु भयो । बिल्डर्सले ०७८ साल असार १३ गतेसम्म पुल निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने सम्झौता गरेको थियो । तर हस्तान्तरण गर्न बाँकी रहँदा नै पुलको स्पान भासिनुले गुणस्तरहीन काम भएको हुनसक्ने देखिएको प्रमुख जिल्ला अधिकारी कँडेलले बताउनु भयो ।

 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A