मानवसेवा पहिलो प्राथमिकता : रेडक्रस सभापति यादव

  • मंसिर ५, २०७८
  • समृद्धिपथ
alt

जिवछ उदासी

लहान,मंसिर ५ गते । नेपाल रेडक्रसका सिरहा शाखाका नवनियुक्त सभापति डा नविन यादबले विपतिको घडिमा मानव सेवामा समर्पित रहने बताउनु भएको छ ।आज आइतबार शपथ ग्रहणपछि कार्यभार ग्रहण गर्दै यस्तो बताउनु भएको हो ।

विपतिकोबेला मानव सेवामा जुट्न कुनै कन्जुस्याइँ र पुर्वाग्रह नगरिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । सभापति यादवले भन्नुभयो,‌'मानवसेवाकै लागि राजनीतिमा लागेको छु । रेडक्रस जस्तो संस्थाको सभापति भएर मानव सेवा गर्न अवसर मिलेको छ । यस अवसरलाई सदुपयोग गर्छु ।'

डा यादव नेकपा एमालेको जिल्ला सचिव हुनहुन्छ । गएको स्थानीय निर्वाचनमा सिरहा नगरपालिकाको मेयरमा झिनो मतले पराजित भएपनि जनसेवा र मानवसेवामा लागि रहनु भएको छ । जननिर्वाचित सिरहा -३ बाट निर्वाचित हुनु भएको तत्कालिन सांसद हेम नारायण यादबको हत्याभएपछि राजनीतिमा सक्रिय हुनु भएको हो ।

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A