सामुदायिक विद्यालयको स्तरोन्नति प्राथमिकतामा :नगरप्रमुख साह

  • मंसिर २, २०७८
  • समृद्धिपथ
alt

जिवछ उदासी

लहान, मंसिर २ गते । लहान नगरपालिका प्रमुख मुनि साहले सामुदायिक विद्यालयहरुको स्तारोन्नति प्राथमिकतामा रहेको बताउनु भएको छ । लहान –९ गोठमा रहेको श्री जनता आधारभूत विद्यालय लहान–९ गोठ को दुई कोठे भवनलाई शिलान्यास गर्नुहुँदै यस्तो बताउनु भएको हो ।

हाम्रो लहान, समृद्ध लहानको नारा सफल बनाउन र विकासको मेरुदण्डको रुपमा रहेको शिक्षालाई प्राथमिकतामा राखेर काम भइरहेको उहाँले बताउनुभयो । लहान–९ मा रहेको यस विद्यालयको स्तरोन्नति गर्दै कक्षा ५ बाट कक्षा ८ मा स्तरवृद्धि गरेको नगरप्रमुखले भन्दै यसविद्यालयलाई माविसम्म बनाउने लक्ष्य रहेको उहाँले विश्वास दिलाउनुभयो ।

६० वटासामुदायिक विद्यालयको शैक्षिक र भौतिक विकासको लागि लहान नगरपालिकाले प्राथमिकताको आधारमा स्तरोन्नति गरिरहेको नगरप्रमुख साहले स्पष्ट गर्नुभयो । ‘शिक्षाको विकासको लागि गुणस्तरीय शिक्षाको लागि समाजका हरेक वर्गा सकारात्मक हुन जरुरी छ । सामुदायिक विद्यालयको सुधार नभए गरीव दलित पछि परेको वर्ग विकासको रफतारमा अघि बढ्नै सकदैन’, नगरप्रमुख साहले जोडदिनुभयो ।

school lahan 9 news.photo 2
लहान–२२ मा रहेको पटेर्वा गाँउमा विद्यालय नहुँदा स्थानीय जनताले भोगि रहेको सास्तीलाई ध्यानमा राखेर नगर शिक्षा शाखाले त्यस गाँउमा विद्यालय स्थापना गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । लहान नगरपालिकाको ६० वटै सामुदायिक विद्यालयहरुमा कक्षा ५ सम्म मातृभाषा मैथिलीमा शिक्षकण गर्न पाठ्यक्रम तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

शिक्षा संयोजक प्रवक्ता तथा लहान–११ नम्बरका वडाध्यक्ष राजकुमार साहले लहानको सामुदायिक विद्यालयको विकासको लागि शिक्षा शाखाले गरेको ऐतिहासिक र परिवर्तनकारी निर्णयहरुलाई कार्यान्वयन हुन नदिन भइरहेको राजनीतिकरण अन्तय हुनुपर्ने बताउनुभयो ।

उहाँले थप्नुभयो,‘शिक्षा क्षेत्रमा परिर्वतन गर्न खोज्दा तगारो उत्पन्न हुने गरेको छ ।अदालती झमेला सुजना गरेर शिक्षा क्षेत्रलाई स्थास्तितिमा राख्न खेजिदैछ । शिक्षक सरुवा सामुदायिक विद्यालयको गुणस्तरीय सुधार गर्न स्थानीय ऐन बनाएर लागु गरिएको थियो । यसलाई शिक्षकहरुले राजनीति रङग भर्नुहुदैन्थ्यो तर भरियो जुन दुर्भाग्य हो ।’

school lahan 9 news.photo 3

कार्यक्रममा लहान–९ का वडाध्यक्ष प्रदिप कुमार चौधरीले यस वडाको कृषि शिक्षा,स्वास्थ्य सडक पूर्वाधारमा उल्लेखनीय काम गरेको दावी गर्नुभयो ।उहाँले भन्नुभयो,यस विद्यालयलाई नमूना विद्यालयको रुपमा बनाउन शैक्षिक र भौतिक रुपमा विकास गर्न लहान नगरपालिका शिक्षा शाखाले गरेको सहयोग प्रशंसनीय रहेको बताउनुभयो ।

पोखरीको डिलमा रहेको त्यस विद्यालयको पर्खाल निर्माण, दुई कोठे भवन निर्माण, विकन परियोजनाबाट खानेपानी शौचालय निर्माण लगायतका कामहरु सम्पन्न भएको छ ।

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A