प्रहरी प्रशासनले झुठा मुद्दा फिर्ता नलिए शशक्त आन्दोलन गर्ने नेकपा (एमाले) लहानको चेतावनी

  • असोज १५, २०७८
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी,

लहान । नेपाल कम्युनिष्ट पार्टी (एमाले) नगर कमिटि लहान, सिरहाले आफ्ना निर्दोष युवा कार्यकर्ताहरुलाई लहान प्रहरीले आतंक मचाई बिना इजाजत घरभित्र पसि समात्दै झुठा मुद्दा गलाउने गरेको प्रति दुःख ब्वयक्त गर्दै प्रहरी प्रशासनले झुठा मुद्दा फिर्ता नलिए शशक्त संषणर्को कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् ।

शुक्रबार सिरहाको लहानमा नेकपा (एमाले) प्रदेश २, क्षेत्र नम्बर १ का क्षेत्रीय इन्चार्ज विष्णुलाल साहले लहान नगरपालिकाको समग्र विकास अभियानमा आएको अवरोध सम्वन्धमा गरिएको पत्रकार सम्मेलनमा यस्तो बताउनु भएको हो ।

पत्रकार सम्मेलनमा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ- उच्छृखल व्यक्तिहरुको नाममा गृह मन्त्रालयको इशारामा प्रहरी प्रशासनले राजनैतिक गरी नेकपा एमालेका निर्दोष युवा कार्यकर्ताहरुलाई प्रहरी अतंक मचाई समात्दै झुठा मुद्दा लगाउने कार्य गरिरहेको हुँदा सो कार्यप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त कार्यको घोर भत्र्सना गर्दै यस्तो गतिविधि नरोकिए, मुद्दा फिर्ता नलिए देश, जनता नियम कानुन र लोकतन्त्रको रक्षाका लागि नेकपा एमाले देशको जिम्मेवार पार्टी भएको नाताले शशक्त संघर्षको कार्यक्रम अघि बढाउन वाध्यहुने छ ।

यस्ता प्रवृतिका प्रहरी प्रशासन माथि अविलम्ब कारवाहीको साथै पक्राउ गरेको व्यक्तिहरुलाई निशर्त रिहाइको माग गर्दै विकास निर्माणको काममा सहयोग र समर्थन गरी काम सुचारु गर्नका लागि सबै नगरवासी तथा व्यापारीहरुमा नेकपा एमाले हार्दिक अपिल गरेका छन् ।

सर्वपक्षिय सहमति अनुसार लहान स्थित नयाँ बजारको पुरानो जीणर् संरचना भत्काई नयाँ संरचना निर्माणका लागि गत मंगलवार नेपाल प्रहरी र शसस्त्र प्रहरी बल लहानका प्रमुख प्रहरीद्वय डिएसपी डा. तपन बहादुर दाहाल र सुशील कुमार श्रेष्ठ सहित प्रहरीको बाक्लो उपस्थितिमा पुराना जीणर् संरचना भत्काउने काम शुरु गर्ने क्रममा उच्छृखल व्यक्तिहरुले गालीगलौज, ढुंगामुडा प्रहार गर्दा झडप भई केही मानिसहरु घाइते भइरहदा शान्ति सुरक्षाको जिम्मा पाएका प्रहरी प्रशासन सुरक्षा प्रदान नगरी मुख दर्शक भई बस्नु मुख्य कारण रहेको विज्ञप्तीमा उल्लेख छ ।

केही दिन अगाडी लहानका प्रहरी प्रमुखको उपस्थितिमै लहान नगरको विकास विरोधी तत्वहरुको इशारामा उच्छृखल व्यक्तिहरुले लहान नगरपालिकाका नगर प्रहरी एवं सरसफार्यकमीहरु माथि ढुंगामुढा प्रहार र नगरपालिकाको गाडी तोडफोड गर्ने जस्ता कार्य हुँदा पनि प्रहरी प्रशासन मौन रहनु र दोसीहरु माथि आवश्यक कारवाहीको लागि माग गर्दा कारवाही नहुनु प्रहरीको नियत र असहयोग प्रष्टिएको क्षेत्रीय इन्चार्ज विष्णुलाल साहले बताउनु भयो ।

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A