केपी ओलीकै नेतृत्वमा एमाले अघि बढ्नुपर्छ

  • मंसिर ६, २०७८
  • समृद्धिपथ
alt

जिवछ उदासी,

लहान, सिरहा । नेकपा एमालेको १० औ महाधिवेशन नजिकिँदै गएपछि नीति र नेतृत्वको वहस चलिरहेको छ । विधान महाधिवेशन सम्पन्न भैसकेको छ । नेतृत्व चयन गर्नको लागि मंसिर (१०-१२) सम्म चितवनमा महाधिवेशन हुँदैछ । यो एकताको महाधिवेशन नाम पनि दिएको छ । एकताको महाधिवेशनको लागि नेतृत्वमा केपी ओलीको विकल्प खोज्नु हुँदैन। 

केपी ओलीको नेतृत्वमा गठित सरकाले राष्ट्रियता र समृद्धिको पक्षमा काम सुरु गरेको थियो । नेकपा माओवादी र एमाले र मिलेर बनेको नेकपालाई मजबूत बनाउनु आवश्यक थियो । तर प्रचण्ड र माधव नेपालको गुटवादी र विभाजनकारी नीतिको कारण नेकपा पार्टी विभाजन हुनु र नेकपा फुट्नुले बामपन्थीहरुको नेतृत्वको सरकार ढल्यो । केपी ओली पटक पटक आफ्नो धारणा सार्वजनिक गर्नुभएको थियो - पार्टी र सरकारको नेतृत्व आउने चुनाव र महाधिवेशनबाट छाड्छौ तर अहिले पार्टी विभाजन नगरौ,सरकार नढालौ तर प्रचण्ड र माधव नेपालले आफ्नै घरमा आगो झोस्नुभयो फुटतिर लाग्नुभयो । प्रचण्ड संयम र धैर्य गरेर ओलीको सरकारलाई समृद्ध नेपाल,सुखी नेपालको नारा कार्यान्वयनमा तगारो खडा नगरेको भए,नेकपा पार्टी रहिरहेको भए, ओलीपछि नेतृत्व गर्नेपालो प्रचण्डकै हुन्थ्यो । 

परमादेशबाट केपी ओली नेतृत्वको सरकार ढाल्नु सरासर गलत भयो । सुखी नेपाली र समृद्ध नेपालको नारा अलपत्रमा परयो । पाँच दलीय गठबन्धन कम्युनिष्ट पार्टीलाई कमजोर बनाउन बनेकोले केपी ओलीकै नेतृत्व हुनुपर्छ भन्दै देशैभरी नेकपा एमालेमा प्रवेशको लहर चलेको छ । विधान महाधिवेशन सम्पन्न भएको छ । केपी ओलीले सार्नु भएको नीति सर्वसम्मतले पास भएको छ । जसको नीति उसैको नेतृत्व हुने भएकोले केपी ओलीको नेतृत्वमा नेकपा एमाले अघि बढ्नुपर्छ । 

भीम रावल अध्यक्मा उम्मेदबारी दिने घोषणा गर्नुभएको छ । उहाँ फेरि हरबराउनुभयो । एकताको महाधिवेशन भनिएकोले यसपटक डा रावल एकता र सर्वसम्मतम हुनुपर्नेमा सहमति जनाउनु पर्ने हो । रह्यो सवाल आन्तरिक लोकतान्त्रिक प्रतिस्पर्धा र व्यापक जनवादको सवाल । यसको लागि यस महाधिवेशनले समेत मार्ग प्रशस्त गर्न जरुरी छ । नेकपा माओवादी पूष्टमिबाट आउनु भएका रामबहादुर थापा बादल,लेखराज भट्ट,प्रभु साह,गौरी शंकर थारु,टोपबहादुर रायमाझी,मणि थापाको पनि उचित व्यवस्थापन गर्नुपने भएकोले यस महाधिवेशनलाई एकता र सर्वसम्मतकै महाधिवेशनको रुपमा लिन जरुरी छ । 

११ औ महाधिवेशनमा नेतृत्वमा आउन सहि मुल्याकंन गर्ने पद्धति र लोकतान्त्रिक विधिलाई अवलम्बन गर्न पनि चुक्नु हुँदैन । नीति र नेतृत्व सहि तरिकाबाट अगाडि नबढदा भारतको पश्चिम बंगालमा के अवस्था भयो ? नेपालमै पनि शक्ति संचय हुन्छ सहि तरिकाले अघि नबढदा दुर्घटनमा पर्ने गरेका छौ । यी सारा बिषयहरुलाई ध्यानमा राखेर यो महाधिवेशन एकता र सर्बसम्मतकै महाधिवेशन हुन जरुरी छ । 

तराई पहाड हिमाल सातै प्रदेशमा नेकपा एमालेलाई बलियो बनाउन हरेक समुदायको उपस्थिति हुनेगरी सन्तुलित हुनेगरी केन्द्रीय कमिटिमा समेट्न जरुरी छ । ताकि यो पार्टी सबैको भरोसाको केन्द्र बनोस । तीनै तहको निर्वाचनमा एमालेलाई जिताउन नीति कार्यक्रम र प्रशिक्षणसँगै समाजवाद ल्याउन नीति र सिद्धान्तलाई व्यवहारमा उतार्न कुसल नेताको चयन हुनैपर्छ । अब गुटफुट होइन,एकजजट बनौ, संवाद गरौ मूलरुट पक्रौ । 

 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A