सप्तरीमा भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढ्दै

  • असोज ३०, २०७८
  • समृद्धिपथ
alt

सप्तरी । बढ्दो गर्मीसँगै सप्तरीमा भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढेका छन् । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिँह अस्पतालमा अहिले भाइरल ज्वरो, टाइफाड, पखाला, रुघाखोकी, सर्पदंशलगायत बिभिन्न रोगका बिरामीको चाप बढ्दै गएको अस्पतालले जनाइएको छ ।

केही दिनयता उपचारका लागि अस्पताल आउनेमा भाइरल ज्वरोका बिरामी बढेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रञ्जीत झाले बताए । एक सातादेखि अस्पतालमा ज्वरो, रुघाखोकीलगायत भाइरलका बिरामीको सङ्ख्या बढेको छ। यसबाट विशेषगरी बालबालिका तथा महिला बढी प्रभावित भएको उनको भनाइ छ। मौसम परिर्वतनका कारण अस्पतालमा भाइरल ज्वरो र रुघाखोकीको बिरामीहरुको चाप अहिले बढदै गएको मेडिकल सुपरिटेन्डेन्ट झाले बताए ।

असोज महिनामा पनि दिउँसो अत्यधिक गर्मी भएसँगै अस्पतालमा दैनिक ६० देखि ७० जनासम्म बिभिन्न रोगका बिरामी अस्पतालमा भर्ना हुन आउने गरेको उनले बताए । उनका अनुसार आकस्मिक कक्षमा करिब २५र३० शय्या रहेको अस्पतालमा बिरामीको चाप बढेपछि अहिले अस्पतालमा शय्याको समेत अभाव भएको छ ।

श्ययाको अभावमा केही बिरामीलाई भुईँमा राखेर उपचार भइरहेको त्यहाँ कार्यरत चिकित्सकले बताएका छन् । गर्मी बढेसँगै जिल्लामा रहेका एक सरकारी अस्पताल गजेन्द्रनारायण सिँह, अन्य स्वास्थ्य केन्द्र र सवास्थ्य चौकीमा समेत भाइरल ज्वरो तथा टाइफाइडका बिरामी उपचारका लागि आउने गरेको स्वास्थ्य संस्थाका स्वासथ्यकर्मीले बताएका छन् ।

अहिले जिल्ला अस्पताल र ग्रामीण भेगका स्वास्थ्य केन्द्रहरूमा पनि बिरामीको भीड लागेको स्वास्थ्यकर्मी बताउँछन् । ग्रामीण क्षेत्रबाट अहिले दैनिकजसो टाउको दुख्ने, ज्वरो आउने बिरामी अस्पतालमा आइरहेका छन्। अस्पतालमा उपचारका लागि भर्ना भएकामध्ये आधाभन्दा बढी ५र७ दिनभित्र निको हुने र कसैलाई साता दिनभन्दा बढी सताउने गरेको अस्पतालका चिकित्सकहरूले बताएका छन्।

निमोनियाबाट भने बालबालिकाहरू बढी प्रभावित भएको अस्पतालले जनाएको छ। मौसम परिवर्तन, दूषित पानी र खानपिनमा सतर्कता नअपनाउदा भाइरल ज्वरोका बिरामी बढेको अनुमान अस्पतालको छ। त्यस्तै जिल्लाको निजी अस्पतालमा समेत भाइरल ज्वरो, पखाला, रुघाखोकीका बिरामी उपचारका लागि आउने गरेको बताइएको छ । (खबरहबबाट)

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A